एक्सक्लुसिभ समाचार

सङ्क्रमणकाल टुङ्गिए पनि सामान्य अवस्था भइसकेको छैन– प्रम ओली

काठमाडौँ, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानको कार्यान्वयनका लागि लोकतान्त्रिक विधि, कानुनको शासनको पालना गर्दै विकास निर्माण र सबै क्षेत्रमा जनसहभागिताका लागि राज्यले ध्यान दिने बताउनुभएको छ । सशस्त्र प्रहरी बलको १५ औँ स्थापना दिवसको अवसरमा आज साँझ बलको प्रधान कार्यालय हल्चोकमा आयोजित विविध साँस्कृतिक कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको सङ्क्रमणकाल टुङ्गिए पनि […]


चितवनमा सडक बालबालिकारहित सहर बनाउने अभियान सुरु

चितवन, २१ कात्तिक । सरकार र निजी क्षेत्रको साझेदारीमा सडक बालबालिकारहित सहर बनाउने अभियान चितवनमा सुरु गरिएको छ । सहरमा हुने अधिकांश बालबालिका दुव्र्यसनमा लागेको पाइएपछि उनीहरुको उपचारसँगै सहरलाई सडक बालबालिकारहित बनाउन अभियान थालिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन अधिकारीको नेतृत्वको टोलीले तयार गरेको अनुसन्धान प्रतिवेदन प्रभावकारी देखिएपछि नेपाल प्रहरीले चितवनमा […]


बेकह्यामले विद्यार्थीसँग फुटबल खेले

भक्तपुर, २० कात्तिक । बेलायतका फुटबल खेलाडी डेबिट बेकह्यामले आज यहाँको एक विद्यालयका भूकम्पपीडित विद्यार्थीसँग फुटबल खेल्नुभएको छ । उहाँले पाँचतले मन्दिर परिसरमा र दरबार स्क्वायरमा रहेको पद्म उमाविका कक्षा ८, ९ र १० का छात्र तथा छात्रासँग करिब १० मिनेट नीलो र रातो टोली बनाएर टौमढी स्वायरमा फुटबल खेल्नुभएको हो । उहाँले एसियाली मुलुकको […]


‘मानव अधिकार रक्षा र प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध’

काठमाडौँ, २० कात्तिक । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले मानव अधिकारसम्बन्धी दायित्व एवम् प्रतिबद्धताअनुरुप नेपालले मानव अधिकारको प्रवद्र्धन एवम् रक्षा गर्ने दृढता व्यक्त गर्नुभएको छ । मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्त जेइद राड अल हुसेनसँग बिहीबार जेनेभामा भएको भेटवार्तामा उपप्रधानमन्त्री थापाले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । जनताका आधारभूत स्वतन्त्रता, समानता र न्याय प्रवद्र्धन […]


पोखराको सेती नदी जलयात्राका लागि उपयुक्त, विश्वका उत्कृष्ठ दशमा पर्न सफल

पोखरा । प्राकृतिक र पर्यटकीय दृष्टिकोणले रमणीय पोखरा क्षेत्र मनोरञ्जनका दृष्टिकोणले समेत भरिपूर्ण बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्य बनेको पोखरा हरेक कोणबाट सबैको आकर्षणको केन्द्रविन्दु बनेको छ । धेरै रमणीय पोखराको नजिक रहेको सेती नदीमा गरिने साहसिक जलयात्रा अपर सेती पर्यटकका लागि उपयुक्त र थप आकर्षक बन्दै गएको […]


वन क्याम्पसमा विद्यावारिधिको पढाइ सुरु

चितवन, १७ कात्तिक । कृषि तथा वन विज्ञान विश्वविद्यालयले वन विज्ञान सङ्कायमा विद्यावारिधिको पढाइ सुरु गरेको छ । विसं २०६७ असार ३ गते स्थापना भएको विश्वविद्यालयले कृषि र भेटेनरीमा यसअघि नै विद्यावारिधिको पढाइ गर्दै आएको थियो । विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका उपनिर्देशक डा बलराम भट्टका अनुसार वन क्याम्पस हेटौँडामा यसै शैक्षिकसत्रबाट वनमा विद्यावारिधिको पढाइ […]


प्रहरीले हटाएको विरोधमा वीरगन्जमा प्रदर्शन, एक प्रदर्शनकारीको मृत्यु, अपराह्न ३ बजेदेखि निषेधाज्ञा (अपडेट)

वीरगन्ज, १६ कात्तिक । नेपाल–भारत सीमास्थित मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई सुरक्षाकर्मीले बल प्रयोग गरेर आज विहान हटाएको विरोधमा अहिले वीरगन्जका विभिन्न ठाउँमा प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीले बिहानदेखि नै वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक, राधेमाई चोक, रानीघाटलगायत सहरका विभिन्न भागमा बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारी र प्रहरीबीच वीरगन्जमा […]


चालीस दिनपछि वीरगन्ज नाका खुल्यो

पर्सा, १६ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले अवरुद्ध गरेको वीरगन्ज–रक्सौल नाका आज बिहानदेखि खुल्ला भएको छ । वीरगन्जको मितेरीपुलमा धर्ना बसेका मोर्चाका नेता कार्यकर्ताहरुलाई हस्तक्षेप गरी प्रहरीले अवरुद्ध नाका खुल्ला गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साबाट खटेका प्रहरी टोलीले बिहान करिब ४ बजेको समयमा […]


उपराष्ट्रपतिद्वारा पद तथा गोपनीयताको शपथ, पदभार ग्रहण ; राष्ट्रपतिका उम्मेदवार गुरुङबाट धन्यवाद

काठमाडौँ, १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, उपप्रधानमन्त्री कमल थापा, विजयकुमार गच्छदार र टोपबहादुर रायमाझी, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगीव्यवसायी एवम् यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता […]


उपराष्ट्रपतिमा एमाओवादी नेता पुन विजयी

काठमाडौँ, १४ कात्तिक । सङ्घीय गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य एवम् पूर्व लडाकु कमाण्डर नन्दबहादुर पुन विजयी हुनुभएको छ । व्यवस्थापिका–संसद्, निर्वाचन अधिकृतको कार्यालयमा आज भएको मतदानमा पुनले ३२५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार अमियकुमार यादवले २१२ मत प्राप्त गर्नुभएको छ । व्यवस्थापिका–संसद्मा हाल […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter