एक्सक्लुसिभ समाचार

अन्नबाली छाडेर कागतीखेती शुरु; पर्यटकको आकर्षण बन्दै सामूहिक आलुखेती

पाल्पा, माघ २७ गते । धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा रामपुर नगरपालिका–७ बस्ने कृषक मनोरथ भट्टराईले कागतीखेती शुरु गर्नुभएको छ । अन्नबालीको तुलनामा कागतीखेतीले राम्रो फाइदा हुने सम्भावना देखेपछि व्यावसायिक तवरले कागती लगाउनुभएको छ । करिब सात रोपनी क्षेत्रफलमा ४०० बोट कागती लगाउनुभएको छ । बजारमा कागतीको माग बढ्दो र यसबाट राम्रो कमाई […]


पुष्पलाल (मध्यपहाडी) राजमार्गमा ७३ पुल निर्माण

काठमाडौँ, माघ २४ गते । पुष्पलाल (मध्यपहाडी) राजमार्गमा ७३ पुल निर्माण भएको छ । आयोजनाको शुरु विन्दु पाँचथर जिल्लाको चियोभन्ज्याङदेखि अन्तिम विन्दु बैतडीको झुलाघाटसम्म १२६ पुल निर्माण गरिनेमा हालसम्म ७३ सम्पन्न भइसकेको हो । मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडका करीब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ । […]


चीनबाट छोराछोरीलाई उद्धार गरिदिन सरकारसँग अभिभावकको माग; चीनबाट नेपालीको छिट्टै उद्धार गर्न तयारी गरिरहेको छौं : मन्त्री बाँस्कोटा

काठमाडौं, माघ २३ गते । चीनमा रहेका आफ्ना छोराछारी चाँडो नेपाल फर्काउन सरकारलाई अभिभावकले ज्ञापनपत्र बुझाएका छन् । चीनमा तीव्र रूपमा कोरोना भाइरस फैलिएकाे तर नेपालीलाई ल्याउन ढिलाइ गरेको भन्दै अभिभावकले बिहीबार राज्यमन्त्री नवराज रावतलाई सात बुँदे ज्ञापनपत्र बुझाएका हुन् । मन्त्रालय पुगेका अभिभावकहरूले अन्य देशले आफ्ना नागरिकलाई चीनबाट उद्धार गरे पनि नेपाल सरकारले ढिला […]


नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सबैसँग समन्वयमा काम भएको छ – मन्त्री भट्टराई

काठमाडौँ, माघ २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन कुनै कमीकमजोरी हुन नदिन सरोकारवाला सबै पक्षसगँ समन्वय गरेर काम गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले अन्तरराष्ट्रियजगत्मा नेपालको पर्यटन प्रवद्र्धनका लागि उत्साहजनक सन्देश पु¥याउन गृहकार्य भइरहेको जानकारी दिनुभयो । मन्त्री भट्टराईले भन्नुयभयो, “नठानेको […]


एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी, माघ २१ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसी विरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताउनुभएको छ । उहाँले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेकोे भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टहरुसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताउनुभयो । आजदेखि गुल्मीमा शुरु हुने स्वास्थ्य बीमा […]


खच्चड गोठालोबाट मालिक बनेका गोपी

नरेन्द्र ढकाल / गोरखा । सोतीका गोपी आलेले खच्चड खेदेर हिडेको २० वर्ष भयो । सुरुमा अरुको खच्चड गोठालो बस्नुभएका गोपी कालान्तरमा आफै मालिक बन्न पुग्नुभयो । अहिले उहाँ आरुघाट, धार्चे र चुमनुब्रीका विभिन्न ठाउँमा खच्चड मार्फत सामान ढुवानीको काम गर्नुहुन्छ । ‘सुरुमा म काम गर्न लम्जुङ गएँ, केही वर्ष खच्चड धपाएँ’ उहाँले भन्नुभयो ‘ […]


जननिर्वाचित सर्वोच्च संस्थाको गरिमा उच्च राख्ने प्रतिबद्धता

काठमाडौँ, माघ १९ गते । सङ्घीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च संस्था संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्य सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएपछि उक्त समितिले आज बिहान उहाँको सम्मानमा बिदाइ तथा बधाईका निम्ति आयोजना गरेको कार्यक्रममा उहाँले लोकतन्त्रको विकास, विस्तार र […]


नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी

काठमाडौँ, माघ १८ गते । सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ को निर्माण कार्य अघि बढाउने तयारी थालिएको छ । सडक यातायातमै नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको हो । चिनियाँ निर्माण कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन, जनशक्ति ल्याउनेलगायतका काम अघि बढाएको सडक विभागले जनाएको छ । कम्पनीले अहिले आयोजनास्थलसम्म पुग्ने […]


कपिलवस्तुको दुई स्थानीय तहका १५ सय विद्यार्थीलाई पुनः विद्यालय फर्काइयो

कपिलवस्तु, माघ १७ गते । कपिलवस्तुको मायादेवी गाउँपालिका र सुद्धोधन गाउँपालिकामा युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालन गरिएको समता र पहुँचका लागि साझेदारी परियोजना(पिक) ले विद्यालय बाहिर रहेका १५ सय विद्यार्थीलाई पुनः विद्यालय फर्काएको छ । दुई स्थानीय तहमा विद्यालय बाहिर रहेका १५ सय ४६ बालबालिको संख्यालाई तीन वर्षमा घटाएर जम्मा १३ मा झार्न परियोजना सफल […]


जसले नेपाली उत्पादनलाई युरोपभर चिनाए: भगवान् गिरी

लिस्बन, माघ १५ गते । पोर्चुगलको व्यस्त शहर । शहरको एक कुनामा नेपाली हस्तकला सामग्रीको ठूलो पसल । भित्तामा गौतम बुद्धको बडेमानको मूर्ति र नेपालको राष्ट्रिय झण्डा । नकिने पनि किनौंँ झैंँ लाग्ने गरी लहरैसँग झुण्ड्याइएका नेपाली हस्तकलाका सामाग्री । परदेश भए पनि काठमाडौं्रँको ठमेल, बौद्ध र स्वयम्भू क्षेत्रको झल्को दिने गरी हातले बनाएका अनेकौंँ […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter