समाचार

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनको गृहकार्य सुरु

काठमाडौं, जेठ १७ गते । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८-७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरुगरेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा सुरुगरी छिटो परिणाम ल्याउनेगरी अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएको दुई दिनपछि नै बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु कार्यन्वयनका लागि समयतालिका सहितको […]


चार हजार ३६९ थपिए, छ हजार २०५ कोरोनामुक्त, १०९ को मृत्यु; छ देशबाट खोप ल्याउन प्रक्रिया शुरु

काठमाडौं, जेठ १६ गते । नेपालमा कोरोनाभाइरसका चार हजार ३६९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १० हजार ९८६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ५७ हजार ७९१ पुगेको छ । […]


बजेट सुनाउन मात्र होइन कार्यान्वयन गर्न ल्याइएको हो : अर्थमन्त्री

काठमाडौं, जेठ १६ गते । अर्थमन्त्री विष्णु पौडेलले अहिलेको बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ । शनिवार सार्वजनिक गरिएकाे बजेटबारे आइतबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, धेरैले बजेट सकारात्मक भएको तर कार्यान्वयन कस्तो हुन्छ भन्ने प्रतिक्रिया दिएको आफू पाएको बताउँदै थप्नुभयो, यो बजेट सुनाउन मात्र […]


६ हजार ८० संक्रमणमुक्त, ४४८७ लाई कोरोना

काठमाडौं, जेठ १५ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख ५३ हजार ४ सय २२ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ४ हजार ३११ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै १७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ […]


पर्यटकीय गन्तव्य हिल स्टेसन

जुद्धबहादुर गुरुङ /‘हिल स्टेसन’ भन्नासाथै पहाडी बस्ती वा डाँडामा अवस्थित सानो बस्तीको झझल्को गराउँछ । हिल स्टेसनको ठ्याक्कै मिल्ने नेपाली शब्द नभेटिए पनि पहाडी बस्ती वा शीतल बस्ती÷टापुभन्दा अत्युक्ति नहोला । हिल स्टेसन भारतीय उपमहाद्वीपमा समयअनुसार विभिन्न उद्देश्यका लागि स्थापना गरिएको पाइन्छ । यो स्थानलाई सन् १८०० भन्दा अघि भारतमा बेलायती अधिकृतहरूका परिवारका सदस्यहरूलाई उपचार […]


सरकारले हप्ता -दश दिनमा खोप ल्याउने गरि काम अघि बढाउँदै

शरद शर्मा / काठमाडौँ, जेठ १४ गते । सरकारले अबको केही दिनमा कोभिड–१९ विरुद्धको खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्ने भएको छ । कोरोना भाइरस विरुद्धको खोप अभाव भइरहेका बेला सरकारले हप्ता-दश दिनमा खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्न थालेको हो । त्यसका लागि सरकारले विभिन्न खोप उत्पादक मुलुकसँग खरिदका लागि छलफल गरिरहेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार […]


वन्यजन्तुको सङ्ख्यामा उल्लेखनीय वृद्धि, बाघ तथा अर्ना दोब्बर

काठमाडौँ, जेठ १४ गते । नेपालमा विगत १५ वर्षको वन्यजन्तुको तथ्याङ्क विश्लेषण गर्दा बाघ तथा अर्नाको सङ्ख्या करिब दोब्बर अनुपातले वृद्धि भई बाघको सङ्ख्या २३५ र अर्नाको सङ्ख्या ४४१ रहेको देखिएको छ । त्यस्तै सन् २००० मा ६१२ गैँडा रहेकामा सन् २०११ को गणनामा ४३४ रहेको थियो । सन् २०१४ मा पुनः वृद्धि भई गैँडाको […]


नौ हजार ८४१ कोरोनामुक्त, छ हजार ८५५ सङ्क्रमित थपिए, ९६ को मृत्यु

काठमाडौं, जेठ १४ गते । नेपालमा एकैदिन नौ हजार ८४१ जना कोरोनामुक्त भएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनामुक्त भएका बिरामी हालसम्मकै सबैभन्दा उच्च हो । हालसम्म चार लाख २८ हाजर ६७० जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ७८.१ प्रतिशत पुुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा […]


मकालु हिमालबाट साढे छ हजार किलोग्राम बढी फोहोर संकलन

किमाथाङ्का, जेठ १३ गते । सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको छ । मकालु हिमालको आधार शिविर बाट छ हजार छ सय सात किलोग्राम फोहोर […]


छ हजार ७३१ थपिए, सात हजार २२६ कोरोनामुक्त, १०६ को मृत्यु

काठमाडौं, जेठ १३ गते । नेपालमा कोरोनाभाइरसका छ हजार ७३१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ४१४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ४२ हजार २५६ पुगेको छ । हाल एक लाख १६ हजार ४७६ जना सक्रिय सङ्क्रमित छन् […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter