
काठमाडौं, असार ६ गते । राष्ट्रिय योजना आयोगलाई अर्थविद् तथा अन्य विज्ञहरूले आर्थिक वृद्धिको धेरै महत्वाकांक्षी लक्ष्य राख्न नहुने सुझाव दिएका छन् । उनीहरूले अहिलेको अवस्थामा बढीमा ७ वा ७.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पर्याप्त हुने, सहकारी र बैंकमा ठूलो रकम रहेकाले पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउन पनि जोड दिएका छन् । साथै, राष्ट्रिय योजनालाई […]

काठमाडौं, असार ४ गते । सत्तरुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र सत्ताबाहिर रहेको नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा भएको छ । सोमबार राष्ट्रिय सभागृहमा आयोजित घोषणा कार्यक्रममा चार दलका प्रमुखहरुले सात बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन् । समाजवादी मोर्चा […]

काठमाडौँ, असार ३ गते । संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका हुन् । सोमबार राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा […]

सपना थामी / सिन्धुपाल्चोक, असार २ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी आयोजना अन्तर्गत याङ्ग्री र लार्केको दोस्रो फेजको काम तदारूपका साथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ। मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमणका लागि शनिबार सिन्धुपाल्चोक पुगेर उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मेलम्ची बहुचर्चित धेरै छलफल हुँदै आएको राष्ट्रिय गौरवको आयोजना […]

काठमाडौं, असार १ गते। जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रहरी हिरासतमा रहेका १८ जनामध्ये १६ जनालाई कारागार चलान गरेको हो। पुर्पक्षमा जेल चलान भएकाहरु अब मुद्दाको किनारा नलाग्दासम्म कारागारमै रहनेछन्। अदालतले अभियुक्त टङ्क गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई रु […]

काठमाडौं, जेठ ३२ गते। अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभएको छ। बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानको टोलीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सरकारले विगतमा कृषि क्षेत्रमा दिने […]

चन्द्र पन्दाक / ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा जाने पदमार्ग धमाधम मर्मत भइरहेको छ । कञ्चनजङ्घाको उत्तर र दक्षिणी आधार शिविर जाने पर्यटकीय पदमार्ग मर्मत गर्न थालिएको हो । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपको घुन्सा हुँदै कञ्चनजङ्घा आधार शिविर जाने पदमार्ग मर्मतको काम अहिले तीव्ररुपमा भइरहेको छ । फक्ताङ्लुङ […]

कपिल ज्ञवाली / सिद्धार्थनगर,जेठ ३० गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलो पटक भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान थालेको छ । सञ्चालनमा आएको १३ महिनापछि मङ्गलबार पहिलो पटक नेपाल एयरलाइन्सको एयर बस ३२० ले व्यावसायिक उडान गरेको हो । न्यारोबडी जहाज मङ्गलबार बिहान साढे ८ बजे विमानस्थलमा अवतरण गरेको थियो […]

काठमाडौँ, जेठ २९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थप माग आएका दुर्गम जिल्लाबाट २७ हजार क्विन्टल चामल ढुवानी गर्न लागेको हो । चालु आर्थिक वर्षका लागि स्वीकृत कोटाले अपुग भएपछि १२ जिल्लाबाट थप माग आएकामा कम्पनीले २६ हजार ९७० क्विन्टल चामल पठाउन लागेको हो । खाद्यान्न अभाव भएपछि ती जिल्लाबाट चामलको माग […]

गोविन्द शर्मा / बाँके, जेठ २८ गते । नेपालगञ्जमा वर्षाको समयमा सयौँ घरहरू जलमग्न हुनेगरेका छन् । सडकभन्दा कम उचाइमा निर्माण गरिएका घरभित्र बर्सातको समयमा पानी पसेर दुःख दिनेगरेको छ । पहिले निर्माण गरिएका घरभन्दा पछि निर्माण भएका सडकको उचाइ बढी हुनेभएकोले घरभित्र पानी पस्ने समस्या यथावत् रहेको स्थानीयको भनाइ छ । पछिल्लो समय घरको […]