एक्सक्लुसिभ समाचार

बेपत्ता छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थपियो

काठमाडौँ, असार २७ गते। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यअवधि २०८२ साल असार मसान्तसम्म थप भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यअवधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गरी सोको सूचना नेपाल राजपत्रमा […]


घट्यो महँगी, ११ महिनामा मुद्रास्फीति ४.१७ प्रतिशतमा सीमित; ११ महिनाको विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब

काठमाडौँ , असार २६ गते । चालू आर्थिक वर्ष २०८०–८१ को जेठ महिनामा मुद्रास्फीति घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालू वर्षको ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले अघिल्लो वर्षको सोही महिनाको अवधिमा मुद्रास्फीति घटेको जानकारी दिएको हो । तथ्यांकअनुसार यो ११ महिनामा मुद्रास्फीति ४.१७ प्रतिशत छ । जुन, […]


अर्थतन्त्र बचाउने मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाडौँ, असार २५ गते। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताउनुभएको छ। मंगलबार नेपाल राष्ट्र बैङ्कसँग महासङ्घले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भए पनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गर्नुभएको हो। उहाँले कोभिडको बेलामा राष्ट्र बैङ्कले दिएको सुविधाले व्यवसाय बाँचेको बताउनुभयो। उहाँले […]


‘पीडितमैत्री सङ्क्रमणकालीन न्यायका लागि सरकारलाई जिम्मेवार बनाउन एकजुट हुनुपर्छ’

ललितपुर / असार २४ गते । पीडितमैत्री सङ्क्रमणकालीन न्यायका लागि सरकारलाई जिम्मेवार बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले ‘राष्ट्रिय मानव अधिकार आयोग र सङ्क्रमणकालीन न्याय’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वक्ताहरूले पीडितमैत्री र पीडकलाई सजाय हुने गरी ऐन, कानुन निर्माण गर्न सरकारलाई […]


बाढी र पहिरोले ४८ जनाको मृत्यु, ५४ जना घाइते

काठमाडौँ, असार २३ गते । अविरल वर्षाका कारण आएको बाढी पहिराेलगायतका विपदमा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिराेमा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बाढी, पहिराेमा परी काठमाडौँ एक […]


कांग्रेसको निर्णय : धारा ७६ (२) अनुसार ओलीको नेतृत्वमा सरकार

काठमाडौं, असार २२ गते । नेपाली कांग्रेस संसदीय दलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको छ । कार्यसम्पादन समितिले नेकपा एमालेसँग भएको सातबुँदे सहमति अनुमोदन गरिसकेकाले संसदीय दलको निर्णय औपचारिकता मात्र थियो । तर कांग्रेसले नयाँ सरकार संविधानको धारा ७६(२) अनुसार बनाउने आफ्नो अडान स्पष्ट पार्दै माओवादी […]


यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

काठमाडौँ, असार २१ गते । सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको प्रतिक्विन्टल ३४१०.५१ र मध्यम धानको प्रतिक्विन्टल ३५८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । उनकाअनुसार सरकारले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा […]


दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण

काठमाडौँ , असार २० गते। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै संसद्का दुई ठुला दल एमाले र नेपाली कांग्रेसबिच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको स्मरण गराउँदै एमाले […]


एमालेले सरकारलाई दिँदै आएको समर्थन फिर्ता; एमालेका मन्त्रीले बालुवाटार पुगेर बुझाए राजीनामा

काठमाडौँ , असार १९ गते । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी देशमा राजनैतिक स्थायित्व प्रदान गर्न सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइएको बताएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धमा जानकारी गराउन बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लेखेको पत्रमा ओलीले यस्तो बताएका हुन् […]


राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान; गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

काठमाडौँ, असार १८ गते। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ। पार्टी कार्यालय च्यासलमा मंगलबार भएको सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहमतिअनुरूप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन ती दललाई आह्वान गरेको हो। साथै बैठकले संविधानको धारा ७६ […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter