एक्सक्लुसिभ समाचार

रिगललाई पक्राउ गर्न सर्वोच्चको आदेश, भारतीको पक्षमा फैसला; फैसलालगत्तै नेपालगन्जबाट रिगल पक्राउ

काठमाडौं, कात्तिक १६ गते । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल […]


एमालेको चियापान कार्यक्रम; पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद टुङ्ग्याइने : प्रधानमन्त्री

काठमाडौं, कात्तिक १५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दसैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरू सहभागी हुनुभएको छ । पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको सो […]


नेपाल विश्वको मित्र हो, म ज्यादै खुसी छु : महासचिव गुटेरेस; जलवायु परिवर्तन सहयोग कोष वृद्धि गरिने

काठमाडौं, कात्तिक १४ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टनियो गुटेरेसले नेपाल विश्वको मित्र भएको बताउनुभएको छ । सङ्घीय सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुँदै गुटेरेसले सो कुरा बताउनुभएको हो । सभामुख देवराज घिमिरेले सम्बोधनका लागि आग्रह गर्नुभएपछि महासचिव गुटेरेसले संसद्लाई सम्बोधन गर्नुभयो । “यो असाधारण देशको भ्रमण गर्न पाउँदा म ज्यादै खुसी छु । मैले […]


दसैँले रोकिएन वैदेशिक रोजगारी, असोजमा झन् धेरै बिदेसिए

सीता शर्मा / काठमाडौँ, कात्तिक १३ गते । नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश गएको तथ्यले पुष्टि गरेको हो । वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ५५ हजार ५७५ […]


प्रधानमन्त्री प्रचण्डद्वारा महासचिव गुटेरेसको स्वागतमा रात्रीभोज आयोजना; गुटेरेसद्वारा उच्चस्तरीय भेटवार्ता, सम्पदा अवलोकन

काठमाडौँ, कात्तिक १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा आज सिंहदरवारमा रात्रिभोजको आयोजना गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका महासचिव गुटेरेस रात्रिभोजमा सहभागी हुनुभयो । सो अवसरमा महासचिवको कार्यदलका सदस्यहरु, नेपाल सरकारका मन्त्री, राजनीतिक दलका नेता तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो । चार […]


कांग्रेसको चियापान समारोह; दलहरुप्रतिको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु : सभापति देउवा

काठमाडौँ , कात्तिक ११ गते । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ। शनिबार कोजाग्रत पूर्णिमाको अवसर पारेर कांग्रेसले चियापान आयोजना गरेको हो। उक्त चियापानमा प्रधानमन्त्रीसहित माओवादी, एमाले, एकीकृत समाजवादी लगायत पार्टीका नेता-कार्यकर्ताहरूको उपस्थिति थियो। बिपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश […]


संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस आइतबार नेपाल आउने

काठमाडौँ , कार्तिक १० गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबारदेखि कात्तिक १५ गते सम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् । उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन […]


पतञ्जलीले रूपन्देहीमा आयुर्वेदिक औषधि उद्योग खोल्ने; नेपालका धार्मिक गन्तव्यहरुप्रति भारतीयको आस्था र आकर्षण दुवै छ : आचार्य बालकृष्ण

लुम्बिनी, कार्तिक ०९ गते । भारतको हरिद्वारस्थित पतञ्जली योगपिठले रूपन्देहीमा योग प्रशिक्षण केन्द्र र वेलनेस सेन्टर स्थापना गर्ने भएको छ। पतञ्जलीले रूपन्देहीको धकधईमा एक अर्ब रूपैयाँको लगानीमा आयुर्वेदिक औषधि उद्योग पनि सञ्चालन गर्ने जनाएको छ। योगपिठका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जडिबुटीको भण्डार रहेको र तिनै जडिबुटीको सदुपयोग गर्दै आयुर्वेदिक […]


अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दसैँ

फुङ्लिङ, कार्तिक ०८ गते । नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै […]


यूएईलाई १९ रनले हराउँदै नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि

काठमाडौं , कात्तिक ७ गते । नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter