समाचार

चियाको गुणस्तर बढाउन प्राविधिक पक्ष सुधार गरिने

प्रेम अधिकारी / पशुपतिनगर, असार ६ गते । चियाको बजार प्रर्वद्धनका लागि गुणस्तरीय उत्पादन मुख्य सर्त हो । त्यसका लागि चियाको बोटदेखि ओठसम्मका प्रक्रिया सुधार हुन आवश्यक छ। पछिल्लो समय भारतीय बजारको विकल्पमा पश्चिमा देशमा बजार खोज्दै गर्दा यहाँको अर्थोडक्स चियाको गुणस्तर सुधारको विकल्प नभएकोमा सरोकारवालाहरु बताउनुहुन्छ। परम्पगरागत तवरले नै उत्पादन हुँदै आएको चियाकोे समग्र […]


आन्तरिक उत्पादन प्रवर्द्धनका लागि आलु प्याजमा भ्याट : अर्थमन्त्री डा.महत

विराटनगर, असार ४ गते । आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवर्द्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पार्नुभएको छ । मोरङ व्यापार संघको ६६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो, ‘‘हामी कृषिप्रधान देश भन्छौं, आलु प्याज यति अर्बको आयात गर्ने, आलु प्याज यहाँ उत्पादन गर्न […]


औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव छैन : कार्यवाहक सभापति खड्का

काठमाडौं, असार ४ गते । उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उहाँले कसैप्रति औँला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव नरहेको […]


विधानअनुसार महाधिवेशन गर्न एनआरएनएलाई आग्रह

काठमाडौँ, असार ३ गते । परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गर्नुभएको छ । एनआरएनएको संस्थापन पक्ष र १०औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षका प्रतिनिधिहरुलाई उहाँले आज विधानअनुसार महाधिवेशन गर्न आग्रह गर्नुभएको हो । परराष्ट्र मन्त्रालयमा आज संयुक्त रुपमा आउनु भएका दुवै पक्षका प्रतिनिधिहरुलाई मन्त्री साउदले विधान स्पष्ट बनाएर महाधिवेशनमा […]


नेपाल जिम्बावेसँग आठ विकेटले पराजित

गाेविन्द रेग्मी / काठमाडौं, असार ३ गते । बलर नचलेपछि नेपाल आईसीसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा घरेलु टोली जिम्बावेसँग आठ पराजित भएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा आइतबार भएको खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो । जितका लागि दुई सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा दुई विकेटको […]


जोखिममा रहेका परिवारलाई एकीकृत आवास हस्तान्तरण

चित्र मिजार / सिन्धुपाल्चोक, असार २ गते । त्रिपुरासुन्दरी गाउँपालिका र एकीकृत हातेमालो ग्रामीण विकास सङ्घको साझेदारीमा निर्मित एकीकृत अस्थायी आवास शनिबार हस्तान्तरण गरिएको छ । पहिरोको जोखिममा रहेका त्रिपुरासुन्दरी गाउँपालिका –३ धुस्कुन हिले भस्मे बस्तीका पाँच परिवारलाई दुई, दुई कोठे अस्थायी आवास हस्तान्तरण गरिएको छ । उक्त गापाका अध्यक्ष भक्तध्वज बोहराले अस्थायी आवास हस्तान्तरण […]


भ्रष्टाचारीलाई एकैपटक जेल हाल्नुपर्छ : सभापति लामछिाने

काठमाडौं, असार २ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा हाल्नुपर्ने आफ्नो पार्टीको विचार भएको बताउनुभएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। सभापति लामिछानेले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब बनाउनेहरुलाई चुनीचुनी कानुनी दायरामा ल्याउनु रहेको बताउनुभयो। उहाँले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने […]


नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा पदवहाली

काठमाडौं, असार १ गते। नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदवहाली गर्नुभएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएपछि कार्कीले सर्वोच्च अदालत पुगेर पदवहाली गर्नुभएको हो। उहाँले आफ्नै संयोजकत्वमा न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदनको जगमा आधारित कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रतिवेदनका आधारमा न्यायपालिकाको अधिकार क्षेत्रलाई पुनरावलोन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “न्याय […]


वीरेन्द्रनगरमा नगर माइक्रो बस सञ्चालन

नविन सुवेदी / सुर्खेत, असार १ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निजी क्षेत्रको पहलमा शुक्रबारबाट नगर माइक्रो बस सञ्चालनमा आएको छ । नगरपालिकासँग समन्वय गरेर शुक्रबारदेखि वीरेन्द्रनगरमा नगर बस सञ्चालनमा आएको हो । नगर बस नहुँदा अटो रिक्साले मनलाग्दी भाडा असुल्ने गरेको भन्दै चर्को विरोध हुँदै आएको थियो । शुक्रबार वीरेन्द्रनगर प्रमुख मोहनमाया […]


‘रिङ रोड’का टिकट काउण्टरको बोर्ड हटाउने महानगरको निर्णय

काठमाडौं, जेठ ३२ गते । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरको बोर्ड हटाउने भएको छ । बिहीबार महानगरले यस्तो निर्णय गरेको हो । महानगरपालिकाले असार १ गते शुक्रबारबाट महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु अर्यालले जानकारी दिनुभयो । उहाँले उपयुक्त स्थानमा व्यवस्थित टिकट […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter