एक्सक्लुसिभ समाचार

लगानी बोर्डद्वारा पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत

काठमाडौं, चैत २२ गते। लगानी बोर्डले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत गरेको छ । बिहीबार बसेको लगानी बोर्डको ५७ औँ बैठकले विभिन्न पाँचवटा परियोजनाको लागि एक खर्ब बराबरको लगानी स्वीकृत रहेको हो । लगानी बोर्डका सह–सचिव प्रद्युम्नप्रसाद उपाध्यायले सुपरतमोर जलविद्युत आयोजना, अपर मोरङ ए जलविद्युत आयोजना,कोहलपुर बाडगंगामा रहेको सौर्य ऊर्जा […]


‘निजी प्रयोजन’का हतियार इजाजतमा कडाइ गर्ने कसरतमा गृह मन्त्रालय

काठमाडौँ, चैत २१ गते । देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयले निजी हतियार राख्न दिइएको इजाजतको विवरण गृह मन्त्रालयमा पठाएका छन् । प्राप्त विवरण तालिकीकरण गर्ने कार्य भइरहेको मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले रातोपाटीलाई जानकारी दिए । हतियारको विवरण र यसको दुरुपयोग देखेर मन्त्रालय झस्किएको छ । एक जनाको नाममा हतियारको इजाजत लिने, अर्कोले प्रयोग […]


मुख्यमन्त्री जम्कट्टेललाई तेस्रोपटक विश्वासको मत प्राप्त

हेटौँडा, चैत १९ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकबाट मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउनुभएको हो । नेपाली कांग्रेसले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो […]


हाइड्रोजन उत्पादनको सफल परीक्षण

केदार तिमल्सिना / बनेपा, चैत १८ गते । विगत दुई वर्षदेखि नेपालमा ग्रीन हाइड्रोजनको सम्भाव्यताको विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आएको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले सफलता हाँसिल गरेको छ । पाँच महिनाअघि नेपालमा नै पहिलो पटक दक्षिण कोरियाबाट हुण्डाईको नेक्सो हाइड्रोजन कार भित्राएको केयूले आइतबारबाट हाइड्रोजन कारको लागि आवश्यक पर्ने रिफ्युलिङ सेन्टरको सफल परीक्षण गरेको […]


बालुवाटारमा शीर्ष नेताको बैठक; शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति जुटाउँछौँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, चैत १७ गते । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठक जारी छ । शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताको बैठक बोलाउनुभएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै, नेकपा (एमाले) अध्यक्ष केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ। सत्य निरूपण तथा मेलमिलाप […]


फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैनः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं, चैत १६ गते। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न नसक्ने बताउनुभएको छ। शुक्रबार फौजदारी न्यायको वर्तमान अवस्था, समस्या, चुनौती र समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले फौजदारी न्याय मुलुकको न्याय प्रणालीको आधार स्तम्भ भएको बताउनुभयो। उहाँले समाजमा शान्ति र सुव्यवस्था कायम गरी नागरिकलाई सुरक्षाको […]


मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय; चैते धानको न्यूनतम समर्थन मूल्य २८ सय प्रतिक्विन्टल

काठमाडौं, चैत १५ गते। सरकारले विभिन्न मुख्य पाँच निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुख्य ५ निर्णय गरेको हो । जसअन्तर्गत नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस […]


निर्मला पन्तको बारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको छु: गृहमन्त्री लामिछानेले; सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नताको प्रमाण देखिएनः महानिरीक्षक कुँवर

काठमाडौं, चैत १४ गते। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको बताएका छन् । बुधबार राज्यव्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले निर्मला पन्तको घटनाको विषयमा मिहिन ढङ्गले अध्ययन गरिरहेको बताएका हुन् । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । बैठकमा गृहमन्त्री लामिछानेले […]


रेमिट्यान्स पठाउने श्रमिकलाई विमानस्थलमा दुःख नदिन आग्रह

काठमाडौँ, चैत १३ गते । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह गर्नुभएको छ । अध्यागमन विभागसँगको ब्रिफिङमा मङ्गलबार मन्त्री लामिछानेले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन आग्रह गर्नुभयो । […]


सर्वोच्चद्वारा दुर्गा प्रसाईँको पक्षमा रिट जारी; बीएण्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुला

काठमाडौं, चैत १२ गते । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा रिट जारी गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको हो । मेडिकल व्यवसायी प्रसाईँले मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter