एक्सक्लुसिभ समाचार

वर्षामा पनि रोमाञ्चक ¥याफ्टिङ

शान्ति लामा / सिन्धुपाल्चोक, साउन २७ गते । बालबालिकाका लागि काम गर्ने एक स्वयंसेवी संस्थाका अभियन्ता हुनुहुन्छ, काँडाघारीका मदन पौडेल । प्रायः काममा नै व्यस्त हुने उहाँ बेलाबेला घुमफिर गर्न रुचाउनुहुन्छ । विशेष गरी साहसिक खालका पर्यटन गतिविधिमा रुचि राख्ने पौडेल शनिबार भोटेकोसीको एक ¥याफ्टिङमा भेटिनुभयो । भोटेकोसी नदीका सिन्धुपाल्चोकको चेहेरेमा ¥याफ्ट बोर्डबाट झर्दा उहाँ […]


‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी सक्रिय

विमलबहादुर विष्ट / डोटी, साउन २६ गते । कुनै बेला निगालोको जङ्गलका रुपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक बरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । सुदूरपश्चिमको भू–स्वर्गका मानिने यस क्षेत्रलाई देश विदेशमा चिनाउन यहाँका स्थानीय बासिन्दा र सङ्घ संस्था सक्रिय छन् । आध्यात्मिक र असाधारण तपस्वीका रुपमा चिनिने खप्तड बाबाले सुदूरपश्चिमका […]


विद्युतीय सवारी साधनका लागि २० वटा चार्जिङ स्टेशन बनाइँदै

रमेश लम्साल / काठमाडौं , साउन २५ गते । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रनेलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो । ऊर्जा, जलस्रोत तथा […]


ललितपुरमा पनि यान्त्रिक कुचो !

काठमाडौँ, साउन २४ गते । ललितपुर महानगरपालिकाको मुख्य सडकमा अब दैनिक एक घण्टा ब्रुमर (यान्त्रिक कुचो) सञ्चालन हुने भएको छ । हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमर र दुई पानी ट्याङ्करको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गर्नुभयो । उहाँले भन्नुभयो, “ललितपुरको मुख्य सडक थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक […]


लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा – योगेश भट्टराई

रुपन्देही, साउन २३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उहाँले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिनुभएकाले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको […]


‘नेपाली स्याट–१’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्यो

सुभानु आचार्य / ललितपुर, साउन २२ गते । देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ता अघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् । नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा सूचना प्रवाह […]


विकट गाउँमा सिभिल इञ्जिनीयरिङ कक्षा

सोलुखुम्बु, साउन २१ गते । थुलुङ दूधकोशी गाउँपालिकामा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट अनुमति लिएर यसै शैक्षिक सत्रबाट गाउँपालिकाले ‘डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ’ कक्षा सञ्चालन गर्ने भएको उक्त गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । शिक्षामन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा २०७६ असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले […]


लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठीसम्म

काठमाडौँ, साउन २० गते । सरकारको सन् २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५÷७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले […]


सिङ्गापुरको उपचार खर्च प्रधानमन्त्री आफैँले बेहोर्ने

काठमाडौँ, साउन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरमा हुने उपचार खर्च आफैँले व्यवस्थापन गर्नुहुने भएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिङ्गापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने स्पष्ट पार्नुभयो । मन्त्रिपरिषद् बैठकको यही साउन १६ गते भएको निर्णय सार्वजनिक गर्न आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले भन्नुभयो, […]


जुम्लाको स्याउ पाक्न सुरु, रंगिए बगैचा

नेत्र शाही, खलंगा, साउन १८ गते । जुम्लाको अर्गानिक स्याउ पाक्न सुुरु गरेको छ । साउन महिनादेखि केही स्याउ पाक्न थालेपछि अहिले स्याउका बगैचा राताम्मे भएका छन् । जुम्लाको एक मात्र धेरै निर्यात हुने नगदे कृषि फलफूलको रुपमा स्याउलाई लिइन्छ । स्याउ पाक्न थालेपछि धेरैजसो स्याउमा रातो रङले भरिने भएकाले अहिले जुम्लाका स्याउ बगैंचा रातै […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter