एक्सक्लुसिभ समाचार

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना; उम्मेदवार मनोनयनपत्र दर्ता आज

काठमाडौँ, कात्तिक २१ गते । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहको रिक्त पदको उपनिर्वाचनको तयारीका लागि विभिन्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगका अनुसार मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा […]


‘कालापानी नेपालको भूभाग हो भन्नेमा सरकार स्पष्ट छ’

काठमाडौँ, कात्तिक २० गते । भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्साका विषयमा एकपक्षीय ढंगबाट गरिनै कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने बताइएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भनिएको छ “कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ ।” हालै भारत सरकारले नयाँ नक्साजारी गर्दा नेपालको कालापानी […]


नेपाल–युएई श्रम समझदारी आजदेखि कार्यान्वयनमा

अशोक घिमिरे / काठमाडौँ, कात्तिक १९ गते । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच भएको श्रम समझदारी आजदेखि औपचारिक कार्यान्वयनमा आएको छ । कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषय दुई देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको बैठकले टुङ्ग्याएसँगै सो समझदारी कार्यान्वयनमा आएको हो । समझदारीको प्रभावकारी कार्यान्वयनको मार्ग प्रशस्त गर्न आइतबार र सोमबार दुई […]


‘नीतिगत सुधारले आयात घट्यो’

विश्वास रेग्मी, काठमाडौँ, कात्तिक १८ गते । निर्यात वृद्धि र आयात प्रतिस्थापनका लागि सरकारले गरेको नीतिगत सुधारको प्रभाव अन्तर्राष्ट्रिय व्यापारमा देखिनथालेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ । गोरखापत्रको साप्ताहिक संवादका क्रममा आइतबार उहाँले आयात प्रतिस्थापनका लागि अघिल्लो बर्षदेखि कार्यान्वयन गरिएका कतिपय नीतिगत व्यवस्थाको प्रभाव चालु आर्थिक बर्षमा परेको जानकारी दिनुभयो । ‘‘ईनर्जी ड्रिङ्क्स र […]


राष्ट्रपतिबाट सातवटै प्रदेशका प्रमुखहरू पदमुक्त; त्रिविको उपकुलपतिमा डा बाँस्कोटा नियुक्त

काठमाडौँ, कात्तिक १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकारको सिफारिस अनुसार सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिको कार्यालयद्वारा आइतबार विज्ञप्तिजारी गरी नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको […]


राष्ट्रपति तथा उपराष्ट्रपतिद्वारा छठ पूजा

काठमाडौँ, कात्तिक १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारी छठपर्वको उपलक्ष्यमा आज गुह्येश्वरी जानु भई बाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गर्नुभयो । छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव रोकेर निर्माण गरिएको तलाउको बीचमा स्थापित छठी माताको मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चना गर्नुभएको हो । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई […]


जलविद्युतमा ५० अर्ब बराबरको वैदेशिक लगानीमा सम्झौता

काठमाडौं, कात्तिक १५ गते । माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाका लागि ५० अर्ब बराबरको वैदेशिक लगानीको सम्झौतामा शुक्रबार काठमाडौंमा हस्ताक्षर भएको छ । रसुवामा निर्माण हुने २१६ मेगावाटको जलविद्युत आयोजनामा भएको यो लगानी नेपालको हालसम्मकै यो ठूलो वैदेशिक लगानी हो । नेपाल वाटर तथा इनर्जी डेभलपमेन्ट कम्पनी प्रवद्र्वक रहेको आयोजनामा नौवटा अन्तराष्र्टिय वित्तीय संस्थाले लगानी […]


मुग्लिन–पोखरा सडक चार लेनको बनाइने

काठमाडौँ, कात्तिक १४ गते । एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ । एडिबीको प्रधान कार्यालय मनिलाबाट भर्खरै जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक […]


सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि शुरू हुँदै

काठमाडौं । कार्तिक १३ : मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी)को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । […]


राष्ट्रपति, प्रधानमन्त्री तथा पूर्व राजाद्वारा टीका ग्रहण; दिदीबहिनी नहुनेहरुले रानीपोखरीमा पुगेर टीका लगाउँदै

राष्ट्रपतिले लगाइदिइन् आफ्ना भाइलाई सप्तरङ्गी टीका राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छन् । चपलीहाइटस्थित निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले भाइद्वय पाण्डेलाई टीका लगाएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति भण्डारीले […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter