
किरण भट्टराई । काठमाडौँ, १ वैशाख । विसं २०७२ वैदेशिक रोजगारीको क्षेत्रमा विवादास्पद वर्ष बन्यो । निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्था, वैदेशिक रोजगार व्यवसायी सङ्घको आन्दोलन, प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग र वैदेशिक रोजगार विभागले म्यानपावर कार्यालयमा हानेको छापाका कारण वर्षभरी वैदेशिक रोजगारको क्षेत्र चर्चाको केन्द्रमा रहिरह्रयो । स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणाली […]

– अयोध्या प्रसाद श्रीवास्तव नेपोलियनले एक पटक भनेका थिए “ दुनियामा दुइटा शक्ति मात्र छन् – यौटा तरबार र अर्को कलम । अन्तमा तरबारमाथि कलमको विजय हुने गर्दछ ।” तरबारको भरमा सैनिकदेखि सम्राट्सम्मको यात्रा गरेको नेपोलियन, जसले विश्वविजयको सपना देखेको थियो, त्यस्तो बाहुबलको धनी व्यक्तिले कलमको शक्तिलाई सर्वोच्च स्थान दिएकोले यो शक्तिको महत्वबोध सहजै हुन्छ […]

भद्रपुर, २८ चैत । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले कृषकको भविष्यलाई सुरक्षित पार्न २० वर्षसम्म लगातार कृषि पेसा अँगाल्ने कृषकलाई राज्यबाट निवृत्त दिने व्यवस्था ल्याउन लागेको बताउनुभएको छ । कृषि विकास कार्यालयद्वारा आयोजित फार्म मेसिनरी हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै मन्त्री गजुरेलले जनतालाई खाद्यान्नमा सुनिश्चितता गर्न सरकारले २७बुँदे कार्यनीति कार्यक्रम ल्याएको र यसबाट […]

काठमाडौँ, २५ चैत । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डतालाई सुदृढीकरण गर्ने कार्यमा सबैको सार्थक सहयोगको जरुरी रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको सम्मानमा स्थापना गरिएको ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को प्रारम्भिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले पछिल्लो दिनमा नेपालको सार्वभौमसत्ता र अखण्ताविरुद्ध विभिन्न कोणबाट […]

काठमाडौँ, २० चैत । पूर्वसभामुख सुवास नेम्बाङले नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट भएको बताउनुभएको छ । यहाँ आज थारु पत्रकार सङ्घको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधान विश्वमै उदाहरणीय बनेको बताउँदै संविधानसभाका सबै समिति समावेशी भएकाले समावेशी संविधानसभाले समावेशी संविधान बनाएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– “विश्वमा ९० प्रतिशत […]

काठमाडौँ, १७ चैत । वाणिज्यमन्त्री दीपक बोहराले सार्वजनिक निजी साझेदारीका आयोजनाका प्रस्ताव ल्याउन उद्योगीलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग परीसङ्घले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री बोहराले सार्वजनिक निजी साझेदारीबाट काम गर्दा छिटो हुनुका साथै सबैमा अपनत्वको भावना विकास हुने बताउनुभयो । उहाँले नेपालको बढ्दो व्यापार घाटा चिन्ताको विषय भएको बताउँदै नेपालमा […]

विराटनगर, १४ चैत । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मक रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले हामीले दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्दै परनिर्भर होइन कि आत्मनिर्भर बन्नुपर्छ भन्नुभयो । अर्काे प्रसङ्गमा उहाँले पहिचानका पाँच र सामथ्र्यका चार आधारमा मुलुकको सात प्रदेशमै […]

काठमाडौँ, १२ चैत । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको छिमेकी राष्ट्र चीनको भ्रमण अपेक्षा गरिएअनुसार उपलब्धिमूलक हुन नसकेको आरोप लगाउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले चीनले नेपाललाई सक्दो सहयोग गर्न चाहेको भए पनि सरकारसँग त्यसलाई प्राप्त गर्ने क्षमता नभएकाले जलस्रोत, सञ्चार, यातायात, मानव संशाधनको विकास र […]

काठमाडौँ, ८ चैत । उपप्रधानमन्त्री तथा महिला बालबालिका एवम् समाजकल्याणमन्त्री चन्द्रप्रकाश मैनालीले सबै प्रकारका अपाङ्गतालाई सम्बोधन गरी व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । एक्काइसौँ ‘डाउन सिन्ड्रोम’ दिवसका अवसरमा डाउन सिन्ड्रोम एसोसिएसन नेपालले आयोजना गरेको कार्यक्रममा उहाँले सरकार फरक शारीरिक क्षमता भएका व्यक्तिको संरक्षण र व्यवस्थापन गर्ने कार्यमा लागिपरेको पनि बताउनुभयो । […]

जनकपुरधाम, ६ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले आन्दोलनका नाममा उद्योगी र व्यवसायीलाई तारो बनाउने क्रियाकलापको अन्त्य हुनुपर्ने बताउनुभएको छ । जनकपुर उद्योग वाणिज्य सङघको ४९ औं वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले विगतमा उद्योगी व्यवसायीलाई पुरानो सत्तालाई कर नबुझाउन आह्वान गर्नेहरू राष्ट्रको प्रधानमन्त्री बने तर उद्योगी व्यवसायीको कर नबुझाउने आह्वानले […]