समाचार

दुई हजार ९३३ सङ्क्रमित थपिए, कुल एक लाख ७६ हजार पाँचसय

काठमाडौं, कात्तिक १७ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ९३३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ९३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै […]


चिटिक्क बन्दै पूर्वी भाग, मङ्सिरभित्र मन्त्रिपरिषद् कार्यालय सारिने

काठमाडौँ, कात्तिक १७ गते । २०७२ वै शाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पूर्वी भाग आगामी मङ्सिर मसान्तभित्र प्रवलीकरण सकिने भएको छ । पूर्वी भागको प्रवलीकरणको काम सकी आन्तरिक साजसजावटको काम भइरहेकाले मङ्सिर मसान्तभित्र सकी त्यसलगत्तै नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ […]


कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई नपेल्न गभर्नर अधिकारीको आग्रह

काठमाडौँ, कात्तिक १६ गते। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताउनुभएको छ ।केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा उहाँले सबै नीतिलाई छायामा पार्ने गरी मौद्रिक नीति आएको भन्ने चर्चाका बीचमा यसको व्यावहारिक कार्यान्वयन नै अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो । […]


पञ्चेश्वर आयोजनाः आशैआशमा बित्यो छ दशक

शेरबहादुर सिंह / विनोद सिंह विष्ट / महेन्द्रनगर, कात्तिक १६ गते । प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छाैं भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश निराश हुनु स्वाभाविकै हो । बैतडीको पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बन्ने भनिएको पञ्चेश्वर आयोजनाको काम निर्माण गर्ने भनिएको छ दशकदेखि सुनिँदै आएको हो […]


दुई हजार ५०८ थपिए, दुई हजार २६४ सङ्क्रमणमुक्त

काठमाडौं, कात्तिक १५ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ५०८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ५०८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा नौ हजार २७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ५०८ जनामा […]


अनुकूल वातावरणको अभाव भएपछि लोप हुँदै घैया धान

गलेश्वर, कातिक १५ गते। अनुकूल वातावरणको अभाव भएपछि म्याग्दीका कृषकले स्थानीय घैया जातको धानखेती गर्न छाडेका छन् । सिँचाइको सुविधा नपुगेका भिरालो पाखामा खेती गर्न सकिने घैया धान कृषकले लगाउन छाडेपछि लोप हुने अवस्थामा पुगेको हो । अनुकूल वातावरणको अभावमा कृषकले सो जातको धानखेती गर्न छाडेको जिल्लाको वातावरण तथा जैविक क्षेत्रको अध्ययनमा सक्रिय रहँदै आउनुभएका […]


नयाँ तीन हजार ५१७ सङ्क्रमितसँगै कुल एक लाख ६८ हजार २३५

काठमाडौं, कात्तिक १४ गते । नेपालमा कोरोना भाइरसका तीन हजार ५१७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५१७ जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लाे चाैबीस घण्टामा १४ हजार ९०९ नमुना परीक्षण गरिएकाे जनाएकाे छ । थपिएका […]


सुुरु भयो नियमित खोप

राजन रावत / हुम्ला, कात्तिक १४ गते । हिमालपारिको बस्ती लिमीका तीनवटै गाउँका बालबालिकाले पहिलो पटक सबै खालका खोप लगाउन पाएका छन् । यसअघि स्वास्थ्यकर्मी वर्षको एक पटक मात्र उपस्थिति हुँदा जनशक्ति अभावमा सबै खालका खोप नियमित लगाउन पाएका थिएनन् । सबै प्रकारका खोप लगाउन नपाएका बालबालिकाले चाहिने खोप लगाउन थालेपछि अभिभावक पनि खुसी हुन […]


तातोपानी नाका पुनःसुचारु आज एक कन्टेनर सामान भित्रियो

विदुर आचार्य, चौतारा, कात्तिक १३ गते । पटक पटकको अनेकन अवरोधपछि बिहीबारवाट नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । औपचारिक रुपमा बुधबारदेखि सुरु भनिए पनि बिहीबार एक कन्टेनर सामग्रीसहित नाका सुचारु भएको हो । लामो समय बन्द रहेको तातोपानी नाका पछिल्लो पटक असोज १९ गते सञ्चालनमा आएको थियो । सामान आयात गर्ने […]


दुई हजार ३६४ थपिए, तीन हजार ३८ सङ्क्रमणमुक्त

काठमाडौं, कात्तिक १३ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ३६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ३६४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ७६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ३६४ जनामा […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter