
काठमाडौँ, माघ ६ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक दुवै डुब्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । अर्थमन्त्री पौडेलले पछिल्लो समय कतिपय मानिसहरूले बैंक र अर्थतन्त्र दुवै डुब्दै गएको अफवाह फैल्याउने काम गरेको बताए । उनले अर्थतन्त्रको […]

चन्द्र पन्दाक / ताप्लेजुङ, माघ ५ गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित सरस्वती च्यारिबुक माध्यमिक विद्यालयमा दुई जना समाजसेवीले दुई लाख ५० हजार रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ। विद्यालय रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका स्थानीय डने शेर्पा र फुपुडोमा शेर्पाले सो अक्षयकोष स्थापना गर्नुभएको हो। विद्यालयका शिक्षक देउकुमार लिम्बूका अनुसार डने शेर्पाले एक लाख ५० रुपियाँको अक्षयकोष स्थापना […]

काठमाडौं, माघ ४ गते । काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबिच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन शुक्रबार ९८ औँ सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको पूर्ववत् सम्बन्ध यथावत् रहने भएको हो । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा आज सिंहदरबारमा भएको विवाद समाधान गर्न […]

काठमाडौँ, माघ ३ गते। नेपाली कांग्रेसले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई सक्रियतापूर्वक भूमिका निर्वाह गर्न निर्देशन दिएको छ । बिहीबार बसेको संसदीय दल कार्यसमितिको बैठकले १० मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले लाग्न निर्देशन दिएको हो । पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरू सहितको बैठकमा मन्त्रीहरूले आआफ्ना मन्त्रालयका कार्यप्रगति […]

काठमाडौँ, माघ २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ । आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशानुसार उहाँ धरौटी बुझाएर रिहा हुनुभएको हो। सभापति लामिछानेलाई स्वागत गर्न सो दलका […]

काठमाडौं, माघ १ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताउनुभएको छ । पिएसबीको पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले पिएसबीमा सबै वर्ग, क्षेत्र, भाषाभाषी, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताउनुभएको हो । विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका लागि पिएसबीले […]

काठमाडौँ , पुस २९ गते । राष्ट्रपति रामचन्द्र पौडेल चार अध्यादेश जारी गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले सिफारिस गरेका चार अध्यादेशहरू जारी गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन […]

काठमाडौँ, पुस २८ गते। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले क्षतिको विस्तृत यथार्थ मूल्याङ्कन गरी यही पुस […]

काठमाडौँ, पुस २७ गते। पृथ्वीनारायण शाहको ३०३ औँ जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा चियापान कार्यक्रम गरेको छ। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका शीर्ष नेता उपस्थित हुनुभएको छ । भृकुटीमण्डपमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताले स्वागत गर्नुभएको थियो । चियापानमा प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का […]

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्म सो बराबरको रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो वर्षको सोही अवधिको विप्रेषण आप्रवाहको तुलनामा ४.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको वृद्धिदर भने २४.२ प्रतिशत रहेको थियो । […]