काठमाडौं, जेठ २ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नागरिकता विधेयक प्रमाणीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । सिहंदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री शर्माले नागरिकताको मुद्दा सरकारको हतारोको विषयभन्दा आम नागरिक र जनताको हतारोको विषय भएको बताउनुभयो । सञ्चारमन्त्री शर्माले भन्नुभयो, “खासगरी, नागरिकताको जुन मुद्दा छ, यो सरकारको […]
शेरबहादुर सार्की / बाजुरा, जेठ १ गते । पछिल्लो समय बाजुराका किसानको स्याउ खेतीमा आकर्षण बढ्दैगएको छ । कृषि ज्ञान केन्द्र बाजुराको पहल तथा अनुदानमा बाजुरामा उत्पादित स्याउ देशका विभिन्न ठाउँमा बिक्री हुन थालेपछि पछिल्लो समयस्याउ खेतीप्रति आकर्षण बढ्दैगएको हो । पहिला बाजुरामा उत्पादन गरेका स्याउले मूल्य नपाउँदा किसानले गाई गोरुलाई खुवाउने गरेका थिए । […]
सिर्जना खत्री / काठमाडौं,वैशाख ३१ गते । पछिल्लो समय कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता डिजिटल उपकरण मानिसका अत्यावश्यक सामग्री भित्र पर्छन् । यस्ता डिजिटल उपकरणले दैनिकी जति सहज बन्दै गइरहेको छ । मानव स्वास्थ्यमा पर्ने असर पनि उत्तिकै बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ । आँखा रोग विशेषज्ञ प्रा.डा. सविना श्रेष्ठले कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता उपकरणको अत्याधिक […]
काठमाडौं, वैशाख ३० गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ। आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सन्दर्भमा छलफल तथा सुझाव सङ्कलन कार्यक्रम’मा अर्थमन्त्री महतले स्रोतका सीमितताका कारण […]
काठमाडौँ, वैशाख २९ गते । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ । नियमितरुपमा ब्याज भुक्तानी भइरहेका कर्जाको सावाँ भुक्तानी गर्ने समय अब तीन महिना बढाउन सकिने भएको हो । यसरी समय बढाउँदा कुनै शुल्क वा […]
काठमाडौं, वैशाख २८ गते । अर्थ मन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटका विषयमा छलफल गर्नुभएको छ । सहभागीहरूले सहुलियतपूर्ण ऋणको पूर्ण उपयोग गर्न सुझाव दिएका छन् । छलफलमा विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय विकास साझेदार, अमेरिकी अन्तर्राष्ट्रिय विकास […]
काठमाडौं, वैशाख २७ गते। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन स्थापित गर्ने, समृद्धिको लक्ष्य हासिल गर्ने र सामाजिक न्याय स्थापित गर्नेमा प्रतिबद्ध रहेको बताउनुभएको छ। सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सरकार बनेदेखि यो विषयमा स्पष्ट रहेको बताउनुभयो। गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “हामीले सरकार बनेदेखि नै स्पष्ट भनेका छौं, हाम्रो सरकार सुशासन स्थापित गर्ने, समृद्धिको […]
काठमाडौं, वैशाख २६ गते । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक मोबाइल ल्याउन पाउने निर्णय गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो । यसैगरी, बैठकले नेपाल कृषि वन सेवा […]
काठमाडौं, वैशाख २५ गते । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । छ । सोमबार सिंहदरबारमा बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा […]
काठमाडौं, वैशाख २४ गते । सङ्घीय संसद्को बर्खे अधिवेशन आज (आइतबार)देखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । बैठकको सुरुमै सभामुख […]