समाचार

काठमाडौँ – न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ ।

काठमाडौँ, पुस २२ गते । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ । घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो […]


डेढ महिनामा बाह्र सय टन धुलो

काठमाडौँ, पुस २२ गते । काठमाडौँ महानगरपालिकाले ‘क्लिन द सिटी’ अभियान अन्तर्गत डेढ महिनाको अवधिमा एक हजार २०० टन धुलो संकलन गरेको छ । गत मंसिर पहिलो हप्तादेखि शुरु भएको सो अभियानअन्तर्गत सुन्धारामा रहेको कामपा ढोकादेखि हालसम्ममा नयाँ सडक, रत्नपार्क, जमल, लैनचौर, पुतली सडक, सिंहदरबार आसपास, त्रिपुरेश्वर, भद्रकाली र बानेश्वर क्षेत्रको धुलो संकलन भइसकेको कामपा […]


शौच गर्न चियाका पोथ्राबीच लुक्नुपर्ने बाध्यता छ बगान मजदूरलाई

काँकडभिट्टा, पुस २१ गते । मुलुकले समृद्धिका रंगीन सपना बुनिरहँदा झापाको मेचीनगर–५ स्थित टोकला चिया बगानमा भने शौचालय अभावमा श्रमिकहरुले दिसापिसाब गर्न नजिकैको चिया बगानभित्र लुक्नुपर्ने सकसबाट अझै मुक्ति पाएका छैनन् । नेपाल चिया विकास निगमअन्तर्गतको टोकला चिया बगानमा कार्यरत ५ सयमध्ये ३ सय मजदूर बगानकै आवासमा बसोबास गर्छन् । तर आधाजसो चिया श्रमिकको आवासमा […]


विकास र पुनःनिर्माणलाई गति दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, पुस २१ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास र भूकम्पपछिको पुनःनिर्माणको कामलाई तिब्रता दिन सम्बन्धित मन्त्री, सचिव र निकायलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको ४१ औँ बैठकमा आज निर्देशन दिँदै उहाँले निर्वाचनका कारण रोकिएका विकास निर्माणका कामले अब संघीयताको कार्यान्वयनसँगै तिब्रता पाउनुपर्नेमा जोड दिनुभएको हो । संविधान […]


सहकारी नाफामुखी बन्दै

काठमाडौँ, पुस २१ गते । व्यापारघाटा कम गर्न सहकारी संस्थाले उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गरिएको छ । राष्ट्रिय सहकारी महासंघले आज यहाँ आयोजना गरेको दुईदिने कार्यशालाका सहभागिले सो धारणा राखेका हुन् । उक्त कार्यशालामा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले चुलिँदो व्यापारघाटा कम गर्ने प्रमुख माध्यम सहकारी संस्था भएको बताउनुभयो । राज्यको व्यापारघाटा रु नौ खर्ब […]


पशु विज्ञानमा विद्यार्थीको आकर्षण बढ्दो

मंगलबारे, इलाम, पुस २१ गते । प्राविधिक विषयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । प्राविधिक विषय अध्ययन गरेर चाँडो जागिर पाउनका लागि पनि विद्यार्थीको यसतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको हो । इलाम नगरपालिका–१ स्थित साँखेजुङमा रहेको रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटमा पशु विज्ञान विषयमा विद्यार्थीको सङ्ख्या अघिक छ । पढाइ शुरु भएकै पहिलो वर्षमा विभिन्न जिल्लाबाट […]


राष्ट्रपति र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता

काठमाडौँ, पुस २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्नु भएको छ । पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोली राष्ट्रपति कार्यालय पुगेको हो । सो टोलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सबै मतपरिणाम सार्वजनिक गर्ने सम्बन्धमा […]


थोपा सिँचाइले किसानलाई राहत

ताप्लेजुङ, पुस २० गते । ताप्लेजुङको याङ्वरक गाउँपालिका–४, डुम्रिसेका किसानलाई थोपा सिँचाइले राहत दिएको छ । जिल्ला सिँचाइ डिभिजन कार्यालयको आर्थिक सहयोगमा साविक डुम्रिसे–७, माखोजा बस्तीमा थोपा सिँचाइका लागि पोखरी निर्माण गरेपछि स्थानीय किसानलाई राहत पुगेको हो । सिँचाइ डिभिजन कार्यालयको आठ लाख र जन श्रमदानसमेत करिब १० लाख रुपियाँको लागतमा चैते ताल पोखरी निर्माण […]


गन्धर्व अन्य पेशा अंगाल्न बाध्य

तुलसीपुर, दाङ, पुस २० गते । परापूर्वकालदेखि गाउँगाउँमा पुगी सारंगी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँका गन्धर्वको पुख्र्यौली पेशा संकटमा परेको छ । बढ्दो आधुनिक गीतसंगीत एवं प्रविधिको विकासका साथै गाउँ समाजले पनि हेयको दृष्टिकोणले हेर्ने गरेका कारण आफूहरु अहिले यो पेशा छाडेर अरु पेशा अंगाल्न बाध्य भएको उनीहरु बताउँछन् । “पहिलेका जमिनले प्रशस्त अन्न दिन्थे […]


डिजिटल प्रविधिबाट जग्गा नाप जाँच गर्दा झैझगडा र विवाद कम

काठमाडौँ, पुस १९ गते । नापी विभागले नमूनाका रुपमा डिजिटल प्रविधिबाट जग्गा नापजाँचसहित नक्सा वितरण शुरु गरेको छ । पहिलो चरणमा पाल्पा जिल्लाबाट यो प्रविधि प्रयोग गरेर जग्गाको नाप नक्सा शुरु गरिएको हो । यो प्रविधिअनुसार जग्गा नाप गरेर प्रत्येक कित्ताको लम्बाइ, चौडाइ, क्षेत्रफल र चार किल्ला खुलेको नक्सा ‘ए फोर’ आकारको कागजमा जग्गाधनीलाई दिइएको […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter