एक्सक्लुसिभ समाचार

वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधनको तयारी भइरहेको छ : अर्थमन्त्री

काठमाडौँ, माघ १५ गते । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिकलगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताउनुभएको छ । ‘स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट’का अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्वराजदूत जर्ज फ्राइडेन नेतृत्व टोलीले आज अर्थमन्त्रालयमा आफूसँग गरेको भेटवार्तामा उहाँले द्रुत विकासको लागि आन्तरिक स्रोत पर्याप्त नभएकाले […]


सुशासन र विकासका प्रश्नमा ध्यान केन्द्रित गर्न प्रमको आग्रह

काठमाडौं, माघ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका प्रश्नमा आफ्ना विचार र प्रयास केन्द्रित गरेर बढन जरुरी रहेको बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नव निर्वाचित सभामुख अग्नी सापकोटालाई बधाई दिने क्रममा सो कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो “हाम्रा अगाडि थुप्रै विधेयक पारित गरेर, ऐन निर्माण गर्नुृपर्छ, हामीले […]


गुरुकुलमा संस्कृतसँगै आधुनिक शिक्षा

तोलाकान्त बगाले / वालिङ, माघ ११ गते । स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदी धाम राम्दीमा रहेको गुरुकुलले संस्कृत भाषासँगै आधुनिक शिक्षा दिन थालेपछि विद्यार्थी आकर्षित भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१ रामनदीधाममा ‘रामनदीधाम संस्कृत गुरुकुलम’ स्थापना गरी संस्कृत भाषा, व्याकरणसँगै अङ्ग्रेजी र कम्प्युटर शिक्षा दिन थालेपछि विद्यार्थी गुरुकुलप्रति आकर्षित हुन थालेका गुरुकुलका प्रधानाध्यापक कृष्णप्रसाद बस्यालले […]


अग्नि सापकोटा समाभुखमा निर्वाचित; लोकतन्त्रको मूल्यमान्यता र आदर्शलाई कायम गर्नेछु : सापकोटा

काठमाडौँ, माघ १२ गते । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट निर्वाचित भएर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफू तटस्थ, निष्पक्ष र सन्तुलित […]


घराना मिल्ने र एकै प्रकृतिका बैंक मर्जरमा जान बैंक मर्जरमा अर्थमन्त्रीको आग्रह

काठमाडौं, माघ ११ गते । बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन अभिप्रेरित गर्दै आएको सरकारले त्यसलाई थप गति दिने संकेत गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले घराना मिल्ने तथा एकै प्रकृतिका कारोवार गर्ने बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन पुनः सुझाव दिएका हुन्। बैंक तथा वित्तीय संस्थाको सङ्ख्या कम गर्दै गुणात्मक सेवा विस्तार गर्नु जरुरी […]


विकास सहयोग र अन्य रणनीतिबीचको भिन्नता छुट्याउन सक्षम छौं–मन्त्री ज्ञवाली

काठमाडौं, माघ १० गते । नेपालले आगामी चैत्र २० देखि २२ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागिएको सगरमाथा सम्वादमा दक्षिण एशियालगायत अन्य देशबाट उच्चस्तरीय भ्रमण हुने सम्भावना रहेको बताइएको छ । सगरमाथा सम्वादबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई जानकारी दिन शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुराको जानकारी दिनुभएको हो । सो पत्रकार सम्मेलनमा […]


गुठी जग्गा संरक्षणसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय; साझा यातायातलाई दिएको तीन अर्ब ब्याजसहित फिर्ता

काठमाडौँ, माघ ९ गते । सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी पाँच सदस्यीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । गत माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदनमा उल्लेखित गुठी जग्गा गुठीकै नाममा कायम गर्ने प्रक्रिया अगाडि बढाउन गुठी संस्थानलाई निर्देशन दिइएको पत्रकार सम्मेलनमार्फत् सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । […]


एक करोडका माछा उत्पादन

कञ्चनपुर, माघ ८ गते । शुक्लाफाँटा नगरपालिकामा एक वर्षको अवधिमै एक करोड मूल्य बराबरका माछा उत्पादन भएका छन् । कृत्रिम र प्राकृतिक पोखरीमा गरी झण्डै ५०० क्विण्टल माछा उत्पादन भएको छ । नगरपालिकाको पशु विकास शाखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार १३१ पोखरी र पाँच प्राकृतिक तालमा माछापालन हुने गरेको छ । पाँच सय आठ कट्ठा क्षेत्रफलमा […]


अर्थतन्त्र गौरव गर्न लायक बाटोमा छ: अर्थमन्त्री डा खतिवडा

काठमाडौं, माघ ७ गते । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताउनुभएको छ । कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको अर्थतन्त्र गौरव गर्न लायक राम्रो बाटोमा रहेको छ भन्नुभयो । मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने […]


पहिलो किस्ता लिएर घर नबनाएका लाभग्राहीबारे अध्ययन हुँदै

पूर्णप्रसाद मिश्र / काठमाडौँ, माघ ६ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान लिएर हालसम्म पनि बनाउन शुरु नभएका घरका विषयमा अध्ययन गर्न प्रभावित जिल्लाका स्थानीय तहमा सामाजिक परिचालक खटाउने भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आज विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनामा सदाचार विषयक सार्वजनिक सुनुवाइ […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter