एक्सक्लुसिभ समाचार

प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित; चुनावी गाँठो फुक्यो

काठमाडौँ, भदौ १९ गते । राज्य व्यवस्था समितिको आजको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित गरेको छ । नेपालको संविधान, २०७२ को धारा १७६ ले प्रदेशसभा र धारा ८४ ले प्रतिनिधिसभा गठनसम्बन्धी व्याख्या गरेको छ । नेपाली काँग्रेसका राधेश्याम अधिकारी, शंकर भण्डारीलगायतका सांसदले भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक पास भएको […]


‘सरकारी अस्पतालको उपचारमा विश्वास गरौँ’

काठमाडौँ, भदौ १८ गते । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारी अस्पताललाई विश्वास गरी सबै खाले व्यक्तिले उपचार गराएर सक्षम बनाउनुपर्ने बताउनुभएको छ । मौसमी रुघाखोकीको समस्या देखिएपछि करिब एक साता वीर अस्पतालमा उपचार गराएर आज घर फर्किनुभएका मन्त्री पोखरेलले भन्नुभयो, ‘‘मन्त्री हुनु पहिले पनि मैले वीरमा भर्ना भएरै उपचार गराएको छु, सरकारी अस्पतालले गुणस्तरीय सेवा दिन्छन् […]


कर्णाली नदी बेसिनलाई ऊर्जा र पर्यटनको हब बनाउने सरकारको तयारी

काठमाडौँ, भदौ १७ गते । सरकारले कर्णाली र त्यसका सहायक नदीबाट विद्युत् उत्पादन गर्ने र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी संयुक्त कार्यक्रम अगाडि बढाउने भएको छ । मुलुकको जलविद्युत् विकासको प्रचूर सम्भावना भएका क्षेत्रमध्ये कर्णाली नदी र त्यसका सहायक नदी नै हुन् । सरकारले पहिचान गरेकै आधारमा हेर्ने हो भने दक्षिण एसियाली […]


मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचकः अर्थमन्त्री कार्की; लगानीको वातावरण बनेकोमा निजी क्षेत्र खुसी

काठमाडौँ, भदौ १६ गते । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेकाले सबै क्षेत्रबाटसहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “अर्थतन्त्र चुनौती र अवसरको दोसाँधमा छ । त्यसलाई कसरी सबल बनाउन सकिन्छ भन्नेमा हामी चिन्तनशील छाँै । उद्योग व्यवसायी एवं सञ्चार क्षेत्रले दिगो अर्थतन्त्रको विकासका लागि सहयोग गर्नु […]


महाकाली पुलले अर्थतन्त्र विकासमा मद्दत पुग्ने छ : प्रम

भीमदत्तनगर, भदौ १५ गते । प्रधानमन्त्रीसभापति शेरबहादुर देउवाले महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको आज शिलान्यास गर्नुभएको छ । शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पुल बनेपछि सुदूरपश्चिमको मुहार फेरिनाका साथै मुलुककै अर्थतन्त्र विकासमा मद्दत पुग्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले महाकाली नदी पारि दोधारा चाँदनीमा पनि सुख्खा बन्दरगाह निर्माण थालिने बताउँदै आफू […]


एक सय तेह्र विद्यालय पुनःनिर्माण; भूकम्प अनुदान रकम चोरी गर्ने दुईजना पक्राउ

गोरखा, भदौ १४ गते । फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका ११३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको फिन चर्च एडकी कार्यकारी व्यवस्थापक जेभिस रानाले जानकारी दिनुभयो । दुईकोठे एउटा भवन पुनः निर्माणलाई रु १० लाख ३८ हजार […]


जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने

कञ्चनपुर, भदौ १३ गते । कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी अब सामुदायिक विद्यालयमा पढने भएका छन् । सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाइ शिक्षाको गुणस्तर खस्कन नदिनका लागि यो अभियान सञ्चालन गरिएको हो । नगरपालिकाले नीति तथा कार्यक्रममै राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, जननिर्वाचित प्रतिनिधि र राजनीतिक दलका नेताका छोराछोरीलाई सामुदायिक विद्यालयमा […]


एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने नीति लिइनेः मन्त्री कोइराला

काठमाडौँ, भदौ १२ गते । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले गैरसरकारी संस्थाबाट प्रदान हुँदै आएको सेवा सुविधालाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने नीति सरकारले लिइने बताउनुभएको छ । रिपोर्टस क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो – “ऐन परिवर्तन गरेर भएपनि एकद्वार प्रणाली लागू गर्नेतर्फ सरकार अगाडी बढेको छ ।” मन्त्री कोइरालाले समाज […]


भरतपुर अस्पतालमा डायलायसिस सेवा

चितवन, भदौ ११ गते । भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो । आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थपलियाले चितवन मेडिकल कलेजमा तीन पटक डायलासिस गरिएको बताउँदै आठ उपकरणमध्ये पाँच बिग्रिएपछि […]


सात दिनभित्र ग्राहकले मिटर नपाए कर्मचारीमाथि कारबाही

काठमाडौँ, भदौ १० गते । नेपाल विद्युत् प्राधिकरणको मिटर सात दिनभित्र ग्राहकलाई उपलब्ध नगराइए सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाही हुने भएको छ । ऊर्जा मन्त्रालयले प्राधिकरण र मुलुकभरका प्राधिकरणका सबै शाखा कार्यालयलाई यही भदौ ८ गते एक निर्देशनात्मक परिपत्रमार्फत साधारण मिटर माग गर्ने ग्राहकलाई सात दिनभित्र मिटर उपलब्ध गराउन निर्देशन दिएको छ । मिटर नपाएका […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter