
ललितपुर । ललितपुरको बालकुमारी सडक क्षेत्रमा भएको झडपमा दुई जनाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको आन्दोलनको क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो । ‘ईपीएस परीक्षाका सबैतर्फको छनौट प्रक्रियामा सहभागी हुन पाउनुपर्ने […]

काठमाडौं, पुस १२ गते । सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३६५०.१४ रूपियाँ निर्धारण गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले […]

चन्द्र पन्दाक / ताप्लेजुङ, पुस ११ गते। ताप्लेजुङमा उत्पादन भएको किवी फल जिल्लाबाहिर निर्यात हुँदा किसान खुसी भएका छन्। जिल्लाबाहिर झापा, काठमाडौँ लगायतका ठाउँमा किवी निर्यात हुन थालेपछि बजारको अभाव खेप्दै आएका किसान खुसी भएका हुन्। पाथिभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका स्थानीय सागर इजम लिम्बूका अनुसार यो वर्ष यहाँ उत्पादन भएको किवी झापाको दमक र काठमाडौँ […]

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एक वर्षे कार्यकालमा गरेका काम र आगामी वर्ष गर्ने कामबारे केही प्रतिबद्धता जनाएका छन् । तेस्रो कार्यकालको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले शिक्षा, स्वास्थ्य, केही महत्त्वपूर्ण पूर्वाधार, व्यापार निर्यात र महत्त्वपूर्ण आयोजनाहरुबारे प्रतिबद्धता जनाएका हुन् । यस्ता छन् प्रधानमन्त्रीका मुख्य १० प्रतिबद्धता १.विश्वविद्यालयमा […]

काठमाडौँ, पुस ९ गते । आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रलाई थप व्यवस्थित गर्ने लक्ष्यका साथ वर्तमान सरकारले देखिने गरी केही महत्त्वपूर्ण कामलाई अगाडि बढाएको छ । जलविद्युत् आयोजनाको निर्माण, प्रसारण प्रणालीको विस्तार, अन्तर्राष्ट्रिय सहयोग भित्र्याउनेदेखि आन्तरिक स्रोतको परिचालनमा समेत उत्तिकै ध्यान दिइएको छ । आन्तरिक विद्युत् खपत बढाउनेदेखि बढी भएको बिजुली बिक्री […]

फडिन्द्र अधिकारी / लेखनाथ, पुस ८ गते । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले २६ वर्षपछि मन्त्रालयले ठुलो सङ्ख्यामा दरबन्दी सिर्जना गर्ने तयारी गरेको बताउनुभएको छ । अहिले देशवासीलाई सहज रूपमा आधारभूत स्वास्थ्य सेवा दिन ७२ हजार स्वास्थ्यका जनशक्ति आवश्यक भएको उहाँले उल्लेख गर्नुभएको हो । पोखरामा आइतबार भएको कार्यक्रममा नेपाल डेमोग्राफिक हेल्थ […]

विराटनगर, पुस ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले भन्नुभयो, “म तपाईँहरूलाई के विश्वास दिलाउन चाहन्छु भने मेरो तागतले भ्याएसम्म […]

शशिधर पराजुली / विराटनगर, पुस ६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको यात्रा उज्यालोतर्फ उन्मुख भइरहेको बताउनुभएको छ । मोरङ व्यापार संघ ट्रेड एक्स्पो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बैंक ब्याजदर, लघुवित्त र सहकारीको समस्या हल हुँदै गएको, महंगी कम भइरहेको र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने क्रम अगाडि बढ्नुले अर्थतन्त्र सकारात्मक बन्दै गएको संकेत गर्ने […]

बिन्दु थापा / पाल्पा, पुष ५ गते । आफ्नो जीविकोपार्जनका लागि देश छाडी वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या पाल्पामा बढ्न थालेपछि त्यहाँको समस्या र चुनौती सहजकीरण गर्न तानसेन नगरपालिकाले पहरेदारको भूमिका थालेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा आप्रवासी स्रोत केन्द्र (सहायक कक्ष) को समुद्घाटन गरी त्यसमा थप निगरानी बढाउने तयारी गरिएको छ । वैदेशिक […]

काठमाडौं, पुस ४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आफूले आगामी कार्ययोजना तर्जुमा गर्ने बताउनुभएको छ । कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको आज भएको संयुक्त वार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले जनतालाई केन्द्रमा राखेर सरकारी निकायले काम गर्नुपर्ने बताउनुभयो । “आज दुई मन्त्रालयको मन्त्रालयगत अवस्था, त्यसको […]