
मनाङ, वैशाख १० गते । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । विसं २०८० मा २१ हजार चार सय ९५ पर्यटक भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ । वैशाखदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक […]

काठमाडौँ, वैशाख ९ गते। कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । कतार अमिर शेख नेपाल आउनेबारे परराष्ट्र मन्त्रालयले आधिकारिक घोषणा गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर शेख अप्रिल २३ गते नेपाल भ्रमणमा आउने भएका छन् । उनी अप्रिल २४ मा […]

काठमाडौं, वैशाख ६ गते। सरकारले बागमती प्रदेशको प्रमुख सचिवमा पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कार्कीलाई कायममुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो। मन्त्री शर्माले भन्नुभयो, ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती […]

काठमाडौँ, वैशाख ५ गते। समूह ‘ए’को विजेता बन्दै नेपाल एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरबलाई ६ विकेटले हराउँदै नेपाल चार खेलमा ८ अङ्क जोड्दै सेमिफाइनल प्रवेश गरेको हो। साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ७५ रन बनाएर पूरा गरेको हो। वर्षाका […]

काठमाडौँ, वैशाख ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा उहाँले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा […]

काठमाडौं, वैशाख ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठुलो भूमिका खेल्ने बताउनुभएको छ । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । “सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता […]

विष्णु पाण्डेय / काठमाडौँ, वैशाख २ गते। नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय अभियान आइतबारबाट सुरु भएको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो। विद्यालय भर्ना हुने उमेर समूहका करिब ९६ प्रतिशत बालबालिका विद्यालय भर्ना भएपनि चार प्रतिशत बालबालिका विद्यालयको पहुँचबाट बाहिर गरेको सरकारी तथ्याङ्क […]

काठमाडौँ । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ । राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य मनोनित गर्न सिफारिस सरकारले […]

सिर्जना खत्री / काठमाडौं, चैत २९ गते। पछिल्लो समय प्रदूषण बढ्दै गएको छ। ग्रामीण बस्तीमा भन्दा प्रदूषण सहरी क्षेत्रमा बढी देखिएको छ। स्वीट्जरल्याण्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयर्सले काठमाडौंलाई दोस्रो वायु अस्वास्थ्य सहरको सूचीमा सूचीकृत गरेको छ। काठमाडौंको १५० भन्दामाथि एक्यूआई रहेको छ। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डले एक्यूआई ५० सम्म भएको वायु […]

काठमाडौं, चैत २३ गते। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ठमेल र दरबारमार्गमा २४ घण्टा व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पूरा गर्नेगरी गर्ने लागेको दाबी गर्नुभएको छ। शुक्रबार रात्रिकालीन व्यवसाय सञ्चालन सरोकारवाला निकायसँगको छलफललाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो।उहाँले सरकारले रात्रिकालीन व्यवसाय स्थानीय र व्यवासायीको समस्या समाधान गरेर मात्रै […]