
चित्र मिजार / सिन्धुपाल्चोक, जेठ ६ गते । उत्तरी सीमा तातोपानी नाकाबाट धमाधम युरिया मल नेपाल भित्रन थालेको छ । सिल्क मार्केटले २५ हजार र १० हजार परिणामको दुई चरणमा ३५ हजार टन युरिया मल तातोपानी भन्सार कार्यालयमा भित्राउन थालेको छ । जसमा तीन हजार पाँच सय टन मल कृषि सामग्री कम्पनी लिमिटेडले बुझिसकेको छ […]

काठमाडौं, जेठ ५ गते । मुलुकको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै क्रमशः अर्थतन्त्र सुधार गर्दै जाने लक्ष्य सरकारको रहेको बताउनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति […]

काठमाडौँ, जेठ ३ गते । रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव माग गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी समकक्षीबीच भएको भेटवार्तामा उठेका १३ वटा विभिन्न परियोजनामा चाँसो राख्दै रुसले नेपालसँग विस्तृत परियोजना प्रस्ताव माग गरेको हो । साे प्रस्तावमा […]

काठमाडौं, जेठ २ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नागरिकता विधेयक प्रमाणीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । सिहंदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री शर्माले नागरिकताको मुद्दा सरकारको हतारोको विषयभन्दा आम नागरिक र जनताको हतारोको विषय भएको बताउनुभयो । सञ्चारमन्त्री शर्माले भन्नुभयो, “खासगरी, नागरिकताको जुन मुद्दा छ, यो सरकारको […]

शेरबहादुर सार्की / बाजुरा, जेठ १ गते । पछिल्लो समय बाजुराका किसानको स्याउ खेतीमा आकर्षण बढ्दैगएको छ । कृषि ज्ञान केन्द्र बाजुराको पहल तथा अनुदानमा बाजुरामा उत्पादित स्याउ देशका विभिन्न ठाउँमा बिक्री हुन थालेपछि पछिल्लो समयस्याउ खेतीप्रति आकर्षण बढ्दैगएको हो । पहिला बाजुरामा उत्पादन गरेका स्याउले मूल्य नपाउँदा किसानले गाई गोरुलाई खुवाउने गरेका थिए । […]

सिर्जना खत्री / काठमाडौं,वैशाख ३१ गते । पछिल्लो समय कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता डिजिटल उपकरण मानिसका अत्यावश्यक सामग्री भित्र पर्छन् । यस्ता डिजिटल उपकरणले दैनिकी जति सहज बन्दै गइरहेको छ । मानव स्वास्थ्यमा पर्ने असर पनि उत्तिकै बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ । आँखा रोग विशेषज्ञ प्रा.डा. सविना श्रेष्ठले कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता उपकरणको अत्याधिक […]

काठमाडौं, वैशाख ३० गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ। आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सन्दर्भमा छलफल तथा सुझाव सङ्कलन कार्यक्रम’मा अर्थमन्त्री महतले स्रोतका सीमितताका कारण […]

काठमाडौँ, वैशाख २९ गते । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ । नियमितरुपमा ब्याज भुक्तानी भइरहेका कर्जाको सावाँ भुक्तानी गर्ने समय अब तीन महिना बढाउन सकिने भएको हो । यसरी समय बढाउँदा कुनै शुल्क वा […]

काठमाडौं, वैशाख २८ गते । अर्थ मन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटका विषयमा छलफल गर्नुभएको छ । सहभागीहरूले सहुलियतपूर्ण ऋणको पूर्ण उपयोग गर्न सुझाव दिएका छन् । छलफलमा विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय विकास साझेदार, अमेरिकी अन्तर्राष्ट्रिय विकास […]

काठमाडौं, वैशाख २७ गते। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन स्थापित गर्ने, समृद्धिको लक्ष्य हासिल गर्ने र सामाजिक न्याय स्थापित गर्नेमा प्रतिबद्ध रहेको बताउनुभएको छ। सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सरकार बनेदेखि यो विषयमा स्पष्ट रहेको बताउनुभयो। गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “हामीले सरकार बनेदेखि नै स्पष्ट भनेका छौं, हाम्रो सरकार सुशासन स्थापित गर्ने, समृद्धिको […]