समाचार

लयमा फर्कदै पूँजी बजार

काठमाडौँ, पुस १८ गते । लगातार ओरालो लाग्दै आएको पूँजी बजारमा अन्यौलता कायमै रहेको भए पनि नियमित लय पकड्न शुरु गरेको छ । विगत ११ दिन लगातार घटेको बजार सोमबारदेखि सम्हालिएको छ । सोमबार ४४ अंकले बढेको बजार आज अपेक्षितरुपमा उकालो नलागे पनि दुई दशमलव ४४ बिन्दुले बढेको छ । कारोबार रकममा पनि आज केही […]


नासुदेखि सहसचिवसम्म शक्तिकेन्द्र धाउन थाले

नगेन्द्र सापकोटा / काठमाडौँ, पुस १७ गते । स्थानीय तहमा समायोजन हुन नमानेका कर्मचारीहरूले प्रदेश तहमा समायोजन हुन शक्तिकेन्द्र धाउन थालेका छन । स्थानीय तह भौगोलिक रूपमा दुर्गम भएकाले सेवा प्रवाहमा कठिनाइ हुने, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा सेवा प्रवाह गर्नुपर्ने, सेवासुविधा पर्याप्त नहुने भएकाले स्थानीय तह रोजाइ नबनेको बताइन्छ । सुविधासम्पन्न प्रदेश तहमा […]


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लक्ष्य भेट्टाउनै गाह्रो

सुरेशकुमार यादव / काठमाडौँ, पुस १७ गते । कृषि क्षेत्रको समग्र आधुनिकीकरणका लागि ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले लिएको लक्ष्य पूरा गर्न सकेको छैन । परियोजनाको गत आर्थिक वर्षमा विनियोजित रकममध्ये ६२ प्रतिशत रकम मात्र खर्च भएको छ । सरकारले गत आवमा यस परियोजनाका लािग पाँच अर्ब ७८ करोड ६२ लाख ७५ हजार रकम विनियोजन गरेको […]


अंग्रेजी नयाँ वर्षमा बेगनास ताल घुम्न आउने पर्यटकको स्वागत

पोखरा, पुस १७ गते ।अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा लेखनाथ महानगरपालिका–३१ स्थित बेगनास ताल घुम्न आउने पर्यटकलाई स्वागत गरिएको छ । बेगनास युवा क्लबले बेगनास ताल घुम्न आउने छजना विदेशी पर्यटकलाई आज स्वागत गरेको हो । वडा नं ३१ का वडाध्यक्ष कमलबहादुर थापाले पर्यटकलाई माला, खादा तथा अबिर लगाएर स्वागत गर्दै बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धनमा […]


मानवता मरेको छैन

काठमाडौँ, पुस १६ गते । दुई तीन महीनाअघि सिरियाबाट झापाका लागि आएकी एक मनोेरोगी महिलाको उद्धार भयो जसले आफ्नो रु तीन लाख र सुटकेस हराएको भनेकी थिइन् । उनलाई १५ दिन औषधि चलाएपछि पूर्ण रुपमा ठीक भयो । डेढ वर्षअघि भारत, आसामबाट पैसा बोकेर आफ्नो ससुराली बन्दीपुरमा जग्गा किन्न आएका भनिएका अर्का मनोरोगी बिजुलीको खम्बामा […]


निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

काठमाडौँ, पुस १६ गते । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिइएको छ । आयोगले गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन तथा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दलहरूलाई निर्वाचन […]


रम्पुरा मल्हनियाँ खुला दिसामुक्त

राजविराज, पुस १६ गते । सप्तरीको रम्पुरा मल्हनियाँ गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । हनुमाननगर कंकालनी नगरपालिका–१४ को राष्ट्रिय प्रावि रम्पुराको प्रांगणमा शनिबार आयोजित कार्यक्रममा हनुमानगर नगरपालिकाका प्रमुख शैलेशकुमार साहले पूर्ण खुला दिसामुक्त क्षेत्र तथा पूर्ण खोप क्षेत्र घोषणा गर्नुभएको हो । सन् २०१७ सम्ममा नेपाललाई खुला दिसामुक्त गर्ने सरकारको लक्ष्यअनुरुप सो वडाका […]


७५ प्रतिशत होटल बुकिङ नयाँ वर्षमा भरियो पोखरा

एकराज गिरी / पोखरा, पुस १५ गते । पर्यटकीय सहर पोखरामा अँग्रेजी नयाँ वर्षसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । एक साता यता पोखराका होटल तथा रेष्टुरेन्टमा आन्तरिक तथा बाह्य पर्यटकको भीड बढेको हो । अँग्रेजी नयाँ वर्षसँंगै पोखरामा पर्यटकको सङ्ख्या बढेको पर्यटन व्यवसायीहरूले बताउनुभएको छ । पोखरामा पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी […]


अलैँचीको उत्पादन बढाउन नयाँ बिरूवा

चन्द्र पन्दाक / ताप्लेजुङ, पुस १५ गते । नगदेबाली अलैँचीको उत्पादन बढाउनलाई प्रत्येक दस वर्षमा नयाँ बिरुवा रोप्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । ताप्लेजुङमा आयोजित एक कार्यक्रममा दस वर्षभन्दा पुरानो अलैँची बगानबाट उत्पादनमा ह्रास आइरहेको भन्दै उत्पादन बढाउनलाई प्रत्येक दस वर्षभित्र बगानमा नयाँ अलैँचीका बिरुवा लगाउन विज्ञले सुझाव दिएका हुन् । अलैँचीको क्षेत्रमा अध्ययन गर्दै आएका जानकार […]


विद्यालयलाई एकै परिवारबाट तीस लाखभन्दा बढी सहयोग

बाबियाचौर, म्याग्दी, पुस १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका एक परिवारले सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा लाखौँ सहयोग गर्नुभएको छ । मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय टीकाबहादुर खड्का र उहाँका छोरा देवबहादुर खड्काको परिवारले रु ३० लाखभन्दा बढी सहयोग गर्नुभएको हो । जग्गा खरिद र भवन निर्माणमा रु १५ लाख नौ […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter