एक्सक्लुसिभ समाचार

ब्रसेल्स मेलामा नेपालमण्डप मुख्य आकर्षण

काठमाडौँ, माघ २० गते । गत बिहीबारदेखि बेल्जियमको राजधानी ब्रसेल्समा जारी ‘६०औं ब्रसेल्स हलिडे फेयर’मा नेपालका प्राकृतिक छटायुक्त नेपालमण्डप मुख्य आकर्षणको केन्द्र बनेको छ । नेपालका हिमच्छादित टाकुराका मनोरम दृश्य, पर्यटकीय गन्तव्यका प्रमुख स्थलहरुका तस्बिर, वुद्धको विशाल मूर्ति, ब्यानर र प्लाकार्ड, पोष्टरजस्ता पर्यटन प्रवद्र्धनका सामग्रीले सजिएको नेपालमण्डप पाहुनाहरुको आकर्षणको केन्द्र बनेको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको […]


भारतीय विदेश मन्त्री स्वदेश प्रस्थान; प्रधानमन्त्री देउवासँग विदेशमन्त्री स्वराजको भेट

काठमाडौँ, माघ १९ गते । भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गर्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले बिदाइ गर्नुभयो । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी […]


प्रदेश नं. ३ को पहिलो बैठक सम्पन्न, सभामुखको निर्वाचन माघ २७ मा

हेटौँडा, १८ माघ संघीय नेपालको पहिलो ऐतिहासिक प्रदेशसभाको बैठक प्रदेश नम्बर ३ को हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा सम्पन्न भएको छ । आज दिउँसो १ बजे बसेको बैठकले यही माघ २७ गते दिउँसो ३ बजे प्रदेश नम्बर ३ को सभामुख चयनका लागि निर्वाचन गर्ने तय गरेको छ । बैठकमा ८ दलका प्रतिनिधिहरुले आ–आफ्नो धारणा राखेका थिए […]


आर्थिक सहायता रोक्न आयोगको निर्देशन

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अवधिभर आर्थिक सहायता रकम वितरण नगर्न गृह मन्त्रालयलाई बुधबार लिखित निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको स्मरण गराउँदै अर्थ मन्त्रालयलाई समेत आर्थिक सहायता रकम उपलब्ध नगराउन पत्राचार गरेको छ । आयोगको बुधबार बसेको बैठकले आर्थिक सहायता वितरणको विवरणसमेत सरकारसँग माग गर्ने निर्णय गर्दै मुख्य […]


विद्युत् नियमन आयोग गठन गर्न अर्थको स्वीकृति, विद्युत प्राधिकरणको एकल अधिकार अन्त्य

 रमेश लम्साल / काठमाडौँ । चर्चामा आएको १६ वर्षपछि सरकारले विद्युत् नियमन आयोग गठनको प्रक्रिया अगाडि बढाएको छ । ‘विद्युत् नियमन आयोग ऐन २०७३’ को प्रावधानका आधारमा ऊर्जा मन्त्रालयले तयार पारेको आयोग गठन सम्बन्धी नियमावलीलाई अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेपछि आयोग गठनको प्रक्रिया शुरु भएको हो । ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार […]


कुवेतमा बिचल्ली परेका २० कामदार नेपाल फिर्ता

काठमाडौं । कुवेतको खराफी नेशनल कम्पनीमा कार्यरत रही समस्यामा परेका नेपाली कामदारमध्ये २० जनालाई उद्धार गरी आइतबार नेपाल पठाइएको छ । त्यहाँस्थित नेपाली राजदूतावासले उक्त कम्पनीसँग समन्वय गरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट प्राप्त उद्धार रकमले हवाई टिकटको व्यवस्था गरी एअर अरेबियाको उडानद्वारा नेपाल पठाएको जनाएको छ । त्यसपूर्व सोही कम्पनीमा लामो समयदेखि आवासीय प्रवेशाज्ञा नवीकरण […]


पशुपति क्षेत्रलाई लागुपदार्थ निषेध गरी ध्यान, योग केन्द्रका रुपमा विकास गरिने

काठमाडौँ, माघ १४ गते । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने भएको छ । यस वर्षको महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले आजदेखि यो अभियान शुरु गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । गाँजा बेच्ने र सेवन गर्ने सुरक्षित स्थलका रुपमा […]


राष्ट्रियसभा निर्वाचनः सोमबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने; स्याङजाका रामबहादुर थापाको उम्मेदवारी रद्द

काठमाडौं । माघ २४ गते हुने भनिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आगामी सोमबार चुनाव चिन्ह प्रदान गर्ने तयारी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई नाम फिर्ता लिन चाहेमा […]


आजदेखि निर्वाचन आचारसंहिता लागु, भोट हाल्न सिकाउँदै आयोग

काठमाडौं, माघ १२ गते । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू भएको छ। निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा निर्वाचन गर्न आचारसंहिता लागू गरिएको निर्वाचन आयोगले बताएको छ। निर्वाचन आयोगले एक सूचना जारी गर्दै नेपाल सरकार र मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा नकाय, निर्वाचनको काममा संलग्न कर्मचारी, […]


सानो मन्त्रिमण्डल बनाउन बाम कार्यदल सहमत; बृद्धभत्तादेखि नियुक्तिसम्म : देउवा सरकारले चुनावपछि गरेका सबै निर्णय खारेज गर्ने ओलीको उद्घोष

काठमाडौं– अब बन्ने प्रदेश सरकार चुस्त र छरितो बनाउन बाम गठबन्धनका नेताहरु सहमति नजिक पुगेका छन् । बिहीबार बसेको गठबन्धनको बैठकमा नेताहरुबीच अन्तराष्ट्रिय मान्यता, विज्ञको सुझाव र जनताको भावनालाई समेत ख्याल गर्दै प्रदेश मन्त्रिमण्डल सानो आकारको बनाउन नेताहरु सकारात्मक भएको कार्यदल सदस्य तथा एमाले नेता सुवास नेम्वाङले बताए । ‘कार्यदलको आजको बैठकमा धेरै विषयमा छलफल […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter