एक्सक्लुसिभ समाचार

विकास साझेदार निकायलाई सहकार्य गरी काम गर्न कामपाको आग्रह

काठमाडौँ, जेठ ७ गते । काठमाडौँ महानगरपालिकाले साझेदार निकायलाई विकासका हरेक काम गर्दा सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ । कामपाले आगामी जेठ १५ भित्र साझेदार निकायलाई कामपाको विवरण बुझाउनका लागि पत्राचारसमेत गरिसकेको छ । कामपाको शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार यसरी पत्राचार गरिएको निकायमा सडक विभाग, डिभिजन सडक कार्यालय, दूरसञ्चार प्राधिकरण, […]


पचहत्तर आरोही सगरमाथाको चुचुरोमा

काठमाडौँ, जेठ ६ गते । यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले ७० देखि ७५ आरोहीले सगरमाथा चढेको विभिन्न एजेन्सीमार्फत जानकारी आएको र यसको पुष्टि भइनसकेको […]


सङ्घीय संसद्, प्रधानमन्त्री आवाससहित ५१ वटा संरचना निर्माण गर्न आठ करोड बजेट

काठमाडौँ, जेठ ५ गते । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आगामी आर्थिक वर्षमा नयाँ आयोजनाका लागि मन्त्रालयलाई रु २२ करोड मात्र रकम विनियोजन हुने सङ्केत मिलेको जानकारी दिनुभएको छ । विकास तथा प्रविधि समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “कामको बोझ बढिरहेकैछ, नयाँ आयोजनाका लागि खासै बजेट प्राप्त गर्न सकिएको छैन, रु ७३ अर्बको पुरानै दायित्वछ […]


लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो; लुम्बिनी क्षेत्रको विकासका लागि चरणबद्ध कार्यक्रम गरिने : प्रम ओली

रुपन्देही, जेठ ४ गते । लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो । उहाँले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा गर्नुभएको छ । लुम्बिनीको विकासले प्रदेश नं ५ […]


मासिक ७५ हजार कमाउँछन् ‘चटपटे बाजे’

गलेश्वर, जेठ ३ गते । धेरैजसो मानिसले बुढ्यौलीलाई अभिशाप ठान्छन् । सक्रिय जीवन बिताउन चाहँदैनन् । साठी वर्ष कटेपछि अब मैले के गर्न सक्छु र भन्ने हिनताबोधले ग्रस्त भएर छोराछोरी र परिवारको भर पर्छन् । तर, म्याग्दीका ७० वर्षीय एक वृद्धले छोराछोरी र आफन्तहरुको कुनै आश नगरी तीन हजार रुपैयाँको लगानी जुन व्यवसाय शुरु गर्नुभयो […]


मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न पहल

चितवन, जेठ २ गते । पश्चिम चितवनको मेघौलीमा रहेको विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरोन्नति गर्न पहल गरिएको छ । भरतपुरको चौबिसकोठीबाट २४ किलोमिटर पश्चिममा पर्ने मेघौली विमानस्थल क्षेत्रमा १० होटल र १० होमस्टे ९घरबास० रहेका छन् । सो विमानस्थलसमेत हेर्दै आउनुभएका नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार सरोकारवाला निकायले मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलका […]


त्रिशूली–काठमाडौँ प्रसारण लाइनको परीक्षण शुरु

बेत्रावती, जेठ १ गते । त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि शुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमाडाँैको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो । परीक्षण अवधि लगातार तीन दिन (७२ घण्टा) चल्ने छ । परीक्षणका लागि केन्द्रीय […]


एक लाखलाई रोजगारी दिँदै सरकार

काठमाडौंँ, वैशाख ३१ गते । सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म एक लाखभन्दा बढी नागरिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने तयारी गरेको छ । वैदेशिक रोजगारीलाई विकल्पका रुपमा लिएको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जना गरी युवालाई आफ्ना गाउँघरमै रोजगारी दिन लागेको हो । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गरी रोजगारीका […]


प्रभावकारी नेतृत्व खोज्दै गौतमबुद्ध विमानस्थल

काठमाडौ, वैशाख ३० गते । आम नेपालीमा उत्साह र भरोसा बढाउने गरी अगाडि बढेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समस्या खडा गर्ने र समयमै काम सम्पन्न हुन नदिने सङ्केत देखा परेका छन् । यसले गर्दा राष्ट्रिय गौरवका आयोजना तोकिएको मितिमा सम्पन्न हुन्छन् भन्ने कुरामा सन्देह उत्पन्न भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि कहिले सामग्रीको आयातमा […]


एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

काठमाडौँ, वैशाख २९ गते । बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ । सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला विद्यार्थीको सङ्ख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter