एक्सक्लुसिभ समाचार

ललितपुरमा साइकल यात्रुको लागि छुट्टै लेन; मेयर शाक्यको घोषणा : महानगरमा हरियाली पार्क नै पार्क

ललितपुर महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन बनाई संचालनमा ल्याएको छ । शनिबार महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र कुपोन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरि साइकल लेन निर्माण गरिएको बताइएको छ । चालु सडकमा नै छुट्याइएको साइकल लेन १.५ मिटर चौडाइको रहेको छ । कार्यक्रममा ललितपुर […]


नेपालको तरकारी यूएई र कतारमा

सुरेशकुमार यादव / काठमाडौँ, मङ्सिर १३ गते । संयुक्त अरब इमिरेट्स् (यूएई) र कतारमा नेपालबाट श्रम मात्र होइन, तरकारी पनि निर्यात हुन थालेको छ । यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ । नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ । महँगी र […]


‘भूमिसम्बन्धी एकीकृत विधेयक’ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

काठमाडौँ, मङ्सिर १२ गते । सरकारले ‘भूमिसम्बन्धी एकीकृत विधेयक’ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । यही मङ्सिर ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “भूमिमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर हुन भूमिसम्बन्धी एकीकृत विधेयक आवश्यक परेको हो । ” यही मङ्सिर ४ गते भएको […]


टुटल र पठाओलाई नरोक्न मन्त्री नेम्बाङको निर्देशन

काठमाडौँ, मङ्सिर ११ गते । टुटल र पठाओलाई नरोक्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानुन नबनुन्जेल यस्ता सेवालाई नरोक्नका लागि निर्देशन दिएका हुन् । बुधबार भएको बैठकमा नेम्बाङले पठाओ र टुटल युवाको रोजाइमा परेकाले नरोक्नका लागि आदेश दिएको […]


नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक सुरु

काठमाडौं, मंसिर १० । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । नेपाललाई तेस्रो मुलुकसँग व्यापार विस्तार तथा दुई मुलुकबीचको व्यापारमा सहजीकरणका लागि बैठक सुरु भएको हो । जल मार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई बैठकले अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी […]


मेडिकल कलेजले भोलिसम्म रकम फिर्ता नगरे कारवाही

काठमाडौँ, मङ्सिर ९ गते । सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले भोलिसम्म रकम फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । गृह मन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित आजको बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क भोलिसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको हो […]


परम्परागत कृषिलाई तोड्नु नै पहिलो प्राथमिकताः कृषिमन्त्री भुसाल

भैरहवा, मड्सिर ७ गते । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले परम्परागत कृषि प्रणालीलाई तोड्नु नै आफ्नो मुख्य प्राथमिकता भएको बताउनुभएको छ । कृषि क्षेत्र नै समाजवादको पहिलो खुड्किलो भएको र यसका लागि परम्परागत कृषिप्रणाली तोड्नैपर्ने उहाँले बताउनुभयो । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले शनिबार गौतमबुद्ध विमानस्थलमा आयोजना पत्रकार भेटघाटमा बोल्दै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको […]


उत्कृष्टता शिक्षाले नभई व्यवहारले झल्काउँछ : प्रधानमन्त्री ओली

काठमाडौं, मङ्सिर ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट मानिस भनेको पढाई मात्र नभई व्यवहारबाट हुने बताएका छन् । काठमाडौं विश्वविद्यालय (केयू) को २५ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले शिक्षा लिने मात्र नभई व्यवहार पनि परिवर्तन गर्नुपर्ने बताए । ओलीले लैङ्गीक विभेद अन्त्यमा शिक्षाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । दिक्षान्त […]


सन् २०४० सम्म नौ हजार मेगावाट विद्युत् लैजाने रणनीति छ: बंगलादेशी उर्जामन्त्री

काठमाडौँ, मङ्सिर ५ गते । सरकारले घोषणा गरेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र ऊर्जाको बजार खोज्ने लक्ष्यका साथ आजदेखि ‘पावर समिट, २०१९’ शुरु भएको छ । स्वतन्त्र ऊर्जा, उत्पादकको संस्था नेपाल (इपान)को प्रमुख आयोजना र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सहयोगमा शुरु भएको सम्मेलनमा नेपाल, भूटान, बङ्गलादेश, भारत, चीन, नर्वे, अष्ट्रियालगायतका […]


प्रचण्डलाई कार्यकारी अधिकार, ओलीलाई सरकारको सम्पूर्ण जिम्मेवारी

काठमाडौं, मङ्सिर ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको सम्पूर्ण काम हेर्ने कार्यकारी अधिकार सहितको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । यस्तै सरकारको सम्पूर्ण जिम्मेवारी अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता नरायणकाजी श्रेष्ठले भन्नुभयाे, अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्द्रित हुनुहुने छ […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter