
काठमाडौं, असार २८ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले ठुलो समस्याका रूपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरूक भएर लागेको बताउनुभएको छ । कतिपय करदाता अदालत गएको निर्णयमा अनियमित भएका कारणले बेरुजु देखिएको उल्लेख गर्दै उहाँले समग्रमा आर्थिक अनुशासन कायम राख्ने र थप बढ्न नदिनेमा प्रतिबद्धता व्यक्त गर्नुभयो । बिहीबारको राष्ट्रियसभा बैठकमा विनियोजन […]

सीता शर्मा / काठमाडौँ, असार २७ गते । सरकारले ढिलै भए पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि समेट्ने भएको छ । कोषले बुधबारदेखि अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई समेट्न तयारी गरेको हो । उक्त कार्यक्रमको सुरुवात प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार गरेपछि शुभारम्भ हुने जनाइएको छ । कोषका […]

काठमाडौं, असार २६ गते। सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ। मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं […]

काठमाडौं, असार २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि सुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसदमा अवरोध भएकाले त्यो अवसर नपाएको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले आफूलाई कुनै स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा माग्नु संसदीय मर्यादा नभएको बताउनुभयो । राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष एक आपसमा […]

काठमाडौं, असार २४ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउनुभएको छ। आर्थिक छलफल चौतारी नेपालले आइतबार काठमाडौं आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले आगामी मौद्रिक नीति तय गर्दा नीतिगत दर (पोलिसी रेट) मा सम्बोधन गरी […]

कबिराज घिमिरे / हिले, असार २३ गते। धनकुटा नगरपालिका वडा नम्बर ९ छिम्सुवाका किसान बद्री कार्कीलाई यो बेला आँप टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ। उहाँले करिब ३० रोपनी क्षेत्रफलमा आँप खेती गर्नु भएको छ। ३० रोपनीमा उहाँका करिब २५० बोट आँप छन्। राम्रो उत्पादन र मूल्य भएको वर्ष करिब पाँच लाखसम्म आम्दानी दिन्छ। मूल्य कम […]

काठमाडौं, असार २२ गते। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ। मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढिकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा कार्ययोजना तयार पारी लागू गर्न लागिएको हो। उक्त […]

विष्णु पाण्डेय / काठमाडौं, असार २१ गते। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई-२०७९ को नतिजा बिहीबार प्रकाशित गरेको छ। प्रकाशित नतिजा अनुसार गत वर्षको तुलनामा यस वर्ष एसईईको नतिजा सुध्रिएको छ। गत वर्षको एसईई नतिजा अनुसार यस वर्षको नतिजामा माथिल्लो जिपिए ल्याउनेको संख्या बढेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रण कार्यालयका अध्यक्ष महाश्रम शर्माका […]

काठमाडौं, असार १९ गते। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधिको अवधि थप गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार […]

काठमाडौं, असार १८ गते। स्वास्थ्य सेवामा आजबाट २९५ जना प्राविधिक जनशक्ति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लोकसेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी नियुक्तिका लागि सिफारिस भएका २९५ जना स्टाफ नर्सलाई नियुक्तिपत्र बाँढेको छ। मन्त्रालयका अनुसार कुल २९५ मध्ये २४५ जना नर्सलाई वीर अस्पतालमा पदस्थापन गरिएको छ। बाँकी रहेका ५० जनालाई नेपाल सरकार मातहतका […]