
काठमाडौं, असार १२ गते । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीशहरू गोकर्ण डाँगी र जगदीश घिमिरेको इजलासले प्रमुख शाहसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको जेठ ३२ गतेको निर्णय र असार १ गतेको पत्र […]

जनार्जन खत्री / सर्लाही, असार ११ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले वैदेशिक रोजगारीमा ठगिएका एक व्यक्तिको रकम फिर्ता गराएको छ । जिल्लाको चक्रघट्टा गाउँपालिका–३ का सूर्याकुमार साहलाई जिल्ला प्रशासन कार्यालयले ठगी भएको दुई लाख रुपियाँ रकम फिर्ता गराइदिएको हो । साहलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ईश्वरपुर नगरपालिका–३, का वीरेन्द्र साहले दुई लाख रुपियाँ लिएको […]

काठमाडौं, असार ११ गते । अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’मा रहेका नेपाली पुरातात्त्विक महत्त्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ । नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए । नेशनल ग्यालरीले नै कलाकृति नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो । यसरी हस्तान्तरण गरिएका चार थान […]

काठमाडौं, असार १० गते । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा चढाएको सुनको जलहरीको परीक्षण तथा नापतौल सुरु गरिएको छ । पशुपतिनाथमा चढाइएको सुनमध्ये १० केजी सुनको विषयमा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्यसको अनुसन्धान गर्न थालेको हो । पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जलहरीको परीक्षण तथा नापतौल गरिन लागेको जानकारी […]

काठमाडौं, असार १० गते। युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लिम्बुले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको हो। उहाँले स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताउनुभयो। उहाँले सरकारले स्वामित्व ग्रहण […]

सिराज खान / नेपालगञ्ज, असार ८ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकाका नौ वटै वडाका १३८ जना युवकयुवतीलाई रोजगारीमा लगाई आत्मनिर्भर बनाउन एकै पटक सीपमूलक तालिम दिइएको छ । सीपमूलक तालिम दिएर उहाँहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले एकै पटक ठूलो संख्यामा तालिम दिइएको हो । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले हातमा कुनै सीप नहुँदा आत्मनिर्भर हुन र […]

रमेश पौडेल / पोखरा, असार ८ गते । पोखराको फेवातालमा आजदेखि ड्रागन बोट रेस फेस्टिवल सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पहिलो पटक यो फेस्टिवल सुरु भएको हो । फेस्टिवल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किंरातीले उद्घाटन गर्नुभयो । सो अवसरमा नेपालसहित विभिन्न देशका सांस्कृतिक प्रस्तुतिसमेत […]

गोविन्द शर्मा / बाँके, असार ७ गते । बाँकेमा लुम्बिनी प्रदेश सरकार अन्तर्गत निर्माणाधीन अधिकांश पुलको निर्माण कार्य सुस्त रहेको अवस्थामा दुई वटा पुल निर्धारित समयभन्दा पहिले नै सम्पन्न हुनेभएको छ । लुम्बिनी प्रदेश अन्तर्गतको सडक पूर्वाधार विकास कार्यालयका अनुसार कोहलपुरस्थित रोहिणी खोला पुल र कम्दी–कचनापुर जोड्ने गौरीखोला पुलको निर्माण कार्य निर्धारित समयभन्दा पहिले नै […]

काठमाडौं, असार ७ गते । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ । बिहीबार मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवसँग छलफल गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक […]

काठमाडौं, असार ६ गते। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानुनमा कतै नलेखिएको बताउनुभएको छ। बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएपछि पत्रकारको जिज्ञासामा मन्त्री शर्माले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको भन्दै बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानुनमा कतै नलेखिएको बताउनुभएको हो। उहाँले नेकपा […]