
काठमाडौं, असोज २२ गते । काठमाडौँ उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार काठमाडौँ उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेका हुन् । यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई […]

काठमाडौं, असोज २२ गते । संसदीय समितिले गैरकानूनी तरीकाले खुला सीमामार्फत भित्रिने चिनी लगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकले सबै वस्तुको मूल्य सूचि पसलमा अनिवार्यरुपमा टाँस गर्ने व्यवस्था मिलाउन, उपभोक्तालाई अनिवार्यरुपमा बिल विजक दिने व्यवस्था गर्न सरकारलाई निर्देशन […]

काठमाडौं, असोज २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्चवापत ५५ लाख रुपैयाँ दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सरकारको सो निर्णय बदर गर्न माग गर्दै अधिवक्ता विष्णुकुमार गिरीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । तर अन्तरिम आदेश माग गरे पनि सो दिन भने अस्वीकार गरेको छ। […]

काठमाडौं, असोज २१ गते । प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आइतबारदेखि विशेष सुरक्षा योजना लागू गरेको छ । विशेष सुरक्षा योजना अन्तर्गत देशभर कुल ५० हजार पाँच ३० जना प्रहरीहरु खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै […]

काठमाडौं, असोज २० गते । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ। सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मंसिर ३ गतेसम्म सहुलियत पसल सञ्चालन गर्नेछन्। आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य […]

काठमाडौं, असोज २० गते । परराष्ट्रमन्त्री एनपी साउदले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता रहेको बताएका छन् । चावहिलस्थित जिपी कोईराला मेमोरियल सामुदायिक कलेजको आज भएको शुभकामना तथा बिदाइ कार्यक्रममा उनले प्राविधिक शिक्षाले ज्ञान, सीप र रोजगारी दिने भएकाले यो आजको आवश्यक्ता रहेको बताए । हाल धेरै सामुदायिक क्याम्पस भए पनि जिपी कोइराला कलेजले गुणस्तरीय […]

काठमाडौं, असोज १९ गते । दसैं–तिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुल्ला हुने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरुको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो । अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएपनि […]

काठमाडौं, असोज १९ गते । काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । थुनछेक बहस सकिएपछि शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतले भोजपुर अरुण गाउँपालिका–४का हर्कराज राई, चिनियाँ नागरिकहरु याओ पुचेङ ‘एलेक्स’, […]

काठमाडौं, असोज १८ गते । प्रतिनिधिसभा बैठकमा उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत विधेयक, २०८०’ पेश गरेका छन् । बिहीबार बसेको बैठकमा सो विधेयक पेश गर्दै मन्त्री बस्नेतले विद्युत विकासको महत्व र आवश्यकतालाई ध्यान दिँदै विद्युत उत्पादन, वितरण र प्रशारण, विद्युत निर्यातलाई ध्यान दिँदै आम नेपालीमा विद्युतको पहुँचलाई सुनिश्चित गर्ने उदेश्यले विधेयक आएको […]

काठमाडौं, असोज १८ गते । धार्मिक उत्तेजना फैलाउने अभिव्यक्ति दिएपछि पक्राउ परेका आचार्य श्रीनिवास रिहा भएका छन् । उनलाई ५ सय जरिवाना तिराएर रिहा गरिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाले आचार्यलाई बिहीबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । त्यसको केही घण्टापछि आचार्य पाँच सय रुपैयाँ जरिवाना तिरेर रिहा भएका हुन् । धनुषाका एसपी […]