एक्सक्लुसिभ समाचार

भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण यथाशिघ्र सुरू गर्न सरकारलाई समितिको सुझाव; कांग्रेस टोलीले बुझायो प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ , कात्तिक २५ गते । जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिएको छ। समितिका सभापति रामहरि खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री दाहालसँग भेट गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सुझाव दिएको हो। ‘हामीले प्रभावित क्षेत्रमा […]


अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भीर नभएको सांसदहरुको आरोप; विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च; तीन महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । सांसदहरुले मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैंठकमा बोल्दै अधिकांश सांसदहरुले सरकारलाई यस्तो आरोप लगाएका हुन् । सांसदहरुले अर्थतन्त्रमा देखिएको समस्या र चुनौतीलाई समाधान गरी चलायमान बनाउनुपर्ने विषयमा सरकार गम्भीर नभएको बताए । उनीहरुले अर्थतन्त्र गम्भीर मोडमा पुग्दा समेत अर्थमन्त्री लगायत सरकारका […]


मन्त्रिपरिषदले स्वीकृत गर्‍यो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका; यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

काठमाडौँ , कात्तिक २३ गते । मन्त्रिपरिषदको बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्देशिका स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्। ‘मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय भएको छ,’ उनले भनिन्। साथै मन्त्रिपरिषद् विधेयक समितिकबाट पेश भएको राष्ट्रिय व्यावसायिक […]


जाजरकोट र रुकुममा एमालेले १ हजार स्वयंसेवक खटाउने; चिनियाँ सेनाका २ वटा जहाजमा आएको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण

काठमाडौँ , कात्तिक २२ गते । नेकपा एमालेले जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणमा एक हजार स्वयंसेवक खटाउने भएको छ । आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक पार्टीले खटाउने सचिवालय बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘एक हजार स्वयं सेवकहरु मंसिर एक गतेबाट खटिनुहुनेछ । हामी […]


सर्वदलीय बैठक : लोकतान्त्रिक गणतन्त्रप्रति सबैको प्रतिबद्धता; चिसोमा जनता जोगाउनुहोस्, व्यवस्था आफै जोगिन्छ: रवि

काठमाडौं, कात्तिक २१ गते । शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल सकिएको छ । सिंहदरबारमा भएको छलफलमा विशेषगरी १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने पार्टी नेताकाबीचमा समसामयीक पछिल्लाे राजनीतिमा देखापरेका ब्यवधानका बारेमा नेताहरुले आ-आफ्नो तर्फबाट धारणा राखेका थिए । ‘शान्ति, संविधान र व्यवस्थाप्रति जसरी आक्रमण र भड्काउने प्रयास भएको छ त्यसबारेमा सबै दलका नेताहरूले […]


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउन थाल्यो; युरोप भ्रमण छाडेर जाजरकोट र रुकुम पश्चिम जाने राष्ट्रपतिको निर्णय

काठमाडौं, कात्तिक २० गते । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड २२ लाख २१ हजार एक सय ११ रुपैयाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार मात्रै सहयोगी हात बढाउन विभिन्न बैङ्कको खाता सार्वजनिक गरेको थियो । सोमबार अपराह्नसम्म भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ […]


भूकम्पबाट ९१० वटा भवन पूर्ण रूपमा क्षति; नेपालमा अझै ठूला र शक्तिशाली भूकम्पको जोखिम बाँकी नै छ

काठमाडौं, कात्तिक १९ । जाजरकोट र रूकुम पश्चिममा ९१० वटा घर भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको छ। शुक्रबार राति ११:४७ जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पका कारण ९१० वटा घर पूर्ण रूपमा क्षति पुगेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ। यस्तै २ हजार ८६१ घरहरूमा आंशिक रूपमा क्षति पुगेको छ। जाजरकोट, रूकुम […]


भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुग्यो; राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा सहयोगको घोषणा

काठमाडौं, कात्तिक १८ । जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १५७ पुगेको हो। उनका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। भूकम्पमा परी जाजरकोटमा १०५ जना, रूकुम […]


विश्वकप खेल्न पाउनु भाग्यमानी ठान्छु : कप्तान रोहित; क्रिकेटको डेढ करोड नगद पुरस्कार निकासा

काठमाडौं, कात्तिक १७ गते । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताउनुभएको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै जारी आइसिसी विश्वकप छनोट (एसिया क्वालिफायर) को फाइलनमा यात्रा तय […]


रिगललाई पक्राउ गर्न सर्वोच्चको आदेश, भारतीको पक्षमा फैसला; फैसलालगत्तै नेपालगन्जबाट रिगल पक्राउ

काठमाडौं, कात्तिक १६ गते । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter