एक्सक्लुसिभ समाचार

शालीन राजनीतिज्ञ नेम्वाङको पशुपतिमा अन्त्येष्टि

सपना थामी / काठमाडौं, भदौ २८ गते। शालीन राजनीतिका एक पर्याय सुवासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। ऐतिहासिक संविधान सभाका अध्यक्ष नेम्वाङले नेपालको संविधान निर्माणका क्रममा दुई कार्यकाल संविधानसभाको अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभयो। वि.सं. २०६४ र २०७० मा उहाँले सो जिम्मेवारी निर्वाह गर्नुभएको हो। उहाँ अध्यक्ष रहँदा २०७२ असोज ३ गते नेपालको संविधान […]


समृद्धि हासिल गर्न सरकारले दीर्घकालीन लक्ष्य तय गरेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, भदौ २७ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सरकारले दीर्घकालीन सोच तय गरेको बताउनुभएको छ। बुधबार नेपाल भ्यूजको दोस्रो वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘संविधानको व्यवस्था र भावनालाई हृदयङ्गम गरी नेपाल सरकारले योजनावद्ध रूपमा समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न दीर्घकालीन […]


संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन; राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने सरकारको निर्णय

काठमाडौं, भदौ २६ गते । संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । उहाँलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर उहाँको बाटोमै निधन भएको जनाइएको छ । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उहाँलाई राती १ः२० बजे […]


तरकारी खेतीबाट २५ लाख बढी आम्दानी

कञ्चनपुर, भदौ २५ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आउनुभएको हो । दश कठ्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उहाँले दुई बिघा तरकारी खेतीका लागि भाडामा […]


आन्तरिक उत्पादन र रोजगार बढाउने गरी १६औँ योजना ल्याउन सुझाव

काठमाडौं, भदौ २४ गते। आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६ औँ योजना तर्जुमा गर्न नेपाल उद्योग परिसङ्घले सुझाव दिएको छ। सोह्रौँ योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयबारे परिसङ्घले गरेको अध्ययनसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगलाई पेस गर्दै यस्तो सुझाव दिएको हो। परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलाई परिसङ्घको […]


नेवारी खानाको प्रवर्धन गर्न ‘खाना महोत्सव’

केदार तिमल्सिना / काभ्रेपलाञ्चोक, भदौ २३ गते । परम्परागत नेवारी खानाहरुको प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको बनेपामा दुई दिने ‘काभ्रे फुड फेस्टिबल’ खाना महोत्सवको आयोजना गरिएको छ । काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ तथा काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको संयुक्त आयोजनामा शुक्रबार र शनिवार खाना महोत्सवको आयोजना गरिएको हो । खाना महोत्सवका […]


प्रदिप गिरिको अभाव आउने पुस्तालाई खड्किने छ : प्रधानमन्त्री प्रचण्ड

जीवछ यादव / लहान, भदौ २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजावादी चिन्तक प्रदिप गिरिको आवश्यक्ता आउने पुस्तालाई पनि खड्किरहने बताउनुभएको छ । प्रदिप गिरि मेमोरियल ट्रष्टले आयोजना गरेको प्रदिप गिरिको प्रथम वार्षिकी कार्यक्रमलाई लहान–१४ मा उहाँको पूर्ण कदको शालिकलाई अनावरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । सदा जीवन उच्च विचारका चरित्र […]


विदेश छाडेर नेपालमै च्याउखेती

धादिङ / भदौ २१ गते । वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउखेतीमा रु. एक करोड लगानी गर्नुभएको छ । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउखेती सुरु गर्नुभएको हो । युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै रु. एक लाख कमाइ भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ […]


फलफूलका विरुवा हुर्काउँदै सामुदायिक वन

जानु पाण्डे / कपिलवस्तु, भदौ २० गते । कपिलवस्तुको बाणगंगा नगरपालिका –९ मा रहेको खोजीपुर सामुदायिक वनले फलफूल खेतीलाई प्राथमिकता दिएको छ । सामुदायिक वनले विपन्न समुदायको आर्थिक विकासमा टेवा पुगाउन पहिलो पटक फलफूलका बोट बिरुवा लगाइएको उपभोक्ता समितिका अध्यक्ष दिपककुमार थापाले बताउनुभयो । २०६६ सालमा समुदायमा हस्तान्तरण गरिएको वनको जिनुवा बस्ती नजिकको क्षेत्रमा फलफुलका […]


फोहोर व्यवस्थापनका निम्ति सङ्घीय, प्रादेशिक र स्थानीय सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, भदौ १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष र निकायहरूसँग छलफल गर्नुभएको हो । बैठकमा फोहोरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter