समाचार

नेपालगञ्जमा सामाजिक सद्भाव फैलाउन मानव अधिकार आयोगको अपिल

काठमाडौं, असोज १७ गते । राष्ट्रिय मानव अधिकार आयोगले बाँकेको नेपालगञ्जमा सामाजिक सद्भाव फैलाउन आग्रह गरेको छ । मंगलबार र्‍यालीका क्रममा हिन्दु र मुसलमान समुदायबीच विवाद सिर्जना हुँदा सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा र उछृङ्खल गतिविधि भएका थिए । त्यस क्रममा ५ सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए । मानव अधिकार आयोगको नेपालगञ्ज कार्यालयले सो घटनाको […]


एमसीसी परियोजना नेपालकै प्राथमिकतामा छ : प्रधानमन्त्री

काठमाडौं, असोज १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनामार्फत अगाडि बढेको आयोजना नेपालले प्राथमिकता दिएको परियोजनाभित्र परेको बताएका छन् । परियोजना कार्यान्वयनको सेलिब्रेसनका लागि एमसीए नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने समेत बताए । परियोजनामार्फत सडक र ऊर्जा सम्बन्धी पूर्वाधार बन्ने भन्दै उनले प्रसारणलाइनबाट […]


रक्सौल–काठमाडौँ रेलमार्ग पाँच वर्षमा तयार हुने

काठमाडौँ , असोज १६ गते । भारतले रक्सौल–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन अनुसार पाँच वर्षभित्र रेल मार्ग तयार गरी नेपाललाई बुझाइसक्ने लक्ष्य राखेको छ । नेपालको तर्फबाट सबै प्रक्रिया पूरा भएमा सन् २०२४ देखि पहिलो चरणको काम सुरु गर्ने बताइएको छ । भारतको कोंकण रेल्वे कम्पनीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन अनुसार भारतले चार हजार […]


वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीलाई १० माग पेश

काठमाडौँ , असोज १६ गते । वैदेशिक रोजगार व्यावसायी गणतान्त्रिक मन्चले वैदेशिक रोजगार व्यवसायमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० बुँदे सुझावसहितको माग पेश गरेको छ । ३० लाखभन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीमा रहेको तर, यो क्षेत्रमा थुप्रै खालका समस्या देखिएको भन्दै समाधानका लागि पेश गरेको हो । मन्चले प्रधानमन्त्रीलाई भेटेर सुझावपत्र […]


विकास र समृद्धिका लागि सबै दल एक हुनुपर्छ : अर्थमन्त्री महत

काभ्रे, असोज १३ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभएको छ । चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हारजीत हुन्छ । यी सबै स्वभाविक प्रक्रिया हुन् […]


कर्णालीका ८२ प्रतिशत जनसङ्ख्यामा ऊर्जाको पहुँचमा

रजनी योगी / सुर्खेत, असोज १३ गते । कर्णाली प्रदेशमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँचमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा विद्युत उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ । विभिन्न चरणमा प्रवेश गरेर १० हजार मेगावाट क्षमताका जलविद्युत आयोजना विभिन्न प्रक्रियामा छन् । हालसम्म […]


फेवातालबारे सर्वोच्चले भन्यो : पछि दर्ता भएका जग्गाको मुआब्जा दिनुपर्दैन

फडिन्द्र अधिकारी / लेखनाथ, असोज १० गते । कास्कीको चर्चित र पर्यटकीय केन्द्र फेवातालको मापदण्ड निर्माण र मुआब्जाबारे सर्वोच्चले व्याख्या गरिदिएको छ । विसं. २०३१ सालसम्म फेवाको जग्गा र मुआब्जाबारे कुनै विवाद नरहेको जनाउँदै सर्वोच्चले फेवाको बाँध फुटेपछि दर्ता भएका जग्गालाई अहिले तालको मापदण्ड कायम गर्दा हटाउन क्षतिपूर्ति दिन नपर्ने यकिन गरेको हो । वर्खायामको […]


दस लाख पर्यटक भित्रिने अपेक्षा

काठमाडौँ, असोज १० गते । विश्व पर्यटन दिवस बुधबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो । नेपालमा पनि ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा आज (बुधबार) […]


शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

काठमाडौं, असोज ९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभामा दर्ता भएको र शिक्षकसँगको सहमतिलगायतका विषयमा कांग्रेस संसदीय दलले राखेको सरोकार भएका पक्षसँगको छलफल कार्यक्रमको समापनमा सभापति देउवाले भन्नुभयो, “सधैँभरि समस्या बल्झाएर राखेर हुन्न । विधेयकमा […]


जनतालाई अधिकार दिने विषयमा कन्जुस्याइँ गर्नुहुन्न : राष्ट्रपति पौडेल

धर्बेन्द्र झा / धनुषा, असोज ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारले जनतालाई अधिकार दिने विषयमा कुनै कन्जुस्याइ गर्न नहुने बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकाले सोमबार राष्ट्रपति पौडेललाई गरेको अभिनन्दन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । संविधानले नै संघीयता, गणतन्त्र र लोकतन्त्रलाई कार्यान्वयनमा ल्याउन भनेकाले संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter