एक्सक्लुसिभ समाचार

निर्वाचनको सबै तयारी पूरा, निर्धक्कसाथ मतदान गर्न आह्वान

लक्की चौधरी / काठमाडौं, वैशाख २७ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ को सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी गराएको छ । मौन अवधि सुरु हुनुअघि मंगलबार विशेष पत्रकार सम्मेलनमार्फत् आयोगले सो जानकारी गराएको हो । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते हुने मतदानलाई स्वतन्त्र, भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन सबै […]


राष्ट्रिय परिचयपत्र छपाइ सुरु

काठमाडौँ २६ बैशाख । राष्ट्रिय परिचयपत्र तथा पञ्‍जिकरण विभागले राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले एक कार्यक्रमबीच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गर्नुभयो । विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचय पत्रको कार्ड ल्याएपछि सोमबारबाट छपाइ प्रक्रिया सुरु गरेको महानिर्देशक तिर्थप्रसाद भट्टराईले जानकारी दिनुभयो । अहिले विभागमा […]


सुरक्षाकर्मी र म्यादी प्रहरीकाे मृत्यु भएमा परिवारले २० लाख आर्थिक सहायता पाउने

काठमाडौँ, वैशाख २५ गते । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको […]


गोरखापत्र प्रकाशनको १२२ वर्ष प्रवेश; गोरखापत्र अखबार मात्र होइन, गौरवशाली संस्था हो : सञ्चारमन्त्री कार्की

दिनेश लुइटेल / काठमाडौं, वैशाख २४ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र पत्रिका मात्र नभएर गौरवशाली संस्था भएको उल्लेख गर्नुभएको छ। गोरखापत्र प्रकाशन सुरु भएको १२२ र गोरखापत्र संस्थानको ६० औं वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो। मन्त्री कार्कीले भन्नुभयो, ‘‘गोरखापत्र अखबार मात्र नभएर एउटा […]


१९औँ एसियन गेम्स स्थगित

काठमाडौँ, वैशाख २३ गते । चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको १९औँ एसियाली खेलकुद (एसियाड) स्थगित गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले शुक्रबार एसियन गेम्स स्थगित गरेको जनाएको छ । काउन्सिलले चिनिया ओलम्पिक कमिटी र हाङझाव एसियाली खेल आयोजक समितिसँग छलफल गरी […]


वाणिज्य बैङ्कमा तलब असमानता उच्च

सीता शर्मा / काठमाडौँ, वैशाख २२ गते । वाणिज्य बैङ्कमा कार्यरत कर्मचारीबीच तलब र सुविधामा धेरै असमानता रहेको पाइएको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले मासिक १५ लाख रुपियाँसम्म तलब लिने गरेका छन् भने क्यासियरको १४ हजार आठ सय रुपियाँ मात्रै रहेको अध्ययनले देखाएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले २७ वटा वाणिज्य बैङ्कमा […]


राष्ट्रपति भण्डारीसँग निर्वाचन आयोग पदाधिकारीको भेट

काठमाडौँ, वैशाख २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचनआयोग पदाधिकारीहरुले भेट गर्नुभएको छ । बुधबार राष्ट्रिपति भवनमा राष्ट्रपति भण्डारीले पदाधिकारीहरुसँगको भेटमा यही वैशाख ३० गते आयोजना हुने स्थानीय तह सदस्य निर्वाचनका बारेमा चासो राख्नु भएको थियो । भेटका अवसरमा प्रमख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले मिति २०७८।१०।२५ देखि निर्वाचन कार्यतालिका स्वीकृत गरी सोही बमोजिम […]


लक्ष्यअनुसारको मतपत्र छपाई सम्पन्न, ६५ जिल्लामा ढुवानी

काठमाडौं, वैशाख २० गते । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले लक्ष्यअनुसारको मतपत्रको छपाई सम्पन्न गरेको छ । निर्वाचनमा १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको बुझाई छ । आयोगको उपसचिव ऋषिराम भुषालकाअनुसार लक्ष्यअनुसारको मतपत्र छपाई कार्य सम्पन्न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाई […]


सञ्चारसँग सम्बन्धित नीति तथा कानून समयसापेक्ष निर्माण तथा परिमार्जन हुँदैछ : मन्त्री कार्की

काठमाडौँ, वैशाख १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना, सञ्चार तथा प्रविधिसँग सम्बन्धित नीति तथा कानून समयसापेक्ष निर्माण तथा परिमार्जन गर्ने तयारी भइरहेको बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७९ को अवसरमा सञ्चार मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विकास र विस्तारबाट समुन्नत […]


सिंह र अर्याल महानिरीक्षकमा नियुक्त

मित्र भण्डारी / काठमाडौं, वैशाख १८ गते । सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter