समाचार

महादेवामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

देवरामप्रसाद यादव / सप्तरी, जेठ २२ गते । सप्तरीको महादेवा गाउँपालिका –१ को चिम्टिमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । वडा १ को चिम्टि टोलमा रहेको चन्द्र नहरको पैनीको मर्मत सम्भारको साथै पकरी स्वास्थ्य चौकीको प्राङ्गणको सरसफाई, बाटोमा माटो पुर्ने तथा मर्मत लगायतको काम सुरुभएको हो । त्यसमा ११ जना सहभागीे रहेको वडाध्यक्ष जयश्वर […]


उच्च शिक्षा अध्ययन गर्ने छोरी बुहारीलाई साइकल

भक्तिविलास पोखरेल / गाईघाट, जेठ २१ गते । उदयपुरको त्रियुगा नगरपालिका –२ मोतियाहीले उच्च शिक्षा अध्ययन गर्ने गाउँका छोरी बुहारीहरुलाई कलेज जान आउन सहज होस् भनेर साइकल वितरण गरेको छ । सो वडाको खैजनपुर मोतियाही क्षेत्रबाट करिव ८ किलोमिटर टाढा रहेको त्रियुगा जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छोरी बुहारीहरुलाई वडा कार्यालयले साइकल वितरण गरेको हो […]


वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउँछौँः श्रममन्त्री भण्डारी

काठमाडौं, जेठ २१ गते। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउने बताउनुभएको छ। आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि नेपाली जाने गन्तव्यलाई सुरक्षित र मर्यादित बनाउने दायित्त्व सरकारले निर्वाह गर्ने बताउनुभएको हो। उहाँले सरकारसँग पनि वैदेशिक रोजगारमा गएका मानिसको र फर्किएका मानिसको पनि यकिन […]


खप्तड स्विजरल्याण्डभन्दा पनि सुन्दर छ : आचार्य

प्रकाशविक्रम शाह / धनगढी, जेठ २० गते । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल भूस्वर्ग खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी तीव्र बनेको छ । जेठ २३ देखि २५ गतेसम्म हुने सम्मेलनको तयारी तीव्र पारिएको हो । पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्ण धनगढी आइपुग्नुभएको छ । आध्यात्मिक सम्मेलनका लागि उहाँ धनगढी पुग्नुभएको हो । उहाँले आफू सुदूरपश्चिमको विकास र कल्याणका […]


टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन मन्त्री शर्माको आग्रह

काठमाडौं, जेठ २० गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन आग्रह गर्नुभएको छ । मन्त्रालय, नेपाल टेलिकम सञ्चालक समिति र टेलिकमका उच्च अधिकारीहरु सम्मिलित अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सेवा र राजश्व वृद्धिमा ध्यान केन्द्रित गर्न पनि निर्देशन दिनुभयाे […]


दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज

हेटौँडा, जेठ १९ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ । दुग्ध उद्योगका रूपमा सञ्चालित उक्त सहकारीले उत्पादित दूध खरिद गरिदिएपछि यहाँका कृषक उत्पादन बढाउन लागिपरेका हुन् । उद्योगमा दैनिक चार हजार दुई सय लिटर दूध सङ्कलन […]


तनहुँमा ड्रागन खेती

तनहुँ, जेठ १९ गते । यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लाग्नुभएको हो । करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक रू बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक […]


यस वर्ष मनसुन ढिलागरी नेपाल भित्रिने, गर्मी अझै बढ्ने

काठमाडौं, जेठ १८ गते । केही दिन यता काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम वृद्धि हुँदैगएको छ । यस बर्ष मनसुन केही ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौंको अधिकतम तापक्रम २९ डिग्री सेन्टिग्रेट रहेको छ । केही दिन काठमाडौंको तापक्रम पनि बढ्ने […]


गाउँमै चोयाचित्रो उद्योग स्थापना

प्युठान, जेठ १८ गते । झिमरुक गाउँपालिका–५ की शर्मिला थापाको दैनिकी अहिले फेरिएको छ । घरायसी काम र खेतबारीका काममा व्यस्त हुने शर्मिला अहिले भने गाउँमै चोयाचित्रोको सिप सिक्न व्यस्त हुनुहुन्छ । बिहान खाना खाएपछि उहाँ गाउँको सामुदायिक भवनमा पुगेर बाँसका सामग्री बनाउन थाल्नु हुन्छ । “डेढ महिनादेखि बाँसका सामान बनाउन सिकिरहेको छु,” थापाले भन्नुभयो, […]


विश्व बैङ्कद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

काठमाडौं, जेठ १७ गते। नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैङ्कका लागि माल्दिभ्स, नेपाल र […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter