समाचार

दुई हजार ७५३ सङ्क्रमित थपिए, दुई हजार २०६ सङ्क्रमणमुक्त

काठमाडौं, कात्तिक २२ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ७५३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार २०६ सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ७५३ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित […]


नयाँ पाठ्यक्रम कार्यान्वयनको अन्योल चिर्न आग्रह

काठमाडौँ, कात्तिक २२ गते। यसै शैक्षिक सत्रबाट अनिवार्य विषयका रुपमा लागू गरिएको ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’बारे उत्पन्न अन्योल चिरेर कार्यान्वयनका लागि शिक्षकलाई अभिमुखीकरण गराउन शिक्षाविज्ञले सुझाव दिएका छन् । ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ अन्तर्गत एकल पथीयरूपमा कक्षा ११ र १२ मा समावेश गरिएको सो नयाँ विषयको सान्दर्भिकता र कार्यान्वयनको अन्योलबारे आज शिक्षा […]


दुई हजार ९०९ सङ्क्रमित थपिए, चार हजार ५०० मुक्त

काठमाडौं, कात्तिक २१ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ९०९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार पाँच सय सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ९०९ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल […]


मङ्सिरदेखि पर्यटकीय गतिविधि खुल्ला : मन्त्री भट्टराई

सोलुखुम्बु,कात्तिक २१ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुल्ला गर्ने बताउनुभएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका¬–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आउनुभएका मन्त्री भट्टराईले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्ने जनाउनुभएको हो । मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको […]


प्लास्टिकका भाँडा आयात, सङ्कटमा कुमाल समुदायको पुख्याैली पेशा

जलेश्वर, कात्तिक २० गते। प्रदेश नं २ सहित तराई तथा पहाडका विभिन्न जिल्लामा बसोबास गर्ने कुम्हाले समुदायको माटाका भाँडा बनाउने पुर्ख्याैली पेशा हाल सङ्कटमा पर्न थालेको छ । परम्परागत रुपमा माटोबाट हण्डी, घैटा, गमला, सुल्पा, चिलिम, दियाे, कलश, माट, सिलाैटा, चुलालगायत आकर्षक सामग्रीहरु तयार पारी बिक्री गर्दै आएका कुम्हाले समुदाय आधुनिकतासँगै आफूले निर्माण गरेको माटोका […]


गाउँभर दुहुना भैँसी, मासिक दुई लाख आम्दानी

टिस्टुङ, कात्तिक २० गते। मकवानपुरको थाहा नगरपालिका–१२ स्थित जगडाँडाका किसान भैँसीपालनतर्फ आकर्षित भएका छन् । नगरपालिकाले भैँसी खरिदमा २५ प्रतिशत अनुदान र कृषि विकास कार्यालयले चार प्रतिशत सहुलित व्याजदरमा ऋण उपलब्ध गराएपछि जगडाँडाका २० परिवारले एकैपटक २० वटा दुहुनु भैँसी किनेका छन् । पच्चीस घरधुरी रहेको गाउँमा ज्येष्ठ नागरिकले नेतृत्व गरेका बाहेक सबैले करिब रु […]


सरकारले ल्यायाे तत्कालीन र दीर्घकालीन एकीकृत कार्ययोजना

नारायण ढुङ्गाना / काठमाडौँ, कात्तिक १९ गते । काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधान दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजनाले औँल्याएको छ […]


कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाडौँ, कात्तिक १९ गते।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएको छ । आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै […]


भारतद्वारा एक अर्ब अनुदान रकमकाे चेक प्रदान

काठमाडौँ, कात्तिक १८ गते। भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि रु एक अर्ब प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री विष्णु पौडेललाई अनुदानस्वरुप भारतले उपलब्ध गराएको उक्त रकमको चेक आज अर्थ मन्त्रालयमा हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हितका विषयमा विचारविमर्श भएको […]


एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन, चाँडै परिणाम आउने

काठमाडौँ कात्तिक १८ गते । समुदास्तरमा कोरोना भाइरस ९कोभिड– १९० को सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा सातवटै प्रदेशमा नमूना सङ्कलन गरेको हो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सङ्कलन गरिएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter