एक्सक्लुसिभ समाचार

सरकारले पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने; उच्च र दिगो आर्थिक वृद्धि

काठमाडौँ, जेठ १ गते। सरकारले देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो।उहाँले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताउनुभयो। उहाँले सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै […]


शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो : बालेन शाह

काठमाडौँ, वैशाख ३१ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहले ‘चित्रकला’ र ‘मूर्तिकला’ बाट विद्यार्थीले सीपसँगै जीवनको रङ्ग पहिचान गरेको बताएका छन् । सामुदायिक विद्यालयका विद्यार्थीमा जीवनोपयोगी सीप र सिर्जनात्मक क्रियाकलाप देखिनु ‘शिक्षामा सीप’ कार्यक्रमको नतिजा रहेको प्रमुख शाहको भनाइ छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका […]


आरोही कामिरिता २९औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौँ, वैशाख ३० गते । आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको छ । उहाँले वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोड्नुभएको हो । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार कामिरिताले आइतबार बिहान सगरमाथाको चुचुरोमा २९औँ पटक […]


विपद्‍मा स्वास्थ्यकर्मीको योगदान अतुलनीय छ : उपप्रधानमन्त्री यादव

धर्बेन्द्र झा / धनुषा, वैशाख २९ गते। उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा विपद्‍को घडीमा स्वास्थ्यकर्मीले नागरिकको जीवन रक्षाका लागि गरेका योगदान अतुलनीय रहेको बताउनुभएको छ। मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले विभिन्न समस्या हुँदाहुँदै पनि सेवाको […]


ग्वार्को फ्लाइओभरको काम ७० प्रतिशत

विष्णु पाण्डेय / काठमाडौं, वैशाख २८ गते। ललितपुरमा बन्दै गरेको ग्वार्को फ्लाइओभरको काम ७० प्रतिशत सम्पन्न भएको छ। आयोजना पूरा हुनुपर्ने म्याद सकिएको दुई महिना बित्दा फ्लाइओभरको काम ७० प्रतिशत मात्र सम्पन्न भएको हो। सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख नरेशमान शाक्यका अनुसार अहिले धमाधम काम भइरहेको छ। ६० जना कामदारले दैनिक १६ […]


सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने; जोशी र ढकाल एआईजीमा बढुवा

काठमाडौं, वैशाख २७ गते। सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे ल्याउने निर्णय गरेको हो । सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद्को बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ । बैठकले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई र […]


शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल

घोराही (दाङ), वैशाख २६ गते । दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल विसं २०७३ सालअगाडि उहाँ शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो । गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएका उहाँ पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागिरहनुभएको छ । ‘ग्रीन लक्ष्मी गाई तथा भैँसी फर्म’ स्थापना गरेदेखि उहाँ अरु सबै काम छोडेर […]


करका दरहरु हेरफेर हुँदैनन् : अर्थमन्त्री पुन

काठमाडौं, वैशाख २५ गते। अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा कुनै एक व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनै पनि करका दरमा हेरफेर नहुने बताउनुभएको छ। मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेकइन नेपाल समिट–२०२४ मा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो। उहाँले सरकारले बजेटमा राजस्वको विषयमा श्रृंखलावद्ध रुपमा छलफल गरिरहेको बताउनुभयो। उहाँले […]


नेपालीको औसत आयु ७१.३ वर्ष, वार्षिक जनसङ्ख्या वृद्धि ०.९२ प्रतिशत

काठमाडौँ, वैशाख २३ गते । नेपालमा वार्षिक रूपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरू सार्वजनिक गर्नुहुँदै राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गतको जनसङ्ख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले यो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो । उहाँकाअनुसार नेपालमा दुई करोड ९१/९२ लाखको हाराहारीमा जनसङ्ख्या छ । जनसङ्ख्याको वार्षिक वृद्धिदर एक प्रतिशतभन्दा […]


देशलाई सङ्कटबाट निकाल्न कांग्रेस र एमाले मिल्नुपर्छ : नेता कोइराला

सिराज खान / नेपालगन्ज, वैशाख २२ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देश अत्यन्तै सङ्कटको अवस्थामा रहेको बताउँदै नेपाली कांग्रेस र एमाले मिल्नुको विकल्प नरहेको बताउनुभएको छ। शनिबार बाँकेको कोहलपुरमा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ र प्रदेश सभा ‘क’ र ‘ख’ को दोस्रो सम्मेलनको उद्घाटन गर्दै नेता कोइरालाले सो बताउनुभयो । नेता […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter