
काठमाडौं, वैशाख २६ गते । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक मोबाइल ल्याउन पाउने निर्णय गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो । यसैगरी, बैठकले नेपाल कृषि वन सेवा […]

काठमाडौं, वैशाख २५ गते । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । छ । सोमबार सिंहदरबारमा बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा […]

काठमाडौं, वैशाख २४ गते । सङ्घीय संसद्को बर्खे अधिवेशन आज (आइतबार)देखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । बैठकको सुरुमै सभामुख […]

नारद कोहार / तौलिहवा, वैशाख २३ गते। कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले प्राचीन कपिलवस्तुको तिलौराकोटलगायत अन्य पुरातात्विक सम्पदाको संरक्षण नगरेसम्म विकास सम्भव नरहेको बताउनु भएको छ। कपिलवस्तुको तिलौराकोटमा आयोजना गरिएको २५६७ औं बुद्ध जयन्ती एवम् प्रसूति उत्सवमा उहाँले सो कुरा बताउनुभएको हो। मन्त्री भुसालले तिलौराकोटमा ल्याइएको शिशु बुद्धलाई स्वागत गर्दै यस्तो कार्यक्रम आफूले […]

काठमाडौं, वैशाख २२ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो। प्रतिनिधिसभा सांसदसमेत रहेका सभापति लामिछानेले भन्नुभयो, “आज हाम्रो केन्द्रीय समिति र संसदीय दलको बैठकले सार्वसम्मत रुपमा गरेको निर्णय सुनाउँन चाहन्छु। सरकारको […]

काठमाडौँ, वैशाख २१ गते । सरकारले आन्तरिक र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यसहित नेपाल रोजगार सूचना व्यवस्थापन प्रणाली (नेमिस) सफ्टवेयर निर्माण गरी ७५३ वटै स्थानीय पालिकामा नेटवर्क जोड्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्व बैङ्कको आर्थिक सहयोगमा आउँदो आर्थिक वर्षको साउनदेखि नै उक्त नेटवर्कबाट काम गर्ने गरी तयारी भएको जनाएको […]

काठमाडौं, वैशाख २० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको बताउनुभएको छ। बुधबार साँझ काठमडौंमा पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै यस्तो बताउनुभएको हो। ‘‘अहिले अर्थतन्त्रमा क्रमशः सुधार आउँदैछ। समष्टिगत आर्थिक परिसूचक सकारात्मक छन्। विदेशी मुद्राको सञ्चिति उत्साहजनक […]

काठमाडौं, वैशाख १९ गते। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईले नेपाल एसीसी मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एसिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको बताउनुभएको छ। मंगलवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा ७ विकेटको जित निकाल्दै एशिया कपमा स्थान बनाएसँगै खेलाडीको प्रदर्शनप्रति खुशी […]

काठमाडौं, वैशाख १० गते। आइतबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ। बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ। हालसम्मको प्रारम्भिक विवरण […]

काठमाडौं, वैशाख ९ गते। प्रतिनिधिसभा सदस्यको आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा निधक्क भइ मतदान गर्न मतदाता समक्ष निर्वाचन आयोगले अपिल गरेको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा उपस्थित भई […]