समाचार

सरकार गठनका लागि कांग्रेसको पहलः जसपाको पूर्ण समर्थनका लागि पहल गरिने

काठमाडौँ, वैशाख २८ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि नेपालको संविधानानुसार नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा (२) बमोजिम कांग्रेसको […]


कोरोनाका नौ हजार १२७ संक्रमित थपिए, चार हजार सात जना निकाे भए

काठमाडौं, बैशाख २७ गते । पछिल्लो चौबीस घण्टामा कोरोनामा ९हजार १२७ नयाँ सक्रमित थपिएका छन् भने १३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।साथै सो अवधिमा चार हजार सात जना निको हुनु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साे अवधिमा १८ हजार ४११ जनाकाे आरसीपीसीआर टेस्ट गरिएकाे थियाे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ […]


तरकारी बिक्री आधा घट्यो

काठमाडौँ, वैशाख २७ गते । ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय तरकारी तथा फलफूलले कब्जा जमाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले बिक्री घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिद्वारा सञ्चालित सो बजारमा थोक तथा खुद्रा उपभोक्ता जान छाडेपछि बिक्री घटेको समितिका कार्यकारी निर्देशक विनोद […]


आठ हजार ७७७ थपिए, चार हजार २२ कोरोनामुक्त, ८८ जनाको मृत्यु

काठमाडौं, वैशाख २६ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै […]


रिक्त संवैधानिक आयोगमा पदाधिकारी सिफारिस

काठमाडाैं, वैशाख २६ गते । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको छ । बैठकपछि राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनाले भन्नुभयो, “परिषद्को बैठकले खाली रहेका संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस […]


कोभिड ‘वार’ कक्ष सहितको युनिफाइड अस्पताल बन्दै, दुई साता लाग्ने

पुरुषोतम् खत्री / काठमाडौं, वैशाख २६ गते । वीर अस्पतालको भर्खरै निर्माण भएको नयाँ भवन कोभिड १९ को उपचारका लागि युनिफाइड अस्पतालका रुपमा विकास गर्न शुरु गरिएको छ । कम्तमा दुई हप्ता भित्र काम सक्ने गरी शुरु भएको सो युनिफाइड अस्पतालमा देशभरिका अस्पतालमा कोरोनाका उपचारका लागि कति शय्या, आईसीयू र भेन्टिलेटर छन् । कति शय्या […]


आठ हजार २८७ थपिए, तीन हजार ३७० कोरोनामुक्त, ५३ को मृत्यु

काठमाडौं, बैशाख २५ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ३८७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ३१५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २८७ मा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको सङ्ख्या […]


उवा महासङ्घको अपरेशन कोभिड रिलिफ अभियान, हेल्लो डक्टर भोलिबाट

काठमाडौँ, वैशाख २५ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीबाट आक्रान्त सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान थालनी गरेको छ । विपत्तिमा मुलुक पर्दा मुलुकवासीको सहयोगार्थ संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी अभियान सञ्चालन गरिएको महासङ्घले जनाएको छ । एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा […]


नौ हजार २३ थपिए, दुई हजार ९०५ कोरोनामुक्त, ५० को मृत्यु

काठमाडौं, वैशाख २४ गते । नेपालमा कोरोनाभाइरसका नौ हजार २३ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा १९ हजार ९८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ७७ हजार ६०३ पुगेको […]


कोरोना संक्रमितको उपचारमा डोर टु डोर टिम बन्ने : सरकारका प्रवक्ता

काठमाडौं, वैशाख २४ गते । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड–१९ संक्रमितको उपचारका लागि सरकारले डोर टु डोर टिम निर्माणको तयारी गरिरहेको बताउनुभएको छ । विश्वव्यपाीरुपमा फैलिएको दोस्रो लहरको कोरोना महामारीले देशमा अप्ठ्यारो परिस्थती सिर्जना गरिरहेको अवस्थामा परिवारका सबै सदस्यहरु पनि कन्ट्रयाक्ट् ट्रेसिङमा परिरहेका बेला बेसहारा बनेका संक्रमितहरुको उपचारका लागि […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter