लक्की चौधरी / काठमाडौं, असार ३२ गते । नेपालका राजनीतिक दलका नेताहरुले नेपालमा राजनीतिक अस्थिरता निम्तिनुमा भूराजनीतिक प्रभाव रहेको धारणा राख्नुभएको छ । नेपालको सत्तापलटमा आन्तरिक शक्तिसँगै बाह्य शक्तिको पनि ठूलो असर रहेको बुझाई नेताहरुको छ । राजनीतिक दलका नेताहरु सत्ता स्वार्थमा बढी ध्यान केन्द्रीत गरेकैकारण बाह्य शक्तिले चलखेल गर्ने अवसर पाएको उहाँहरुको भनाइ छ […]
अमृतप्रसाद पौडेल / मुस्ताङ, असार ३० गते । स्याउको नाम आउँदा साथ आम नेपालीहरुको मुखमा एक प्रकारको स्वादको अनुभव हुन्छ त्यो हो मुस्ताङको स्याउ । मुस्ताङमा पनि विगतदेखि नै सबैले चर्चा परिचर्चा गर्ने भनेकै मार्फाको स्याउ । घरपझोङ गाउँपालिका अन्तर्गतको मार्फाको स्याउ देश विदेशमा पनि चर्चित छ । अहिले त्यही मार्फा क्षेत्रको स्याउले बोटमा आफ्नो […]
विष्णु पाण्डेय / काठमाडौं, असार २९ गते । गत आ. व. २०७७–७८ मा सरकारी बेरुजु एक खर्ब १५ अर्व पाँच करोड ५० लाख रुपियाँ पुगेको छ । बुधबार महालेखापरीक्षकले आव २०७७–७८ को लेखापरीक्षणको ५९ औँ बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश पनि गरेको छ । सार्वजनिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक बर्ष २०७६–७७ को तुलनामा गत […]
काठमाडौं, असार २८ गते । मतदाता नामावलीमा नाम दर्ता नगराएका नेपाली नागरिकले अब अनलाइन प्रविधिबाटै मतदाता नामावली दर्ता गराउन सक्ने भएका छन् । फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै निर्वाचन आयोगले बिहीबारदेखि अनलाइनबाट फाराम भरी मतदाता नामावली दर्ता गर्न सक्ने जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले वेवमा आधारित मतदाता […]
काठमाडौं, असार २७ गते । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवम् पार्टीका महासचिव शी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उहाँले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्वपूर्ण […]
काठमाडौं, असार २४ गते । नेपालमा रहेका औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको केन्द्रीय तथ्याङ्क विभागको एक सर्वेक्षणले देखाएको छ । तथ्याङ्क विभागले शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो । विभागको सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानमध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्रै […]
काठमाडौँँ,असार २३ गते । नेपाल औषधि लिमिटेडले हेमोडायलासिस उपकरण, पानी प्रशोधन तथा वितरण प्रणाली र एयर ह्यान्डिलिङ युनिट सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सो युनिटको उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री बडूले नेपाल औषधि लिमिटेडले थपेका नयाँ उपकरणले कुशल उत्पादन अभ्यास हुने र आत्मनिर्भरता तर्फको यात्रामा कोशेढुङ्गा […]
काठमाडौं, असार २२ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन मंसिर २ गतेका लागि सरकारलाई सिफारिस गरेको र त्यसका लागि करिब १० अर्ब रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान सरकारलाई पेश गरेको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार मतदाता संख्यामा भएको वृद्धि, मतदानस्थल र मतदान केन्द्रको बढोत्तरी, सूचना प्रविधिको […]
काठमाडौं, असार २१ गते। मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ। मंगलबार यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्र्टन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा विस्र्टन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष […]
गलेश्वर, असार २१ गते । केरा खेती गरेर लाखौं आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोच्नुभएको थिएन । आफैँले खानका लागि दुई/चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ । दश वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर […]