एक्सक्लुसिभ समाचार

दक्षिण एसिया चलचित्र महोत्सवः राज्यले नरुचाएका चलचित्र पनि

अञ्जलि रम्तेल / काठमाडौँ । कास्मिर क्षेत्रमा दिनहुँ कैयौँ युवा सरकारी पक्षले गायब बनाइरहेको छ । तिनका आफन्त एक न एक दिन उनीहरु फर्कने आशामा कुरिरहेका हुन्छन् । केहीका आशा पूरा हुन्छन् भने केहीका आफन्तका लास भेटिन्छन् कोही भने जीवनभर प्रतीक्षा गरिरहन्छन् । यो अहिले काठमाडौँमा चलिरहेको दक्षिण एसिया चलचित्र–२०१५ मा देखाइएको एक वृत्तचित्र ‘ब्लड […]


नीति र कार्यक्रम भए सम्भव छ एक वर्षमा विद्युत्भार कटौती (विश्लेषण)

रमेश लम्साल / काठमाडौँ, ५ मङ्सिर । मुलुक ऊर्जा सङ्कटमा नराम्ररी फसेको छ । सरकारले पटक पटक ऊर्जा सङ्कट समाधानका लागि प्रभावकारी कदम चाल्ने बताउँदै आएको छ । तर प्रभावकारी योजना, कार्यक्रम र लगानीको अभावमा सरकारले घोषणा गरेका योजना पनि सम्पन्न हुन सकेका छैनन् । विद्युत्भार कटौतीका कारण नागरिकको दैनिकी प्रभावित भएको छ । पछिल्लो […]


पदयात्रा पर्यटनको आकर्षण बढ्दै छ (आलेख समाचार)

सिबी अधिकारी / काठमाडौँ : “नेपालको सुन्दरता हेरेर सकिँदैन, त्यसैले पटक–पटक आइरहन्छु ।” पदयात्राका लागि आठौँ पटक नेपाल आएका स्वीस नागरिक कास्पर डिउरिजको भनाइ हो यो । नेपालको प्राकृतिक सुन्दरता र भौगोलिक विविधताको सङ्गमलाई भुल्न नसकेर नेपाल भ्रमणमा आएको उनले बताए । डोल्पामा दुई हप्ता पदयात्रा गरेर फर्केका डिउरिजसँग यस अघि पनि नेपालका अन्य चर्चित […]


उपत्यकाका सांस्कृतिक सम्पदाको जग बलियो

  काठमाडौँ, ४ मङ्सिर । काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाको जग बलियो भएकाले भूकम्पले संरचना भत्किँदा पनि जग सुरक्षित रहेको अध्ययनमा संलग्न पुरातत्वविद्ले बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सङ्गठन (युनेस्को)को आर्थिक सहयोगमा पुरातत्व विभाग, बेलायतको दुरहाम विवि र काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले गत कात्तिक २ गतेदेखि गरेको पुरातात्विक अन्वेषण र उत्खननबाट यस्तो तथ्य […]


नाकाबन्दीको चौतर्फी असर, दैनिक रु दुई अर्बको आर्थिक क्षति (आलेख समाचार)

हरि लामिछाने / काठमाडौँ, । नेपाल–भारत सीमा नाकामा लामो समयदेखि भएको पारवहन अवरोधका कारण समाजका हरेक क्षेत्रमा सङ्कट उत्पन्न भई जनता आधारभूत मानवअधिकारबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ । तराईमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण आपूर्तिमा भएको कठिनाइले देशका अधिकांश अस्पतालमा औषधिको अभाव भएको छ भने विद्यार्थी विद्यालय स्वतःस्फूर्त रुपमा जान सक्ने […]


उल्लु कस्तो थियो (व्यङ्ग्य)

-योगीशकृष्ण : बल्ल बल्ल उल्लू तयार भयो। मैले उसलाई भनेको थिएँ“कुनै दिन मेरो जोर चल्ने भयो भने तिम्रो मूर्ति प्रत्येक शैक्षिक संस्थानमा राख्न लगाउने छु । विद्यार्थीहरु तिम्रो मूर्ति अघिल्तिर उभिएर भन्ने छन् –हे उल्लू , कृपया मलाई जाँचमा पास गराइदेऊ । एक किलो लड्डू चढाउँला ।”आफ्नो मूर्ति क्याम्पस , स्कूलको हाताभित्र ठाडिएको कल्पना गरेर उल्लुले […]


‘पर्या–पर्यटनको दृष्टिकोणले नेपाललाई विश्व पर्यटनको केन्द्र बनाउन सकिने’

काठमाडौँ, २ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले पर्या–पर्यटनको दृष्टिकोणले नेपाललाई विश्व पर्यटनको केन्द्र बनाउन सकिने बताउनुभएको छ । नवनियुक्त मन्त्रीहरुलाई स्वागत तथा शुभकामना दिन प्राकृतिक स्रोत जनसंसद् नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सगरमाथाको देश, एसियाको ज्योति गौतमबुद्ध जन्मेको देश तथा हिमाल, पहाड, तराई हावापानीको हिसाबले फरक–फरक भएकाले नेपाललाई […]


राष्ट्र सङ्घमा भारतीय नाकाबन्दीको विरोधमा ज्ञापनपत्र

अमेरिका २ मङ्सिर । भारतको अघोषित नाकाबन्दीको विरोधमा एनआरएन अमेरिका लगायत संस्थाले संयुक्त राष्ट्र सङ्घ मुख्यालय भवनअगाडि विरोध प्रदर्शनपछि मङ्गलबार ज्ञापनपत्र बुझाएका छन् । मध्याह्न १२ बजे सुरु भएको कार्यक्रममा ठूलो सङ्ख््यामा उपस्थित नेपालीलाई अमेरिकी मूलका नागरिक र भारतीय मूलका शिखले समेत ऐक्यबद्धता जनाएका थिए । दुई महिनाभन्दा लामो नाकाबन्दीको कारणले नेपालमा अत्यावश्यक सामग्रीको समेत […]


राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा कमलपोखरीमा छठको पूजाअर्चना

काठमाडौँ, १ मङ्सिर । छठपर्वको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कमलपोखरी पुगी छुट्टाछुट्टै पूजाअर्चना गर्नुभएको छ । सो अवसरमा उहाँहरुले कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजा गर्नुभएको थियो । पूजाका लागि उहाँहरु त्यहाँ पुग्दा स्थानीय र भक्तजनले ताली बजाएर स्वागत गर्नुभएको थियो । सूर्यदेवको श्रद्धाभक्तिपूर्वक आराधना र […]


मिथिलाञ्चलमा छठ मनाइँदै

जनकपुरधाम, १ मङ्सिर । मिथिलाञ्चलको महापर्व ‘छठ’ आज यहाँ श्रद्धापूर्वक मनाइँदैछ । श्रद्धालुहरु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी तलाउमा यो पर्व गएरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter