समाचार

गहुँको सिजन कुर्दै उद्योगी

नवराज कट्टेल / विराटनगर, फागुन २ गते । भारतबाट गहुँ आयातमा कडाइ गरिएपछि त्यसको असर आँटा र मैदा मिलसँगै अन्य उद्योगमा परेको छ । भारतले १० महिनाअघि गहुँ निर्यातमा रोक लगाएपछि भण्डारण रित्तिँदै गएर मिल तथा आश्रित उद्योग समस्यामा परेका हुन् । गहुँको अभावमा ३० प्रतिशत उत्पादन क्षमतामा मात्रै उद्योग चलिरहेको गौमती आँटा उद्योगका सञ्चालक […]


प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्‍वात्राबीच भेटवार्ता

काठमाडौं, फागुन १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश सचिव विनयमोहन क्‍वात्राबीच भेटवार्ता भएको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्‍वात्राबीच भेटवार्ता भएको हो । भेटमा दुई देशको सहकार्यको विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभीटी, कृषि, शिक्षा […]


सामुदायिक रेडियोलाई प्रोत्साहन गर्ने नीति बनाउन पहल गर्छौँ : मन्त्री पौडेल

काठमाडौं, फागुन १ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति लिने बताउनुभएको छ । पछिल्लो समयमा मुलुकमा सामुदायिक रेडियो प्राथमिकतामा नपरेको भन्ने गुनासो भइरहेका बेला उहाँले कुनै सञ्चारमाध्यमले रेडियोलाई विस्थापित गर्न नसक्ने विचार प्रकट गर्नुभयो । विश्व रेडियो दिवसका अवसरमा युनेस्को, अमार्क एसिया प्यासेफिक र इन्डिजिनियस मिडिया […]


अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान गर्छौंः अर्थमन्त्री पौडेल

काठमाडौं, माघ २९ गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका विद्यमान चुनौतिको समाधान बजेटको अर्धवार्षिक समीक्षामार्फत् बजेट कार्यान्वयनमा थप सुधार गर्ने बताउनुभएको छ। आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडलले पछिल्लो समय देखिएका अर्थतन्त्रका चुनौतीलाई बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गरी समाधान गर्ने बताउनुभएको हो। उहाँले नेपालको अर्थतन्त्रमा संरचनागत […]


चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन

काठमाडौं, माघ २९ गते । निर्वाचन अयोगले प्रतिनिधि सभाअन्तर्गत चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले वैशाख १० गते उपनिर्वाचनका लागि मिति तय गरेको हो । गत मङ्सिरको चुनावमा उक्त क्षेत्रबाट निर्वाचित रवि लामिछाने अयोग्य भएको सर्वोच्च अदालतले आदेश गरेपछि लामिछानेको पद […]


सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुन्छौं : मन्त्री शर्मा

देउखुरी, माघ २८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुनिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशले दाङको भालुवाङमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री शर्माले बर्तमान सरकार बढीभन्दा बढी सहमतिकै आधारमा काम गर्न खोजेकाले राष्ट्रपति सहमतिकै आधारमा टुङ्गो लाग्ने बताउनुभएको हो । प्रधानमन्त्रीलाई विश्वासको मत […]


कामपाका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा

काठमाडौं, माघ २८ गते । काठमाडौं महानगरपालिकाका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गरिने भएको छ । उक्त सेवा महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको हो । आगामी हप्तादेखि महानगरपालिकाका सबै वडा कार्यालयबाट उक्त सेवा प्रवाह हुने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा उपलब्ध गराउन ल क्याम्पसमा अध्ययनरत […]


मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई राहत

काठमाडौं, माघ २७ गते । नेपाल राष्ट्र बैंकले ऋणीका लागि केही राहत प्रदान गर्ने उद्देश्यले केही लचक नीति अख्तियार गरेको छ । केन्द्रीय बैंकले आज (शुक्रबार) चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ऋणीलाई केही राहत प्रदान गरेको हो । केन्द्रीय बैंकले गरेको समीक्षामा भनिएको छ, “२०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको […]


विकास सहायता र आर्थिक कूटनीतिमा छलफल भयो : परराष्ट्रमन्त्री पौड्याल

काठमाडौं, माघ २७ गते। परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीसँग सरकारले विकास सहायता र आर्थिक कूटनीतिको विषयमा छलफल गरेको बताउनुभएको छ। शुक्रबार संसदको दुवै सदनको बैठकपछि संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पौड्यालले नेपाल भ्रमणमा आउने गरेका विदेशी अधिकारीसँग विकास सहायता र आर्थिक कूटनीतिको कुरा भएको बताउनुभएको हो। […]


ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएन : भुवन केसी

काठमाडौं, माघ २६ गते। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताउनुभएको छ। बिहीबार काठमाडौंमा चलचित्र प्राविधिक सङ्घको आयोजनामा भएको ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। अध्यक्ष केसीले चलचित्र विकास बोर्ड नेपाली चलचित्र अन्तर्राष्ट्रिय स्तरमा चलोस्, कला संस्कृति […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter