एक्सक्लुसिभ समाचार

मन्त्रिपरिषद् बैठकःअशक्त बिरामीलाई मासिक पाँच हजार भत्ता

काठमाडौँ, पुस १३ गते । सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गाैलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक रु पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । […]


अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् अधिवेशनको तयारी : मूल हलमा प्रतिनिधिसभा र नुप्सेमा राष्ट्रियसभा

काठमाडौँ, पुस १२ गते । आगामी संघीय ससदको अधिवेशनका लागि भौतिक संरचना र जनशक्ति व्यवस्थापनबीच तादात्म्यता मिलाउने गृहकार्य अन्तिम चरणमा पुगेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ । व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार नयाँ बानेश्वरस्थित विगतको ६०१ सदस्यीय संविधानसभाको बैठक सञ्चालन भएकै हलमा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने तयारी भइरहेको छ । हलको मूल स्वरुपमा कुनै परिवर्तन […]


पशुपतिनाथ मन्दिर वरपर सवारी प्रवेशमा रोक

अच्युत रेग्मी / काठमाडाँै, पुस ११ गते । तपाईं सवारीसाधन लिएर पशुपतिनाथको दर्शन गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब वनकाली चौरमा पार्किङ गरेर दर्शनका लागि जानुहोला नत्र कारबाहीमा पर्नुहुन्छ । आजदेखि विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको आराध्यदेव पशुपतिनाथको दर्शन गर्न जाने यात्रुलाई सहजरुपमा दर्शन गर्ने वातावरण मिलाउन चार शिवालय (वनकाली)देखि […]


प्रदेश मन्त्रालयमा ३५ देखि ९० कर्मचारी रहने

काठमाडौँ, पुस १० गते । सरकारले प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार पारिएको छ । मन्त्रालयमा न्यूनतम ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाइरहेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिनुभयो । “मन्त्रालयको काम हेरेर ३५ देखि ९० जना कर्मचारी रहने गरी प्रस्ताव गरेका छौँ”, उहाँले भन्नुभयो, “मन्त्रालयको […]


छ महिनामा विनियोजित बजेटको २७ प्रतिशत मात्र खर्च

काठमाडौँ, पुस ९ गते । सरकारले चालू आर्थिक वर्षको छ महिनामा रु तीन खर्ब ४० अर्ब १९ करोड गरेको छ । यो कूल बजेटको २७ प्रतिशत मात्रै हो । चालू आवको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको र कूल विनियोजित बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारमा २६.६ प्रतिशत खर्च […]


दुई करोड ६० लाख रोपनी जमिन बाँझो !

काठमाडौँ, पुस ८ गते । दुई करोड ६० लाख रोपनी जमिन बाँझो रहेकाे पाइएकाे छ । सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमा सीमिति भएको देखिन्छ । सामूहिक, करार र सहकारी खेतीसम्बन्धी ऐन नभएका कारण घोषित अवधारणा लिखितमा मात्रै सीमित हुन गएको हो । भूमिहीन किसानलाई जमिन उपभोग गर्ने दिएर आगामी तीन वर्षभित्र […]


प्रदेशसभा समानुपातिकतर्फको सिट बाँडफाँट

काठमाडौं, पुस ८ गते । पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सातै प्रदेशमा दलहरूले प्राप्त गरेको सिट सङ्ख्यालाई निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको छ । देशका सात प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको जम्मा २२० सिटमा नेकपा (एमाले) र नेपाली काँग्रेसबीच तीन सिटको मात्रै फरक देखिएको छ । प्रत्यक्षतर्फ भने एमाले ठूलो […]


विद्युत्भार कटौती हुँदैन : प्राधिकरण

काठमाडौँ, पुस ६ गते । नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युत्भार कटौती नहुने स्पष्ट पारेको छ । विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले बत्ती ननिभ्ने प्रष्ट पारेको हो । हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित÷अघोषितरुपमा कुनै प्रकारको विद्युत्भार […]


साढे अट्ठाइस प्रतिशत जनता अझै गरिब

काठमाडौँ, पुस ५ गते । मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई)सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै विषयबाट वञ्चित भएको देखाएको हो । एमपिआईअनुसार २००६ देखि २०१४ को अवधिमा नेपालको गरिबी आधा घटेको थियो । प्रतिवेदन […]


अध्यादेश अड्काउने काम नगरौं – नेपाल सरकार

काठमाडौं, पुस ४ गते । जनमतको कदर गर्दै संविधानको पूर्ण कार्यान्वयन गर्न राष्ट्रपतिसमक्ष पेश गरिएको राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश नअड्काउन नेपाल सरकारले आग्रह गरेको छ । उक्त आग्रह नेपाल सरकारका प्रबत्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनका अवसरमा गर्नुभएको हो । आम जनमतको कदर गर्दै वर्तमान सरकार लोकतान्त्रिक पद्धति र […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter