• Monday, April 14, 2025

सञ्चार माध्यमबाट

लोकतन्त्रको रक्षाका लागि बलियो कानुनी शासन आवश्यक छ – प्रम दाहाल

काठमाडौँ, जेठ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मुलुकमा बलियो कानुनी शासन स्थापित भएमा मात्र लोकतन्त्रको संरक्षण हुने बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको १७ औँ वार्षिकोत्सवमा प्रधानमन्त्री दाहालले लोकतन्त्र, मानवअधिकार र कानुनी शासन एक अर्काको परिपूरक भएको विचार व्यक्त गर्दै विभिन्न स्थानमा मानवअधिकार संरक्षणका लागि आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो […]


कोइराला इमान्दार नेता ः महन्थ ठाकुर

    पथरी (मोरङ), । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सुशील कोइराला इमान्दार , शालिन र सरल नेता भएको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले कोइरालाको निधनले समग्र देश शोकाकुल बनेको बताउँदै कोइराला निस्वार्थी, सधै देश र जनताका लागि मरिमेट्ने व्यक्तित्व भएको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री हुँदासमेत […]


सीमानाका बेलहियाबाट इन्धनसहितका तीन सय बढी गाडी नेपाल भित्रिए

लुम्बिनी (रुपन्देही), २९ कात्तिक । रुपन्देहीको बेलहिया नाका (सुनौली)बाट इन्धनसहित मालबाहक साधन नेपाल आउने क्रम बढेको छ । आज साँझ ६ बजेसम्ममा बेलहिया नाकाबाट इन्धनका गाडीसहित झन्डै ३०० मालबाहक साधन नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाले दिएको जानकारीअनुसार साँझ ६ बजेसम्मा ३५ वटा डिजेल, २३ वटा एलपी ग्यासका बुलेट नेपाल भित्रिएका छन् भने […]


सीमा अवरोधबारे राष्ट्रकवि ; परस्पर भरपर्ने राष्ट्र साना ठूला…

(प्रकाश सिलवाल) काठमाडौँ, १७ कात्तिक । ‘‘धर्ती खुल्ला सागर खुल्ला सगर पनि खुल्ला परस्पर भर पर्ने राष्ट्र साना ठूला हामी नाँच्छौँ सँगसँगै कुम जोडी जोडी कस्तुरीको सुवास जस्तै श्वास फेरी फेरी..’’ थरथर हात काँपेपनि राष्ट्रकवि माधवप्रसाद घिमिरेको सिर्जनात्मक प्रवाह रोकिएको छैन । कान कम सुनेपनि उहाँ मुलुकको सामयिकतासँग नजिक हुनुहुन्छ । र, आफूलाई भेटघाट र […]


ऊर्जा सङ्कट समाधान गर्न लेखा समितिको निर्देशन

 (रमेश लम्साल) काठमाडौँ, २२ असोज । व्यवस्थापिका–संसद् मातहतको सार्वजनिक लेखा समितिले मुलुकमा जारी इन्धन सङ्कटलाई समाधान गर्न तत्काल पहल गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ । निगमले बिहीबार मात्रै पेट्रोलियम पदार्थ आयातका लागि विश्वव्यापी बोलपत्र आह्वान गरिसकेको सन्दर्भमा जुन कुनै व्यावसायिक संस्थाले गर्ने प्रस्तावलाई दुई घन्टाभित्र अनुमति दिन र […]


करिब रु दुई अर्बको तरकारी बिक्री

सुरुङ्गा (झापा), २१ असोज । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रका रुपमा परिचित बिर्तामोडस्थित कृषि उपज बजारमा आर्थिक वर्ष २०७१÷७२ मा रु एक अर्ब ९२ करोड ९१ लाखको तरकारीको कारोबार भएको छ । कृषि उपज बजारमा सात करोड १६ लाख ८३ हजार ५३२ किलो तरकारी बिक्री भएको हो । बिक्री भएको तरकारीमध्ये ८० प्रतिशत भारतवाट आयातीत […]


चाडबाडमा ठूला सार्वजनिक साधनलाई इन्धन उपलब्ध गराइने

(हरि लामिछाने)काठमाडौँ, २० असोज । नेपाल आयल निगमले हिन्दू धर्मावलम्बीको महान् पर्व बडादसैँ तथा नेपाल संवत्, दीपावली, छठलगायतका पर्वका अवसरमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि ठूला सार्वजनिक सवारीसाधनलाई आवश्यक इन्धन उपलब्ध गराउने भएको छ । तराईका विभिन्न क्षेत्रमा भएको आन्दोलन तथा भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा कमी भएपछि निगमसँग रहेको मौज्दातको अधिकतम […]


भारतीय आयल निगममा नेपाली ट्याङ्करलाई इन्धन भर्न सुरु

  काठमाडौँ, १८ असोज । नेपालका केही पेट्रोलियम ट्याङ्करलाई आजबाट भारतीय आइल निगम (आइओसी)ले इन्धन भर्न दिएको नेपाल आयल निगम(एनओसी)ले जनाएको छ । आइओसीले आजबाट इन्धन भर्न दिएपछि विगत १० दिनदेखि ठप्प भएको पेट्रोलियम पदार्थको आयातमा केही दिनपछि सहज हुने एनओसीले जनाएको छ । नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले भन्नुभयो, “भारतीय आयल निगम(आइओसी)ले […]


गलेश्वरधाममा आश्रय लिन आउने ज्येष्ठ नागरिकको सङ्ख्या बढ्यो

म्याग्दी, १६ असोज । म्याग्दीको प्रसिद्ध गलेश्वरधामा रहेको ज्येष्ठ नागरिक आश्रममा आश्रय लिन आउनेको सङ्ख्या बढेको छ । घरपरिवार कोही पनि नभएका र आफन्तबाट अपहेलित बनेका आश्रममा आश्रयको लागि आउने क्रम बढेको गलेश्वर ज्येष्ठ नागरिक आश्रम व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । तस्बिर : निरौला वि‍.सं २०६७ मा स्थापना भएको आश्रममा हाल ६० जना […]


धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा पम्पिङ प्रविधिबाट खानेपानी विस्तार

खोटाङ, १६ असोज । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पम्पिङ प्रविधिबाट खानेपानी विस्तार गरिएको छ । जिल्लाको सुक्खाग्रस्त क्षेत्रमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा नजिकै पानीको मुहान नभएपछि पम्पिङ प्रविधिबाट खानेपानी विस्तार गरिएको हो । पम्पिङ प्रविधिबाट खानेपानी योजना सञ्चालन भएपछि आधा घन्टा तलबाट गाग्रीमा बोकेर ल्याएको पानी उपभोग गर्नुपर्ने बाध्यता हटेको स्थानीय मङ्गल परियारले बताउनुभयो । […]




TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter