एक्सक्लुसिभ समाचार

‘बिम्स्टेक जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्छ’

काठमाडौँ, भदौ ६ गते । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिएका छन् । परराष्ट्र मन्त्रालयमा पूर्वराजदूत तथा कूटनीतिक सेवाबाट निवृत्त व्यक्ति तथा वरिष्ठ सञ्चारकर्मीसँग आज भएको छलफलमा उहाँहरुले सबै सदस्य राष्ट्रलाई सतह, जल […]


बेरोजगार हुनुहुन्छ ! चिन्ता नगर्नुस्; सरकारले तपाईंको योग्यता, सीपअनुसारको रोजगार उपलब्ध गराउने यदि रोजगार उपलब्ध नभए ‘निर्वाह भत्ता’ दिने

काठमाडौँ, भदौ ५ गते । के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले तपाईंको योग्यता, सीपअनुसारको रोजगार उपलब्ध गराउने छ । यदि रोजगार उपलब्ध नभए ‘निर्वाह भत्ता’ दिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’मा सरकारले बेरोजगार नागरिकलाई एक […]


कमजोरीलाई सङ्घीयतासँग जोडेर टिप्पणी नगर्न आग्रह

काठमाडौँ, भदौ ४ गते । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले कर प्रणालीमा देखिएको सामान्य कमजोरीलाई सङ्घीयतासँग जोडेर अनावश्यक टिप्पणी नगर्न आग्रह गरेको छ । महासङ्घले आज एक प्रेस विज्ञप्ति जारी गरी स्थानीय सरकारले शुरु गरेको कर प्रणालीको सन्दर्भमा केही समययता भइरहेको टीकाटिप्पणी र बहसप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “स्थानीय तहको […]


केरुङ–काठमाडौँ रेलमार्ग नौ वर्षमा

काठमाडौँ, भदौ ३ गते । सरकारले वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गरे आगामी नौ वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ । रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार सो रेलमार्गको कूल लागत रु दुई खर्ब ५७ अर्ब हुने देखिएको छ । सोही आधारमा वार्षिक रु २८ अर्ब ५५ […]


प्रदेश नं २ को समृद्धिका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

जनकपुरधाम, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश नं २ मा नै हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेश नं २ को आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा यस प्रदेशमा समृद्धिका हरेक उपायहरुलाई अबलम्बन गर्ने बताउनुभयो । उहाँले यस प्रदेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, […]


जुलाइमा नेपाल आउने पर्यटक ७३.५ प्रतिशतले वृद्धि

काठमाडौँ, भदौ १ गते । सन् २०१८ को जुलाईमा नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जुलाईमा ७३ हजार २८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही महीनाको तुलनामा पर्यटक आगमन ७३.५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सो महिनामा ४२ हजार २४० जनाले नेपाल […]


हवाई यात्रुको बीमामा ६ गुणा वृद्धि

काठमाडौँ, साउन ३१ गते । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । संसद्ले निकट भविश्यमा उक्त महासन्धि अनुमोदन गर्ने छ । महासन्धि अनुमोदन भएपछि […]


‘फोहरलाई मोहर’ बनाउन पाँच नगरपालिका एकजुट

झापा, साउन ३० गते । फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । झापाको कनकाई, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र मेचीनगर नगरपालिका फोहर व्यवस्थानका लागि एकजुट भएर अघि बढ्ने गृहकार्य भइरहेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार […]


नागरिकता विधेयक स्वीकृत; नेपालीलाई नागरिकता–गृहमन्त्री थापा

काठमाडौँ, साउन २९ गते । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । ती विधेयकमाथि सांसदले बसको टिकट जस्तो नागरिकता नबाँडियोस् भन्दै आमाको नामबाट नागरिकता पाउने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन जोड दिनुभयो । संविधानले […]


मुलुकभर अझै केही दिन वर्षा

सीबी अधिकारी, काठमाडौँ, २८ साउन । अहिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ । मनसुन चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाको आँकडाअनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी (हालै भक्तपुरमा) १२५ मिलिमिटर वर्षा भएको छ । यो वर्ष मनसुन सक्रीय भएको लामो अवधिसम्म पनि प्रभावकारी वर्षा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter