एक्सक्लुसिभ समाचार

छठ पर्वका लागि जलाशयलाई बेहुली झैँ सिँगारियो

जनकपुरधाम, ३० कात्तिक । शुद्धता र आपसी सद्भावका रुपमा प्रचलित छठ पर्व मनाउन यहाँका इतिहास वर्णित जलाशयलाई बेहुली झैँ सिँगारिएको छ । गङ्गासागर, अरगजा, रुक्मिणी, विहारकुण्ड, दशरथ तलाउ, महाराजसागर, धनुषसागर, रत्नसागर र रामसागरमा मनाइने छठ अत्यन्त मनमोहक हुन्छ । जनकपुरधाममा सबैभन्दा बढी व्रतालु आउने मुख्य ठाउँका रुपमा गङ्गासागर, धनुषसागर र अरगजा पोखरी रहेका छन् । […]


बैँसरीका पहिरोपीडितलाई रु ५० लाख सहयोग

म्याग्दी, ३० कात्तिक । म्याग्दीको बँैसरीका पहिरोपीडितलाई ५० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । पहिरोले पूरै बस्ती पुरेपछि विस्थापित बनेका बैँसरीवासीको राहत तथा पुनर्वासका लागि जिल्लाका सङ्घसंस्था, देशभित्र र विदेशमा रहेका म्याग्देलीमार्फत ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग प्राप्त भएको हो । ४० लाख रुपैयाँ नगद र १० लाख रुपैयाँ बराबरको जिन्सी […]


आन्तरिक पर्यटनको आकर्षण बन्दै हुँडिकोट  ! (आलेख समाचार)

वासुदेव पौडेल / लेखनाथ। विश्वमै प्रसिद्ध नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेगको लेखनाथ नगरपालिका–१८ भरतपोखरीस्थित हुँडिकोट आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ । माछापुच्छ्रे हिमालका साथै पोखराको फेवातालसमेतको दृश्य र सात तालको बगैंचा शहर लेखनाथलाई एक साथ नाङ्गो आँखाले हेर्न सकिने हुँडिकोटमा पछिल्लो समयमा पोखरा लगायतका विभिन्न स्थानबाट पर्यटक पुग्न थालेका छन् । पर्यटकीय आकर्षणको प्रशस्त सम्भावना भएर पनि […]


छठलाई लक्षित गरी नदी, पोखरी र तलाउको सरसफाइ

परासी, २९ कात्तिक । छठ पर्वलाई लक्षित गरी नवलपरासीका विभिन्न नदी, पोखरी र तलाउलाई पूर्णरूपमा सरसफाइ गरिएको छ । छठका दिन विशेष पूजाअर्चनासहित सूर्यलाई अर्घ दिनका लागि यहाँ रहेका नदी, पोखरी र तलाउ पूर्णरूपमा सरसफाइ गरिएको हो । नवलपरासीसहित तराईका विभिन्न जिल्लामा विशेष धुमधामका साथ छठ पर्व मनाउने गरिन्छ । पर्वलाई थप व्यवस्थित गर्न स्थानीय […]


भोलिदेखि छठ मनाइँदै

शीतलप्रसाद महतो / वीरगन्ज, २८ कात्तिक । श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व आइतबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदैछ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो […]


आज भाइटीका, उत्तम साइत मध्याह्न ११ः५५ मा

काठमाडौँ, २७ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पञ्चरङ्गी टीका लगाउने गर्छन् । दिदीबहिनीलाई पूजा गरी अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद […]


जायज माग सम्बोधन गर्न सरकार तयार : प्रम ओली

काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल संवत ११३६ न्हूदँ राष्ट्रिय समारोह समितिले आज बसन्तपुरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “दुई जना सडकमा निस्केर करोडौँ नेपालीको भावना विपरीत माग राखेमा सरकारले सम्बोधन गर्न सक्दैन, […]


लक्ष्मीको कृपा भएन

-योगीशकृष्ण : तीस वर्षपछि देखियो । यस अवधिमा उल्लूमा आएको परिवर्तन देखेर म चकित परेँ ।टिलिक्क टल्केको सूट टाईमा सजिएको उल्लू आकर्षक उल्लू देखिन्थ्यो । उल्लूपूर्ण आँखा छोप्न उसले कालो चश्मा भिरेको थियो । सुकेको अनुहारमा रौनक थपिएको थियो । उसले मलाई चिनेर पनि नचिनेको झैँ गर्यो । म उसको बलेरो गाडी अघिल्तिर उभिएपछि ऊ लाचार […]


मन्त्री अब साइकलमा सरर

काठमाडौँ, २४ कात्तिक । मन्त्रीका लागि सवारी साधन, सुरक्षाकर्मीको व्यवस्था गरिएको हुन्छ । मन्त्री भनेपछि सुरक्षामा हिँड्नुपर्ने भन्ने प्रचलन पनि नेपालमा स्थापित छ । तर आज सिंहदरबारमा रमाइलो र नेपालीले अवलम्बन गर्नैपर्ने दृश्य पनि देख्न पाइयो । सन्दर्भ हो विज्ञान, प्रविधि तथा वातारण मन्त्रालयले ‘पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधन हटाऔँ, साइकल चढौँ’ भन्ने अभियान […]


आज नरके चतुर्दशी तथा कुकुर तिहार

काठमाडौँ, २४ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान गरी नरके नुहाइन्छ । स्नान गरिसकेपछि तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालिन्छ । यसरी बालेको दीपलाई बगाएमा मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter