एक्सक्लुसिभ समाचार

भूकम्पपीडितलाई एकासीवटा घर हस्तान्तरण

गोरखा, २८ मङ्सिर । गोरखाको श्रीनाथकोट–३ डाँडागाउँका ८१ भूकम्पपीडित घरपरिवारले भूकम्प प्रतिरोधी घर पाएका छन् । ‘कम्युनिटी चेष्ट अफ कोरिया र वेटर वल्ड’ नामक संस्थाको आर्थिक सहयोगमा गोरखाको अनुग्रह सामुदायिक विकास केन्द्रले जनजाति तथा दलित बस्तीमा घर पुनःनिर्माण गरी आज गाउँलेलाई हस्तान्तरण गरेको हो । डाँडागाउँका भूकम्पपीडित कृष्णबहादुर मझकोटीको घर उद्घाटन गरी स्थानीय विकास अधिकारी […]


कुल श्ययाको दश प्रतिशत श्यया असहाय र विपन्नका लागि

काठमाडौँ, २७ मङ्सिर । यही पुस १ गतेबाट सम्पूर्ण सरकारी तथा निजी अस्पतालले अनिवार्यरुपमा कुल श्ययाको १० प्रतिशत गरिब असहायका लागि छुट्टाई निःशुल्क उपचार गर्ने भएका छन् । आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै मन्त्री गगनकुमार थापाले सरकारी, निजी तथा सामुदायिक अस्पतालमा १० प्रतिशत श्ययाबाट विपन्न, बेवारिसे, असहाय, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका […]


पुष्पालाई सिएनएन सुपर हिरोको उपाधि प्रदान

वासिङ्टन डिसी, २७ मङ्सिर । नेपालकी पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गर्नुभएको छ । अमेरिकामा आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१२ को सिएनएन हिरोको उपाधि प्राप्त गर्नुभएकी पुष्पालाई सुपर हिरो २०१६ को उपाधि दिइएको हो । उहाँलाई जिताउन मत अभियान चलाइ रहनुभएका युवा अभियानकर्मी गौरव कँडेलले […]


गर्भैदेखि सुरु हुन्छ महिला हिंसा (आलेख)

कविता उपाध्याय / रोल्पा, २६ मङ्सिर । पितृ सत्तात्मक सोच र चिन्तनमा जेलिएको नेपालीे समाजमा गर्भदेखि नै महिला हिंसा हुने गरेको सरोकार राख्ने संस्थाहरुले बताएका छन् । देशकै परिवेश हेर्ने हो भने पनि राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीस जस्ता गरिमामय पदहरुमा महिलाले नेतृत्व गरिराखेको अवस्था छ । तर पनि गाउँ समाजमा अझै पनि छोरा र छोरीका […]


जलविद्युत्मा संयुक्त लगानी गर्न बङ्गलादेशको प्रस्ताव

रमेश लम्साल / काठमाडौँ, २५ मङ्सिर । बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव गरेको छ । पन्ध्र हजार मेगावाट क्षमताको उत्पादन पु¥याएको अवसरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा सहभागी हुन बङ्गलादेशको भ्रमण गर्नुभएका ऊर्जा मन्त्री जनार्दन शर्मासँगको भेटमा सो प्रस्ताव गरिएको हो । ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने वा नेपालमा उत्पादित विद्युत्लाई […]


राज्यले नचिनेका देश चिनाउनेहरु (आलेख)

दीपेन्द्र सापकोटा / काठमाडौँ, २४ मङ्सिर । राजधानीमा गत महिना आयोजित एक कार्यक्रममा चार धावकको एउटै गुनासो थियो, ‘के राज्यले पहुँचवालालाई मात्र पुरस्कृत गर्ने हो र ?’ ती चार थिए – पूर्ण तामाङ ९३३०, भीमबहादुर गुरुङ ९३३०, वेदबहादुर सुनुवार ९२९० र तीर्थबहादुर तामाङ ९२८० । हङकङमा हुन लागेको ‘अक्सफाम ट्रेल वाकर’ म्याराथनमा देशको प्रतिनिधित्व गर्दै […]


विपन्न बिरामीको आशाको केन्द्र बन्दै शान्तिकोष

ध्रुवसागर शर्मा / म्याग्दी, २४ मङ्सिर । म्याग्दीको सदरमुकाम बेनीबजारमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्तिकोष विपन्न बिरामी र तिनका आफन्तका लागि आशाको केन्द्र बन्दै जान थालेको छ । विसं २०७१ मा बेनी नगरपालिका–१४ की ओमकुमारी पुन (शान्ति) हाइपोप्लास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने अभियानसँगै जिल्ला प्रशासन कार्यालय, म्याग्दीमा दर्ता भएको ओमकुमारी […]


विकास खर्च ९० प्रतिशत पुर्याउन निर्देशन

काठमाडौँ, २३ मङ्सिर । चालु आवको विकास खर्च ९० प्रतिशत पुर्याउन व्यवस्थापिका–संसद्को विकास समितिले सरकारलाई निर्देशन दिएको छ । विकास निर्माणसँग सम्बन्धित खर्चलाई प्राथमिकता दिई उत्पादनशील एवम् पुँजीगत खर्च वृद्धि गर्न समितिको आजको बैठकले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो । […]


अधिकांश बालगृह धार्मिक प्रभावमा सञ्चालित

सुशील दर्नाल / काठमाडौँ, २२ मङ्सिर । अनाथ बालबालिकाको संरक्षणका लागि स्थापना गरिएका अधिकांश आवासीय बालगृह तथा संस्था धार्मिक प्रभावबाट प्रेरित रहेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार २७ जिल्लाका १४७ धार्मिक सङ्घसंस्थामा छ हजार ६८६ (पाँच हजार २३४ बालक र एक हजार ४५२ बालिका) बालबालिका आवासीय छन् । पचहत्तर जिल्लामध्ये ४५ जिल्लाबाट प्राप्त […]


अमलटारी र पोखरी होमस्टेमार्फत जोडिँदै

विद्रोही गिरी / कावासोती, २२ मङ्सिर । थारू होमस्टे गाउँ अमलटारी र मगर होमस्टे गाउँ पोखरी होमेस्टेमार्फत जोडिँदैछन् । परम्परागत रुपमा ‘इष्ट’ सम्बन्ध भएका यी दुई क्षेत्रका थारू र मगर समुदायका बासिन्दा बदलिँदो परिस्थितिमा पनि व्यवसायिक सम्बन्धमा जोडिएका छन् । परम्परागतरुपमा महाभारत पर्वत शृङ्खला (पहाड)मा रहेका मगर समुदाय र तराईमा रहेका थारूबीच एकअर्को ठाउँमा उत्पादन […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter