एक्सक्लुसिभ समाचार

छात्रालाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण

विदुर, जेठ २८ गते । नुवाकोटको लिखु गाउँपालिकाका दुई विद्यालयलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण गरिएको छ । सोमबार भएको एक कार्यक्रममा लिखु गाउँपालिकास्थित चौघडामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का जिल्ला नेता एवं लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्यालयका प्रधानध्यापक कृष्णबहादुर राई र महेशदेव मावि थानसिङका विद्यालय व्यवस्थापन […]


‘रनवे रिह्याब’ को मुख्य काम सकियो

काठमाडौँ, जेठ २७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को मुख्य काम सकिएको छ । विमानस्थलको तीन हजार ५० मिटर लामो धावनमार्गको पहिलो चरणको कालोपत्र ‘पिच’ सम्पन्न भएको विमानस्थलले जनाएको छ । धावनमार्ग स्तरोन्नतिको पहिलो चरणको मुख्य काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम […]


राष्ट्रपति भण्डारी रातो भोटोजात्रामा सरिक; भोटो जात्राः यस पालि पनि प्रमाण आएन

ललितपुर, जेठ २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारी रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत भोटोजात्रामा आज सरिक हुनुभएको छ । राष्ट्रप्रमुखले भोटोजात्राको अवलोकन गर्ने परम्परा छ । सोही अवसरमा उहाँले पाटनकी कुमारी निहिरा बज्राचार्यको दर्शन पनि गर्नुभयो । अपराह्न ५ः२२ बजेदेखि गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले तीन पटक चारै कुनामा फर्केर १५ मिनेटसम्म सर्वसाधारणसँग प्रमाण माग्दै भोटो […]


असहाय बालबालिकाको अभिभावक रेन्बो

पोखरा, जेठ २५ गते । समाजका गरीब, विपन्न एवं असहाय बालबालिकाको लागि रेन्बो बालगृह यतिखेर अभिभावक बनेको छ । सानो उमेरमा आमाबुबा गुमाएसँगै बेसहारा बनेका बालबालिकाको लागि सो बालगृह अभिभावक बनेको छ । स्याङ्जाको ग्रामीण क्षेत्रमा आफन्त गुमाएपछि कष्टकर जीवन बिताउन बाध्य एकै परिवारका तीन जना बालबालिकालाई ल्याएर २०६२ सालमा शुरु गरिएको बालगृहले अहिले ६५ […]


व्यावसायिक भैँसीपालनमा दलित समुदाय

सुर्खेत, जेठ २४ गते । वीरेन्द्रनगर–१ का ५० घरधुरी दलित समुदायले व्यावसायिक भैँसीपालनको शुरुआत गरेका छन् । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रमको अनुदान सहयोगमा दलित समुदाय भैँसीपालनमा जुटेका हुन् । दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले त्यहाँका प्रत्येक घरधुरी कृषकलाई भैँसी अनुदान दिइएको हो । स्थानीय रामकला सार्कीले […]


बजेटले समाजवादको लक्ष्यलाई आत्मसात् गरेको छः अर्थमन्त्री

काठमाडौँ, जेठ २३ गते । सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्री डा युवराज खतिवडाले संविधानले प्रदत्त गरेको मूल्यमान्यतालाई बजेटले सम्बोधन गरेको बताउँदै वित्तीय सङ्घीयता कार्यान्वयनको काम जारी रहेकाले केही विषयमा कमजोरी भएको देखिन […]


प्रधानमन्त्रीद्वारा सिंहदरबारमा एभोकाडोको बिरुवा रोपण ; ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ हाम्रो अभियान होः प्रम

काठमाडौँ, जेठ २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष शुभारम्भ गरिएको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’लाई सिंहदरबार परिसरमा एभोकाडोको विरुवा रोपी निरन्तरता दिनुभएको छ । प्रधानमन्त्री ओलीबाट गत वर्ष विश्व वातावरण दिवस (जुन ५) का अवसरमा सिंहदरबार परिसरमा फलफूलका विरुवा रोपण गरी सो अभियान आरम्भ गर्नुभएको थियो । सरकारले आगामी आर्थिक […]


प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरु हुने

भक्तपुर, जेठ २१ गते । प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुने भएको छ । देशमा रहेको बेरोजगार समस्या समाधान गर्न सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ हुने भएको प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा करीब […]


कृषि क्षेत्रमा लोभिँदै युवापुस्ता

नुवाकोट, जेठ २० गते । नुवाकोटको पर्यटकीय ककनीमा सञ्चालित कृषि प्रदर्शनी मेलाले नयाँ आकर्षण थपिदिएको छ । कृषिमा बढ्दो निराशाबाट युवा विदेश पलायन हुने क्रम बढिरहेका बेला केही दिनअघिको पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेलाले यसप्रति थप आशा र सम्भावना बढाइदिएको हो । स्थानीय जातका बिउबिजनहरु लोप भई परनिर्भरता बढिरहेका बेला हावापानी, भौगोलिक अवस्था र […]


धर्म, संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दैछ – पूर्वराष्ट्रपति

काठमाडौँ, जेठ १९ गते । पूर्वराष्ट्रपति डा रामवरण यादवले पछिल्लो समय विभिन्न सङ्घसंस्थाले हाम्रो धर्म, संस्कृतिमाथि आक्रमण गरिरहेकाले तीनै तहका सरकारले त्यस्ता सङ्गठनलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । नारायणस्थान देवस्थल उपभोक्ता समिति, ॐकार परिवार नेपाललगायत संस्थाद्वारा आयोजित ‘श्रीमद्भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ’ को शुभारम्भ गर्दै उहाँले संविधानले धर्म परिवर्तनलाई छुट नदिएको भए पनि गरीबीका कारण […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter