• Sunday, June 01, 2025

समाचार

विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, जेठ २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ। आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त (दोस्रो चरण) समारोहमा बोल्दै प्रधानमन्त्रीले विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताउनुभएको हो। दीक्षान्त समारोहमा […]


कृषकलाई छ करोड अनुदान हस्तान्तरण

चितवन, जेठ २७ गते । भरतपुर महानगरपालिकाले दुग्ध कृषकहरूलाई छ करोड १२ लाख रुपियाँ अनुदान हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कृषकले सहकारीमार्फत बिक्री गरेको प्रतिलिटर तीन रुपियाँका दरले हुन आउने छ करोड १२ लाख रुपियाँ अनुदान हस्तान्तरण गरेको हो । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र […]


एमडीएमएस कार्यान्वयनमा सहयोग गर्न मोबाइल व्यवसायीलाई सञ्चारमन्त्रीको आग्रह

भक्तपुर, जेठ २७ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा सरकार कडाइका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोबाइल व्यवसायीलाई आग्रह गर्नुभएको छ। मन्त्री शर्माले कर छली हुन नदिन ल्याइएको प्रणाली कार्यान्वयनमा सहयोग गर्ने व्यवसायीका हितमा सरकार सहयोग गर्न सधैँ तत्पर रहेको बताउनुभयो। नेपाल मोबाइल व्यवसायी महासङ्घको दोस्रो साधारणसभामा […]


पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौती बन्यो : अर्थमन्त्री महत

काठमाडौं, जेठ २६ गते । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारलाई प्रभावकारी रूपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौती रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेटका विषय संसदमा उठेका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले सरकारलाई पुँजीगत खर्च गर्न नसक्नु चुनौतीपूर्ण बन्दै गएको स्वीकार गर्नुभयो । उहाँले सरकारले […]


अब अनुदान सिँधै किसानको हातमा दिन्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, जेठ २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिँधै किसानको हातमा अनुदान दिने नीति लिएको बताउनुभएको छ । शुक्रबार दिउँसो काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विगतमा अर्बौँ, अरबका अनुदानका कार्यक्रम बने । तर, तिनीहरूको सही […]


खप्तड धार्मिक महत्त्वलाई सम्मेलनले गर्‍यो अन्तर्राष्ट्रियकरण

डिलबहादुर सिंह / खप्तड (बाजुरा), जेठ २५ गते । सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा आयोजना गरिएको प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनले यहाँको धार्मिक महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्नमा सहयोग गरेको छ । जेठ २३ र २४ गते आयोजना गरिएको सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा भारतीय योगगुरु रामदेव, […]


अर्थमन्त्री डा. महतसँग विश्व बैंकका उपाध्यक्ष रेजरको भेट

काठमाडौं,जेठ २५ गते। अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ। भेटका अवसरमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौती, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल गर्नुभयो। विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिकाप्रति धन्यवाद दिँदै मुख्यतः पूर्वाधार विकासमा जोड दिन […]


मुर्रा राँगो : भैँसीको नस्ल सुधारका लागि विशेष योगदान

गण्डकी, जेठ २४ गते । भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नस्ल सुधारका लागि महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ । दूध उत्पादन वृद्धिमा नस्ल सुधारको विशिष्ट महत्त्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृत्रिम गर्भाधानको राष्ट्रिय अभियान थालिएको थियो । त्यसयता पोखरा, लहान र नेपालगञ्जमा पशु प्रजनन […]


कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना प्रक्रिया सुरु नगर्न महानगरको परिपत्र

काठमाडौं, जेठ २४ गते । काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्नाका कुनै पनि प्रक्रिया नगर्न परिपत्र जारी गरेको छ । महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बुधबार विज्ञप्तिमार्फत २०८० शैक्षिक सत्रका लागि केही विद्यालयले कक्षा ११ को भर्ना सूचना प्रकाशन गरेको भन्ने उजुरी प्राप्त भएकोले यस सम्बन्धमा ध्यानाकर्षण […]


मेलम्चीमा जोखिम कायमै

भउचप्रसाद यादव / काठमाडौँ, जेठ २३ गते । मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने क्षतिको सम्भावना यस वर्ष पनि कायमै छ । भीषण वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा क्षति पु-याएको दुई वर्ष पुग्न लाग्दा पनि सो क्षेत्रमा बाढीपहिरोको रोकथाम तथा सोबाट हुन सक्ने जिउधनको क्षति रोक्न कुनै उपाय अपनाइएको पाइएको छैन । दुई […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter