समाचार

सेनाले हतियार खरिद गर्ने योजना बनाएको छैन : प्रधानसेनापति शर्मा

मित्र भण्डारी / काठमाडौं, जेठ १२ गते। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनासँग आवश्यक हतियार पर्याप्त रहेको बताउँदै नयाँ हतियार खरिद गर्नेबारे कुनै सोच नभएको बताउनुभएको छ। अन्तर्राष्ट्रिय शान्ति सेना दिवसको अवसरमा पञ्चकालीमा आयोजना गरिएको विशेष समारोहलाई विशेष सम्बोधन पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सेनापति शर्माले नेपाली सेनालाई हतियार खरिद गर्नुपर्ने जरुरी नरहेको स्पष्ट पार्नुभयो। […]


नारायणगढ–बुटवल सडकको प्रगति ३५ प्रतिशत

नवलपुर, जेठ ११ गते । विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर धिरज ढकालका अनुसार पछिल्लो समय सडकमा कालोपत्र हुनेक्रम बढेपछि […]


नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह

काठमाडौं, जेठ ११ गते। सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने काममा लाग्न आग्रह गर्नुभएको छ। इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा जारी ‘मेरो भ्वाइस युनिभर्सल’ र ‘मेरो डान्स युनिभर्सल’ प्रतियोगिताका सहभागी कलाकारहरूलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो […]


असारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी

काठमाडौं, जेठ १० गते। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ। सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो। विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले उल्लेख गरेको छ। विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि […]


कैलालीमै फल्यो स्याउ, कृषक उत्साहित

अविनाश चौधरी / धनगढी, जेठ १० गते । तातो हावापानी रहेको कैलालीमा लटरम्म स्याउ फलेको छ । कैलालीको लम्कीचुहा नगरपालिका –९ प्रतापपुर एकलघरुवामा कृषक गोकर्ण ओलीले लटरम्म स्याउ फलाउनु भएको हो । उहाँले तीन बिघा जग्गामा व्यावसायिक स्याउ खेती गर्नुभएको छ । चिसो हावापानी भएको हिमाली क्षेत्रमा स्याउ खेती हुँदै आए पनि गर्मी हुने कैलालीमा […]


बागमती नदीमा मौलिकता झल्कने पुल निर्माण गरिने

काठमाडौं,जेठ ९ गते। थापाथलीस्थित पुलको विकल्पका रुपमा बागमती नदीमा त्यसको नजिकै काठमाडौं र ललितपुर जिल्ला जोड्ने पुल निर्माण गरिने भएको छ। थापाथलीस्थित प्रसूति गृह पछाडिबाट ललितपुरको ज्वागल जोड्ने पुल बनाउन अध्ययन अघि बढाउन लागिएको हो। ललितपुर र काठमाडौं दुवै जिल्लाको मौलिकता समेट्ने गरी सुन्दर पुल निर्माणको योजना अघि बढाइएको सडक विभाग पुल महाशाखाले जनाएको छ। […]


जापान सरकारको ४१ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं, जेठ ९ गते। सरकारले जापान सरकारबाट प्राप्त हुने ४१ करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जापान सरकारबाट मानव संशाधन विकास छात्रवृत्ति (जेडीएस) को तेस्रो चरणको प्रथम ब्याजका लागि प्राप्त हुने ४१ करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने […]


राज्यविरुद्धको कसुर, ठगी र सङ्गठित अपराध गरेको प्रहरीको दाबी

काठमाडौं, जेठ ८ गते । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेकाहरूलाई राज्यविरुद्धको कसुर, ठगी र सङ्गठित अपराधको प्रस्तावसहित प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । सोमबार बुझाइएको प्रतिवेदनमा १६ जना पक्राउ परेका र १४ जना फरार रहेका अभियुक्तहरूको नाम संलग्न रहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर […]


विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं, जेठ ८ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी महिना जिम्बावेमा हुने आइसिसी एक दिवसीय विश्वकप क्रिकेट छनोटका लागि २२ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ । नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले प्रारम्भिक टोलीमा यसअघि रहेका पुराना खेलाडीलाई नै निरन्तरता दिनुभएको छ । क्यानले एक साताको बन्द तयारी र प्रशिक्षण पछि विश्वकप […]


विगतका कामलाई नीति तथा कार्यक्रममा समावेश भएन : एमाले अध्यक्ष ओली

काठमाडाैँ, जेठ ७ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सरकारप्रतिको अविश्वास बढेको बताउनुभएको छ । आइतबार सरकारले सङ्घीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सो दाबी गर्नुभएको हो । मुलुकको अर्थतन्त्र सङ्कटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter