एक्सक्लुसिभ समाचार

सहिदहरूको विवरण सच्याउने मन्त्री परिषद्को निर्णय; ट्रंक र डेडिकेटेड लाइनको विवाद सुल्झाउन समिति

काठमाडौँ, पुस २४ गते । नेपाल सरकार मन्त्री परिषदबाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्याइने भएको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरूको विवरण सच्याउने, नेपाल राजपत्रमा प्रकाशन हुन छूट सहिदहरूको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय गरेको […]


राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ५२ जनाको उम्मेदवारी

काठमाडौं, पुस २३ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि रिक्त १९ पदका लागि ५२ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय सभामा कुल २० सदस्य पद रिक्त भए पनि निर्वाचन हुने १९ पदका लागि उम्मेदवारी दर्ता भएको हो । एक सदस्यको मनोनयन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ । स्वीकृत निर्वाचन कार्यक्रम अनुसार सोमबार […]


भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि ५९ करोड बढी निकासा

राजु लामिछाने / रुकुमपश्चिम, पुस २२ गते । रुकुमपश्चिममा भूकम्प पीडितहरूको अस्थायी आवास (टहरा) निर्माणको लागि हालसम्म ५९ करोड दुई लाख रुपियाँ निकासा भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला विपद् कोषबाट जिल्लाका छ वटा स्थानीय तहमा रहेका स्थानीय विपद् कोषमा उक्त रकम पठाइएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले दिनुभएको जानकारी […]


धनगढीको सडकमा साइकल लेन सञ्चालन

अविनाश चौधरी / धनगढी, पुस २१ गते । कैलालीको धनगढीस्थित ६ लेन सडकमा साइकल लेन सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिकाले पहिलो चरण अन्तर्गत भन्सारदेखि धनगढी विमानस्थलसम्म साइकल लेन बनाएको हो । आज एक कार्यक्रमकाबिच धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले हरियो झन्डा देखाएर साइकल लेनको उद्घाटन गर्नुभयो । धनगढी उपमहानगरपालिकाले ६ लेन सडकमा ४४ लाख […]


१० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले प्राप्त गर्न सक्छ वार्षिक नौ खर्ब

काठमाडौँ, पुस २० गते । नेपाल र भारतबिच ऊर्जा क्षेत्रमा भएको सम्झौताले नेपालको बिजुलीले भारतको विशाल बजारमा सहज प्रवेश पाउने भएको छ । वर्षा याममा खेर जाने बिजुलीले पनि बजार पाउने तथा लगानी विस्तार हुने भएकाले सरकारी तथा निजी क्षेत्रमा पनि एक प्रकारको उत्साहको सञ्चार गरेको छ । मुलुकको चुलिँदो व्यापार घाटालाई कम गर्ने उपयुक्त […]


यस्तो रह्यो भारतका विदेशमन्त्री जयशंकरको नेपाल भ्रमण; दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं, पुस १९ गते। नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आउनुभएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर बिहीबार व्यस्त हुनुभयो। भारतीय विशेष विमानमार्फत काठमाडौं आइपुग्नु भएका जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गर्नुभयो। नेपाल भ्रमणको पहिलो दिन उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। […]


देशमै पहिलो पटक चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण

कोकिला ढकाल / इलाम, पुस १८ गते । विदेशी मुद्रा आर्जनका लागि महत्त्वपूर्ण मानिने नेपाली चियाका लागि अहिले चिया परीक्षण तथा प्रवर्द्धन केन्द्रको निर्माण सम्पन्न भएको छ । सूर्योदय नगरपालिकास्थित कन्याममा केन्द्रको निर्माण गरिएको हो । प्रदेश सरकारको ८० प्रतिशत र सूर्योदय नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण गरिएको केन्द्र सञ्चालनमा आएपछि नेपाली चियालाई बजारीकरणका ठुलो […]


महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिनुस् : प्रधानमन्त्री प्रधानमन्त्रीको बुँदागत निर्देशनको पूर्णपाठ

काठमाडौं, पुस १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ । मङ्गलबार दिउँसो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री, सचिव र अन्य कर्मचारीसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक […]


बालकुमारी घटना : मृतक परिवार र सरकारबिच सहमति; बालकुमारी घटनाको ‘प्रमुख कारक’ प्रदर्शन स्थलमा मन्त्री ज्वालाको प्रवेश !

काठमाडौँ, पुस १६ गते । बालकुमारी घटनामा ज्यान गुमाएका परिवार र सरकारपक्षबिच सोमबार चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा आज भएको सहमतिअनुसार मृतकको परिवारलाई परिवारको सल्लाहमा एक-एक जनालाई उपयुक्त खालको रोजगारीको ब्यवस्था गराउने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतक विरेन्द्र शाह र सुजन राउतलाई […]


बिहेमा हुने भोज खर्च कटाएर गाउँमा निःशुल्क स्वास्थ्य शिविर

तिलाचन पाण्डे / तम्घास, पुस १५ गते । बिहेको भोजमा खर्च गर्ने रकमलाई कटौती गर्दै सञ्चारकर्मी मोहन बस्नेतले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर चलाउनुभएको छ । शिविरबाट चार सय जनाले सेवा लिएका छन् । आफ्नो जन्मस्थान रेसुङ्गा नगरपालिका-३ भाड गाउँमा आयोजना गरिएको शिविरबाट ४९ जनाको भिडियो एक्स-रे,२० जनाको इसिजी,१०८ जनाको सुगर परीक्षण, ४३ जनाको युरिक एसिड, […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter