एक्सक्लुसिभ समाचार

‘युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक छ’

काठमाडौँ, असार १७ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले आज लघु साना तथा घरेलु उद्योगको विकासका लागि सुझावसहितको दिएको ज्ञापनपत्र बुझ्दै उहाँले उद्यमशीलताको विकासले युवालाई विदेश पलायन हुनबाट रोक्न सहयोग पुग्ने बताउनुभएको हो । […]


वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरिरहेका ८ उद्यमी पुरस्कृत

काठमाडौँ, असार १६ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर मुलुकमा नै उद्यम गरी रहेका ८ जना उद्यमीलाई पुरस्कृत गरेको छ । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच उत्कृष्ट उद्यमीलाई मन्त्रालयले नगद पुरस्कारसहित सम्मान गरेको हो । वैदेशिक रोजगारीबाट फर्केका युवालाई मुलुकमा नै रोजगारीका अवसरहरू सृजना गर्न प्रेरित गर्नका लागि मन्त्रालयले प्रत्येक […]


साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

काठमाडौँ, असार १५ गते । आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिँदै सोहीअनुरुप गर्न निर्देशन दिएका हुन् । नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेस गरेका […]


एसिया-प्यासिफिक र सार्कले बालबालिकाका क्षेत्रमा सहकार्य गर्ने

काठमाडौँ, असार १४ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र एसिया प्यासिफिक जोइनिङ फोर्सेस (एजेएफ)ले सार्क क्षेत्रका बालबालिकाको अधिकार र कल्याणको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यहाँ आयोजित ‘सार्क क्षेत्रका बालबालिकाको अधिकार’ विषयक अन्तरक्रियामा सार्क र एजेएफले बालबालिका र युवाहरुको अधिकार र कल्याणका लागि विभिन्न विषयमा छलफल गर्दै उक्त प्रतिवद्धता जनाएका […]


एसईईमा २ लाख ४२ हजार ३१४ जना फेल; नपढी पास हुन्छु भन्ने धारणा चिरियो : शिक्षाविद्

काठमाडौं, असार १३ गते । माध्यामिक शिक्षा परीक्षा (एसईई)मा २ लाख ४२ हजार ३१४ जना परीक्षार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर सो संख्याका विद्यार्थी नन ग्रेडेड अर्थात फेल भएको जानकारी दिएको हो । बोर्डका अनुसार उत्तीर्ण हुने विद्याथीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् । […]


जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुरधाम, असार १२ गते । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताउनुभयो । रेल सेवा प्रत्येक शनिबार दिनको १:३० बजे जनकपुरधामबाट खुल्ने र […]


कोशी सरकारविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ, असार ११ गते । सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको हो । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध सर्वोच्चमा […]


प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ, असार १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा सोमबार भएको भेटमा उहाँहरूबिच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी […]


भैँसी पालनबाट मनग्य कमाइ गरेका टोपेन्द्र भन्छन् –’मलाई कुवेत पनि यहीँ, दुबई पनि यहीँ छ’

पंखबहादुर शाही / सुर्खेत, असार ९ गते। अहिले धेरैजसो पढेलेखेका युवाहरूको रोजाई हुन्छ—कि सरकारी जागिर, कि त विदेश जाने । देशमा बस्ने वातावरण नभएको भन्दै धेरैजसो युवापुस्ता विदेश गइरहेका बेला कतिपय युवाले भने गाउँमै बसेर पनि उदाहरणीय कर्म गरिरहेका छन् । त्यसै मध्येका एक पात्र हुन्—भेरीगङ्गा नगरपालिका–११, चिप्ले गाउँका ३३ वर्षीय टोपेन्द्र राना । सुर्खेत […]


कप्तान रोहित, दीपेन्द्र र सन्दीपले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने

काठमाडौँ, असार ८ गते। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने भएका छन्। साउन १० गते (जुलाई २५) देखि क्यानडामा सुरु हुने ग्लोबल टी-२० लिगमा राष्ट्रिय टिमका तीन खेलाडी अनुबन्ध भएका हुन्। दीपेन्द्र र सन्दीप दुवैले भ्यानकुभर नाइट्सबाट खेल्दैछन्। क्यानडाको ग्लोबल टी-२०मा सन्दीप र दीपेन्द्रले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter