एक्सक्लुसिभ समाचार

बाह्र ट्यांकर धुन्चे आइपुगे, चालकलाई स्वागत

रसुवा १३ कात्तिक । नेपाललाई चीनले सहयोग दिने पेट्रोलियम पदार्थ ढुवानी गर्न आएका ट्यांकर चालकलाई आज साँझ रसुवा नागरिक समाजले धुन्चेमा स्वागत गरेको छ । सो समाजका अध्यक्ष बाबुलाल तामाङले देशको बढ्दो इन्धन समस्या समाधान गर्न नेपाल आयल निगममार्फत आएको ट्यांकरका चालक र सहचालकको मनोबल उच्च पार्न रसुवाली नागरिकका तर्फबाट स्वागत गर्नुभयो । उनीहरुलाई खादा […]


राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

काठमाडौँ ११ कातिक । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित हुनुभएको छ । राष्ट्रपतिका लागि आज भएको निर्वाचनमा भण्डारीले ३२७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका पूर्व महामन्त्री कूलबहादुर गुरुङले २१४ मत प्राप्त गर्नुभयो । सत्तारुढ गठबन्धनको समर्थनमा भण्डारी नेपालकै पहिलो महिला राष्ट्रपति हुनुभएको छ […]


नेमकिपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, राष्ट्रपतिमा दुई उम्मेदवार कायम

काठमाडौँ, १० कात्तिक । सङ्घीय गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा दुईजना उम्मेदवार कायम रहनुभएको छ । व्यवस्थापिका–संसद् सचिवालयले प्रदान गरेको समयसीमाभित्र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार नारायण महर्जनले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएपछि दुईजना मात्रै कायम रहनुभएको हो । संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार आज साँझ ५ बजेसम्म दुईजना मात्रै उम्मेदवार कायम रहनुभएको […]


सत्तारूढ दलको संयन्त्र बैठक : राष्ट्रपतिमा सहमतिका लागि अन्तिम प्रयास गरिने

काठमाडौँ, ९ कात्तिक । सत्तारूढ दलका शीर्ष नेता सम्मिलित ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को आज साँझको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सहमतिका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति र समितिका संयोजक तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा बसेको बैठकमा आफूहरूले प्रस्ताव […]


चीनबाट अनुदानमा प्राप्त इन्धन ल्याउने अन्तिम तयारी :  मन्त्री पुन

काठमाडौँ, ८ कात्तिक । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले चीनबाट अनुदान प्राप्त इन्धन ल्याउने आवश्यक तयारी भइरहेको बताउनुभएको छ । आफ्नै मन्त्रालयमा आज नेपाल आयल निगमका पदाधिकारीसँगको बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले एक–दुई दिनभित्रै इन्धन प्राप्त गर्नका निम्ति सबै तयारी भइरहेको जानकारी दिनुभयो । “अनुदानमा प्राप्त इन्धनलाई कसरी ढुवानी गरी राजधानी ल्याउने […]


मधेसी मोर्चाका माग सम्बोधनको सघन गृहकार्यमा सरकार, न्यूनतम साझा कार्यक्रम निर्धारण हुँदै

काठमाडौँ, ७ कात्तिक । सरकारले राज्य सञ्चालन र आफ्ना भावी कार्यक्रम कार्यान्वयनका निम्ति न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता साझेदार दलसँग छलफल थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा समसामयिक राजनीतिक स्थितिका साथै सरकारका आगामी योजना र न्यूनतम साझा कार्यक्रम निर्धारणबारे विचारविमर्श भइरहेको छ । बैठकमा मन्त्रिपरिषद्का सदस्यसहित सत्तारुढ दलका नेता […]


यु–१९ क्रिकेट टोली स्वदेश फिर्ताः सातौँपटक विश्वकप भिड्दै

काठमाडौंँ, ६ कात्तिक । उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले सातौँपटक विश्वकप भिड्ने भएको छ । साथै, नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ । मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]


लगातार पाँचौ जितसँगै नेपाल विश्वकपमा छनोट

काठमाडौंँ ५ कात्तिक । आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएको छ । नेपालले समूह चरणको चार वटै खेलमा पनि शतप्रतिशत नजिता निकाल्न सफल भएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरमा आज भएको अन्तिम खेलमा आयरल्यान्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । आयरल्यान्डले ४७.४ ओभरमा […]


बिरानो देशवाट दशैँको सम्झना

दशैँ नजिकिंदै गैरहेको छ ।तर, यस वर्ष अघिल्ला वर्षको जस्तो कहिले बसको टिकट किन्ने, कहिले घर जाने भन्ने चटारो छैन ।  यो परदेशबाट दशैँमा घर जान सम्भव छैन भन्ने कुरामा म लगभग स्पष्ट भैसकेको छ । नेपालीहरुको महान चाड जति जति नजिकिँदैछ, त्यति नै मनमा परदेशिनुको पीडा बल्झिरहेको छ । फेसबुकका बालभरी साथिभाइका घर पुगेका […]


देशभरका शक्तिपीठका साथै घरघरमा आज​ महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ, ४ कात्तिक । आश्विन शुक्ल अष्टमीका अवसरमा आज​ देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । यस दिन विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउनुभयो । देवी भागवतमा उल्लेख भएअनुसार प्राचीनकालमा दक्ष प्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली यसै अष्टमीका […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter